गीत - गीत



बालकविता : सरसफाई

कपाल कोर्ने काइयो
आमा मलाई चाहियो
कोरी बाटी गर्छु
चिरिच्याट् पर्छु ।।

सफा गर्ने साबुन

आमा दिनुस् लाउन

हातमुख धुन्छु

सफा सुग्घर हुन्छु ।। 


नङ् काट्ने नहिनी

नङ काट्न चाहिनी

लामो नङ् काट्छु

छोटो छोटो पार्छु ।। 


शरीर पुछ्ने रुमाल

आफैं बन्छु कमाल

हात मुख पुस्छु

सफा राम्रो बन्छु ।।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

बालकविता : सरसफाई - उद्धवप्रसाद प्याकुरेल, 2018-01-16

कपाल कोर्ने काइयो
आमा मलाई चाहियो
कोरी बाटी गर्छु
चिरिच्याट् पर्छु ।।

गजल : उद्धवप्रसाद प्याकुरेल - उद्धवप्रसाद प्याकुरेल, 2017-12-24

गुलाव फुल्ने बगैंचामा उरेली नि फूल्न सक्छ,
भमरा र माहुरी सँगै झिँगा पनि डुल्न सक्छ ।।
खुल्ला आकाश खुल्ला धरती, मन्द मिठो पवन,
विनाश रुपी दूषित कण पनि घुल्न सक्छ ।।

गजल : उद्धवप्रसाद प्याकुरेल - उद्धवप्रसाद प्याकुरेल, 2017-12-10

गन्तव्यका पाइलाहरू, रोकिन्छन् कि कतै डर, पानी सरी छल्किएर, पोखिन्छन् कि कतै डर ।

बाल कविता : कति राम्रो बानी - उद्धवप्रसाद प्याकुरेल, 2017-10-25

कति जाती कति ज्ञानी
हाम्रा बाबुनानी
आफैँ हातमुख धुने
कति राम्रो बानी ।।

बालकथा : वरको रुख - उद्धवप्रसाद प्याकुरेल, 2017-10-21

सयौँ बर्ष पहिले देखि नै गाउँको बिचमा एउटा झ्याम्म परेको ठूलो वरको रुख थियो । वरका हाँगाहरु परपर फैलिएका थिए । हाँगाबाट जरा पलाएर गाईका चमर जस्तै भुइँ छोला जसरी झुन्डिरहेका थिए । त्यसै कारण गाउँको नाम बरबट गाउँ भनेर नामाकरण भएको थियो ।  

बाल कथा : साझा संसार - उद्धवप्रसाद प्याकुरेल, 2017-09-26

सिमा र सुमन दिदी भाइ हुन् । सिमा कक्षा पाँचमा पढ्छिन् सुमन चार कक्षामा । उनीहरुको बिद्यालय घरदेखि अलि टाढा छ । विस्तारै हिँडेर जाँदा करिव बीस मिनेट लाग्छ विद्यालय पुग्न । पाँच मिनेट जङ्गलको बाटो हिड्नु पर्छ । 

गीत : शुभकामना - उद्धवप्रसाद प्याकुरेल , 2017-09-23

शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....
अन्जुली बाँधी, स्रद्धाभाव राखी, शिर यो झुकाइ 
प्रेमको द्रिश्टी, पुष्पको ब्रिस्टी, हृदय फुकाइ 
शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....

आनन्द माथ, शान्तीका साथ, सम्ब्रिद्धी सेवाभाव
फलून फूलून, सद्ग गुण सद्भाव, बनेर अनुराग 
शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....

बाल गीत : पहिले र अहिले - उद्धवप्रसाद प्याकुरेल, 2017-09-18

नहुँदा गाउँमा स्कुल, बाले पढ्नु भएन
आमा त घरकी बुहारी, वहाँको कुरै रहेन 
अहिले गाउँमा स्कुल, पढ्न छैन मुस्किल
असल मान्छे बन्नु छ, गएर सँधै स्कुल ।

बालगीत : हाम्रो अनुरोध - उद्धवप्रसाद प्याकुरेल, 2017-09-15

हामी फूलका कोपिला हौ, बिरुवाको मुना
दिउँसो लाग्ने घाम हामी, राती लाग्ने जून ।
स्कुल हो फूलबारी हामी फूल्ने फूल
सुवास छर्ने मौका दिनुस् नगरे र भूल
भविष्य हौ यो देशका नयाँ चित्र कोर्छौ
मौका पाए यो देशलाई सिर्जनाले भर्छौ
हामी फूलका...

बुढ्यौली गीत : आमा - उद्धवप्रसाद प्याकुरेल, 2017-09-15

गर्भको दुःख काखको सुख दुधको दशधारा
जन्माइ हुर्काइ बढायौ आमा, मायाको साहारा
आमा... मेरी आमा, आमा... मेरी आमा


बाल कथा : ढिकी र जाँतो - उद्धवप्रसाद प्याकुरेल, 2017-09-14

घरको बायाँ पट्टि पिंंढीको छेउमा ढिकी लम्पसाार सुतिरहेको थियो । ढिकीको खम्बीमा खङ्ग्रो घोप्ट्यार राखेको थियो । दायाँ पट्टि जाँतो ढसमस्स बसिरहेको थियो । रमलाकी सासु ससुरा विहानको खाना खाएर खेततिर जानुभयो । श्रीमान् रामलाल बजारतिर जानुभयो । छोराछोरी कृष्ण र कृपा स्कुल गए । 
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247231 Times Visited.

Powered by: Exclusively Solution
Top
Content