+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


गजल
स्वतन्त्र गजल


लघुकथा : प्ले कार्ड

हजुर ड्रेस चेन्ज गरिस्योस, म नास्ता लिएर आउँछु । बैठक कोठामा छिर्नासाथ श्रीमतीको आज्ञा । उ खुई खुई गर्दै लुगा नै नफुकाली सोफामा बस्यो र भित्तामा एकतमास हेर्न लाग्यो ।

श्रीमतीले प्लेटमा पाउरोटी जाम र चिया लिएर आइन् । मन नलागी नलागी सम्बन्ध बिच्छेद हुन लागेकी प्रेमिकालाई प्रेमीले एकोहोरो हेरेझैं उसले भित्तामा एकोहोरो हेरेको देखेर श्रीमती छक्क परिन् । ‘हैन ड्रेस पनि चेन्ज गरिसेको छैन, भित्तामा एकोहोरो हेरिरहनु भएको छ, आज के भयो हजुरलाई ?” श्रीमतीको आवाजले ऊ झस्कियो । श्रीमतीले चिया नास्ता टि टेबलमा राखिन् र श्रीमानको कोट फुकाली दिन लागिन् । ऊ चुपचाप चिया नास्ता खान लाग्यो । 

‘भोलि राम नुवामी माइतमा आमाले खाना खान बोलाउनु भएको छ । बेलैमा जानु पर्छ है डार्लिङ् ।”उसले श्रीमतीको कुरा सुने नसुने झैं गरी पाउरोटी चपाइरह्यो । 

‘यो चाडबाड आउने दुरी पनि कति लामो लामो छ भन्या, अलि छिटो छिटो आए पनि त माइत मावल, घुमघाम र मनोरञ्नको मज्जा नै छुट्टै हुन्थ्यो नि ।” उसले श्रीमतीको कुरामा फेरि पनि सहि थपेन । 

‘यस पालिको तिजमा त हप्ता दिन बस्ने हो माइतमा । चार दिन उसै छुट्टी भै हाल्छ तीन दिन थप छुट्टी लिने हो ।” श्रीमतीले तिजको पानी मुखभरी पार्दै बोलिन् उसले चुपचाप चिया सुर्की लगाइरह्यो ।

‘अँ, भोलि त माइतमा मेजमानी खाएपछि मज्जासँग म्यारिज खेल्नुपर्छ । माइतमा राम्रो खालको प्लेकार्ड पनि छैन भन्या । बरु प्लेकार्ड पनि बोकी राख्नु पर्छ की क्या हो ।” उसले चिया चुस्की लगाउँदै टाढैबाट भित्ताको क्यालेण्डर हेरिरह्यो अझै केही बोलेन । 

‘हिजो अस्ती त मैले बोल्ने मौका नै पाउन्न थिएँ, आज किन नबोलेको केही त बोलन डार्लिङ् ।”श्रीमतीले उसको बायाँ कुम घच्घच्याउँदै अलि रिसाए जसरी भनिन् । 

‘ल ल, जाऊ लाइटर र मकल लिएर आउ अनि बोलुला ।” श्रीमती उसका कुरा सुनेर छक्क पर्दै लाइटर मकल लिन कोठाबाट बाहिरिइन् । उसले दराजबाट धुइँपत्ताल गरी एउटा पोको निकाल्यो र श्रीमतीले ल्याएको मकलमा खन्याएर आगो लगायो । 

‘ल ल, किन आगो लगाएको प्लेकार्ड ?” श्रीमतीले प्लेकार्डको आगो निभाउन खोज्दै भनिन् ।

‘हेर, सरकारले विदा जति सबै काटिदियो । अब त दिसा पिसाब गर्ने फुर्सद त नपाइएला जस्तो छ यो प्लेकार्डको के काम ।” उसले फेरि भित्ताको क्यालेण्डर हेर्रयो । श्रीमतीले डढ्दै गरेको प्लेकार्ड हेरिरहिन् ।


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

लघुकथा : प्ले कार्ड - उद्धवप्रसाद प्याकुरेल, 2018-05-07

हजुर ड्रेस चेन्ज गरिस्योस, म नास्ता लिएर आउँछु । बैठक कोठामा छिर्नासाथ श्रीमतीको आज्ञा । उ खुई खुई गर्दै लुगा नै नफुकाली सोफामा बस्यो र भित्तामा एकतमास हेर्न लाग्यो ।

