कथा - कथा



कथा : बिचलित

हाम्रो बिहे भएको पनि छ महिना भैसकेको थियो । न कुनै जागीर न कुनै आय-आर्जनको बाटो । त्यतिकै आवरा भएर हिडियो । जब रात पर्थ्यो । हामी श्रीमान-श्रीमती सुत्ने बेलामा दुःख-सुखका कुरा गर्न थाल्थ्यौ ।

हेर तिमीलाई बिहे गरेर त ल्याएँ तर तिम्रो ति सपनाहरु कसरी म सजाउँ ? कतै जागीरै पाउन सकेको छुइन कसरी तिम्रो चाहानाहरु पुरा गरु भन्दै आफ्नी प्यारी श्रीमतीलाई भन्दै थिए म ।

"श्रीमती पनि भन्न थालिन यसो सानो तिनो कुनै न कुनै काम खोज्नुस न काही न काही भेटाउला नि ।"  ति आवराहरुको सङ्गत न गर्नुस तिनीहरुले कहिले काम दिदैनन । कति दिन हामी आमा बुवाको खाने ?"  भोली हाम्रो खाने आउछन । हाम्रो बाल बच्चा हुन्छन । वास्तवमा हाम्रो बिहे भए देखि आमा बुवाले नै खेपि दिइरहनु भएको थियो । अब आमा बुवालाई पनि कति भार दिनु भन्ने सोच  पलायो मलाई ।

अनि श्रीमतीलाई भने मैले एक ठाउँ भनेको छु त्यहाँ खाली हुन्छ रे म भोली गएर बुझुमला अहिले सुतौ भन्दै श्रीमतीलाई आग्रह गरे । उनि मिठो परिकल्पनामा हराउन पुगीन अब मेरो बुढा आवारा लफङ्गा हुँदैनन । जागीर भेटे पछि त काम गर्न पनि उत्तिकै सङ्घर्शील हुनुहुन्छ भन्दै कतिबेला निन्द्राले भुकलुक्कै सुतिन्छन ।" म चाहि कहिले बिहान हुन्छ र आफूले भनेको ठाउँमा काम पाइएला भन्दै म पनि यी रातलाई कटाउन जबरदस्त निदाएँ ।"

भोली पल्टआफूले भनेको ठाउमा जागीर मिल्यो । म हर्षित भएँ । अब मैले आमा बुवाको खानु परेन । आमा बुवा अनि श्रीमतीलाई पाल्न सक्छु भन्ने आट आयो ।

"घरआएँ ।" श्रीमतीलाई भने मैले जागीर पाएँ । उनि खुशी भइन । उनको आँखामा खुशीका आसुहरु झर्न थाले । आफन्तहरुले भने के मा जागीर मिल्यो ? "मैले भने बिमा कम्पनीमा ।" सबै जना खुशी भएँ । "अब यो आवरा हुँदैन यसले गरी खान्छ अब ।"

"मेरी श्रीमतीको जहिले पनि दुःखका आँसुहरु हुन्थे । जहिले पनि मनमा पिर लिइरहन्थिन कहि कतै जागीर पो न मिल्ला कि भन्दै । अहिले खुशीका आँसुहरु झरिरहेको देख्ता म आफै दङ्ग छु।"


बिराटनगर -६, ममता - मार्ग



नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

कथा : बिचलित - ऋषि तिवारी , 2018-02-11

हाम्रो बिहे भएको पनि छ महिना भैसकेको थियो । न कुनै जागीर न कुनै आय-आर्जनको बाटो । त्यतिकै आवरा भएर हिडियो । जब रात पर्थ्यो । हामी श्रीमान-श्रीमती सुत्ने बेलामा दुःख-सुखका कुरा गर्न थाल्थ्यौ ।

लघुकथा : ऋण - ऋषि तिवारी, 2018-01-03

ए साहिला बुढा, अब माथल्लो तल्ला थपौ है, हामी माथी बसौं र तल पट्टीको सबै फल्याटै भाडामा दिऊँ भन्दै थिई मेरी साहिली बुढी। कहाँबाट पैसो ल्याउ, माथल्लो तल्ला थप्न ? मुखले भन्ने बित्तिकै सजिलो छ र ?

लघुकथा : रुख मै घर - ऋषि तिवारी, 2017-12-28

कुनै जंगलको बिचमा दुइ दम्पति दाउरे र उनको श्रीमती बस्तथे । उनिहरुको न छोरा छोरी न कोहि आफ्न्त नै थिए । उनिहरु जंगलमै सानो कटेरो बनाएर बसेका थिए ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360267 Times Visited.

Powered by: Exclusively Solution
Top
Content