अनुरोध  

आव्हान :-

आउनुहोस हामीसंगै जिन्दगिका अनगिन्ति आत्मीय तरंगहरुलाई यो शब्दको अटुट संयोजनले अन्तरमनसंग प्रतिध्वनित गराउंदै आफुभित्र दमित उत्कण्ठाहरुलाई शुन्यबाट आकारमा परिमार्जित गराई तर्क र भावनाको लक्ष्य भेदनले आफूभित्रको "म" चिनौ ।

यो नव साहित्य डट ओआरजी,समतामूलक समाजको परिकल्पनामा "समाज दर्पण नेपाल"ले देखाउन खोजेको विधुतीय अनलाइन साहित्य दर्पण हो । हाम्रो अनलाइन साहित्य दर्पणको नियमित स्थम्भहरुमा आबद्ध भई साहित्यिक सिर्जनाका सामग्रीहरु सम्प्रेषणगरी नेपाली साहित्यलाई अझै थप संरक्षणको साथै यो अनलाइन पत्रिकाको श्रीवृद्धिमा सहयोग पुर्‍याउन चाहनुहुनेले हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । हामी नेपाली साहित्यका नयाँ अनुहार तथा पुराना ख्यातिप्राप्त अनुहारहरु सदस्यको रुपमा खोजिरहेका छौं । 

हाम्रो कोशिश :-

"नव साहित्य डट ओआरजी" सम्पूर्ण रुपमा एक अव्यवसायिक विधुतीय अनलाइन साहित्यिक वेबसाइट हो ।" 

सकारात्मक विचार र सम्बृद्ध समाजको रुपान्तरणका निम्ति कोरिने हरेक अक्षरहरुलाई साहित्यिक उर्जा,साहित्यिक अभियान,साहित्यिक अन्दोलन, एउटा प्रयासको जगको रुपमा सङ्गठित गराउंदै त्यसैको संस्थागत बिकाश कार्यदिशा बनाएर नेपाली कला,साहित्य,सङ्गीत,इतिहास,संस्कृतिका विषयमा दिनरात साधनारत स्रष्टा,लेखक,सङ्गीतकार,साहित्यकार,पत्रकार,समालोचकको खोजि र संरक्षण हो । यसको बृहत कार्यक्षेत्र उद्देश्य संसारभर छरिएर रहेको साहित्यिक रचनाहरु एक्कै थलोमा सङ्ग्रह गरेर पाठक समक्ष सजिलै पुर्‍याउनु साथै नविन सर्जकहरुलाई सिर्जन्सिलाताको उद्बोधन गराउने हो । नेपाली साहित्यका अनुरागी मन हरुलाई समेटी सिर्जना प्रस्फुटनको साझा चौतारी निर्माणगर्ने अभिप्राय अनुरुप हाम्रा केहि आत्मीय अग्रज साहित्यिक स्रष्टाहरुको अविभाबक्त्वोमा लेखनीमा थप उर्जा भर्ने सृजनाको महत्वलाई संरक्षण सम्बर्द्धन गर्दै नयाँ अनुहारलाई अघिबढाउने यो वेबसाईटको अर्को लक्ष्य हो । गुमनाम साहित्यिक सर्जकहरुदेखी प्रख्यात साहित्यकार सम्म,नयाँ रचनाकार देखी स्थापित रचनाकारहरु सम्मका व्यक्तित्वो प्रकाशन,सृजनाहरु संकलन र प्रकाशन गर्दैजाने हाम्रो संस्थाको परिकल्पना हो । यहाँ हामी नेपाली भाषाका बिभिन्न विधामा रचिएका साहित्यिक लेख-रचनाहरु निरन्तर पस्किदै जानेछौं । कुनै कारणवश तपाई आफैंले रचना यो वेबसाइड बाट हटाउन आग्रह गर्नुभएमा हामी उप्त-रचना तुरुन्त,वेबसाइटको संग्रहालयबाट हटाउने पनि छौं ।

नोट :-

हामिलाई तपाईहरुको रचनात्मक कृति पठाउँदा प्रीति फन्ट अथवा शुद्ध नेपाली युनिकोडमा लेखी पठाउनु होला । साथै सुरुमा तपाईहरुको रचनात्मक कृति प्रकाशनगर्दा एक प्रति पासपोर्ट साईजको फोटो र आफ्नो परिचय समेटिएको छोटो टिप्पणी (जन्मस्थान,प्रकाशित कृति,ईमेलजस्ता पाठकसमक्ष राख्न मिल्ने सामान्य जानकारीहरु) समावेश गर्नु भए उपयुक्त हुनेछ ।

अन्त्यमा :-

तपाइ पनि "नव साहित्य डट ओआरजी"मा आफ्नो लेख,रचना पठाउनुहोस । साथै सिधै मोबाइल,इमेल,फेसबुकको मध्यमबाट आफ्नो साहित्यिक सृजना,लेख,रचना,सल्लाह,सुझाव,गुनासो पठाउन सक्नुहुन्छ ।

  • लेखका लागि : nabasahitya@gmail.com 
  • प्रतिक्रियाका लागि : nabasaahitya@gmail.com



सुझाव  







Can't read the image? click here to refresh

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329276 Times Visited.

Powered by: Exclusively Solution
Top
Content