बालकविता : सरसफाई - उद्धवप्रसाद प्याकुरेल, 2018-01-16

कपाल कोर्ने काइयो
आमा मलाई चाहियो
कोरी बाटी गर्छु
चिरिच्याट् पर्छु ।।

गजल : उद्धवप्रसाद प्याकुरेल - उद्धवप्रसाद प्याकुरेल, 2017-12-24

गुलाव फुल्ने बगैंचामा उरेली नि फूल्न सक्छ,
भमरा र माहुरी सँगै झिँगा पनि डुल्न सक्छ ।।
खुल्ला आकाश खुल्ला धरती, मन्द मिठो पवन,
विनाश रुपी दूषित कण पनि घुल्न सक्छ ।।

गजल : उद्धवप्रसाद प्याकुरेल - उद्धवप्रसाद प्याकुरेल, 2017-12-10

गन्तव्यका पाइलाहरू, रोकिन्छन् कि कतै डर, पानी सरी छल्किएर, पोखिन्छन् कि कतै डर ।

बाल कविता : कति राम्रो बानी - उद्धवप्रसाद प्याकुरेल, 2017-10-25

कति जाती कति ज्ञानी
हाम्रा बाबुनानी
आफैँ हातमुख धुने
कति राम्रो बानी ।।

बालकथा : वरको रुख - उद्धवप्रसाद प्याकुरेल, 2017-10-21

सयौँ बर्ष पहिले देखि नै गाउँको बिचमा एउटा झ्याम्म परेको ठूलो वरको रुख थियो । वरका हाँगाहरु परपर फैलिएका थिए । हाँगाबाट जरा पलाएर गाईका चमर जस्तै भुइँ छोला जसरी झुन्डिरहेका थिए । त्यसै कारण गाउँको नाम बरबट गाउँ भनेर नामाकरण भएको थियो ।  

बाल कथा : साझा संसार - उद्धवप्रसाद प्याकुरेल, 2017-09-26

सिमा र सुमन दिदी भाइ हुन् । सिमा कक्षा पाँचमा पढ्छिन् सुमन चार कक्षामा । उनीहरुको बिद्यालय घरदेखि अलि टाढा छ । विस्तारै हिँडेर जाँदा करिव बीस मिनेट लाग्छ विद्यालय पुग्न । पाँच मिनेट जङ्गलको बाटो हिड्नु पर्छ । 

गीत : शुभकामना - उद्धवप्रसाद प्याकुरेल , 2017-09-23

शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....
अन्जुली बाँधी, स्रद्धाभाव राखी, शिर यो झुकाइ 
प्रेमको द्रिश्टी, पुष्पको ब्रिस्टी, हृदय फुकाइ 
शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....

आनन्द माथ, शान्तीका साथ, सम्ब्रिद्धी सेवाभाव
फलून फूलून, सद्ग गुण सद्भाव, बनेर अनुराग 
शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....

बाल गीत : पहिले र अहिले - उद्धवप्रसाद प्याकुरेल, 2017-09-18

नहुँदा गाउँमा स्कुल, बाले पढ्नु भएन
आमा त घरकी बुहारी, वहाँको कुरै रहेन 
अहिले गाउँमा स्कुल, पढ्न छैन मुस्किल
असल मान्छे बन्नु छ, गएर सँधै स्कुल ।

बालगीत : हाम्रो अनुरोध - उद्धवप्रसाद प्याकुरेल, 2017-09-15

हामी फूलका कोपिला हौ, बिरुवाको मुना
दिउँसो लाग्ने घाम हामी, राती लाग्ने जून ।
स्कुल हो फूलबारी हामी फूल्ने फूल
सुवास छर्ने मौका दिनुस् नगरे र भूल
भविष्य हौ यो देशका नयाँ चित्र कोर्छौ
मौका पाए यो देशलाई सिर्जनाले भर्छौ
हामी फूलका...

बुढ्यौली गीत : आमा - उद्धवप्रसाद प्याकुरेल, 2017-09-15

गर्भको दुःख काखको सुख दुधको दशधारा
जन्माइ हुर्काइ बढायौ आमा, मायाको साहारा
आमा... मेरी आमा, आमा... मेरी आमा


1 2 NEXT
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top
Content