कथा - लघुकथा



लघुकथा : ऋण

ए साहिला बुढा, अब माथल्लो तल्ला थपौ है, हामी माथी बसौं र तल पट्टीको सबै फल्याटै भाडामा दिऊँ भन्दै थिई मेरी साहिली बुढी। कहाँबाट पैसो ल्याउ, माथल्लो तल्ला थप्न ? मुखले भन्ने बित्तिकै सजिलो छ र ?

साहिलीले भन्न थाली फेरी, ऋण खोजेर गरुम न , तपाईले बैंकसंग दुईचोटी कारोबार गरिसक्नु भएको छ, तपाइलाई बैकले जति पनि बिश्वास गर्छ, बैकको आँखामा तपाई एक कुशल ऋणी प्रमाणित भै सक्नु भएको छ, कसो न देला त बैंकले ऋण तपाईलाई?

"मेरी साहिलीलाई माथ्लो तलामा बसेर पुरै आफ्नो गाउँ टोलको मनोरम दृश्य हेर्ने इच्छा जागेछ कि कसो भन्दै, बल्ल बल्ल त दुईचोटी ऋण लिएर बनाएको घर बेच्दै हिडेको हेक्का साहिली लाई पनि थाहा भएकै हो।" अब यो तेश्रो घर पनि धितो राखेर ऋण लिनु पर्ने भो ।

"हेर साहिली दुइवटा घर हामीले ऋण उठाउदै, अलिक केहि फाइदा हुदै बेच्यौ, ऋण पनि तिर्दै फेरी अर्को ठाउँ घर बनाउँदै फेरी ऋण लिदै घर बनायौ, यो घरमा अब कुनै पनि बैकको ऋण छैन, जे छ धेर थोर यसैमा रमाऊ, यहि घरमा प्राण जाने बाटो कुरौ।"

"साहिली मान्दै न मान्ने, मलाई जसरी नि माथ्लो तल्लामा बस्ने रहर छ, त्यो नाथे ऋण त तिरि हालिन्छ नि।" तल भाडा लगायो, भाडाको पैसा उठायो, फेरी तपाईको पैसो आउछ बोनस भनो, दशैं पेश्की, असारको मेडिकल, यी पैसाहरु जम्मा गर्दै तिर्न सकि हालिन्छ नि । अब तपाईको जागीर पनि कत्ति दिन छ र तीन बर्ष त हो नि अफिसबाट उपदान आइ हाल्छ, तिरि हालिन्छ ।

म भने जागीर पश्चात, अफिसले दिएको उपदानबाट एउटा टेक्सी किनेर चलाएर जिविका धान्ने सोच बनाउछु, श्रीमती चाहि उपदान ऋणमै सधाउने गरी माथ्लो तल्ला थप्ने योजना बनाउछिन ।

"ऋण सदुपयोग गर्न सक्नु पर्छ, दुरुपयोग भयो भने मात्र डुबिन्छ नि बुढा भन्दै थिई साहिली बुढी ।"

यसो सोचे ल ठिकै छ तिमी नै त हौ मेरो जीवनको लामो यात्रामा संग संगै हिड्ने साथी, तिमी दुखी,  म दुखी- तिमी सुखी, म सुखी । ल भोलि नै म बैक गएर बुझुमलाँ ऋणको ब्याजदर के छ भनेर । फेरी ऋण तिर्न न सकेर मेरो फोटो सहित नाम निकालि दियो भने त्यसको जिम्मेवारी तिमीले लिनु पर्छ। यसपाला म अलिक कडक भएँ।

मैले यति भन्न भ्याएकै थिइन, पहिलो पटक उनले हतासिएको स्वरमा भनिन, "भो भो तल्ला न थपौ बरु टेक्सी नै किनौ ।"


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लघुकथा : ऋण - ऋषि तिवारी, 2018-01-03

ए साहिला बुढा, अब माथल्लो तल्ला थपौ है, हामी माथी बसौं र तल पट्टीको सबै फल्याटै भाडामा दिऊँ भन्दै थिई मेरी साहिली बुढी। कहाँबाट पैसो ल्याउ, माथल्लो तल्ला थप्न ? मुखले भन्ने बित्तिकै सजिलो छ र ?

लघुकथा : रुख मै घर - ऋषि तिवारी, 2017-12-28

कुनै जंगलको बिचमा दुइ दम्पति दाउरे र उनको श्रीमती बस्तथे । उनिहरुको न छोरा छोरी न कोहि आफ्न्त नै थिए । उनिहरु जंगलमै सानो कटेरो बनाएर बसेका थिए ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247219 Times Visited.

Powered by: Exclusively Solution
Top
Content