कथा - लघुकथा



लघुकथा : मेरी श्रीमती

मेरो पुरुष नजरले देखेर बोलेको शब्द वाह् क्या च्वाँक मेरो पसल भन्दा अगाडी, कति राम्री जिउडाल मिलेको कुनै आईडल जस्ती केटी ! मेरो मन,नजरले उनलाई पच्छाई रह्यो । कसको व्यग्र प्रतीक्षामा बसेकी उनी छिन छिनमा मोबाइल निकाल्छिन् र फोन गर्छिन् । मोबाइलको ब्यालेन्स सकियो ।

रिचार्ड कार्ड किन्न मेरो पसलमा आइन् स्वर पनि कति मिठो ! पढी लेखेकी होलिन् ! मुस्कुराएर गइन् । फेरी . . .घण्टौँ भई सक्यो । बल्ल एउटा पल्सर बाइक घ्याँच्च रोकियो । केटाले कान समाएर सरी बोल्यो । नो प्रोबलम बाइक चढिन् ।लपक्क टाँसिन् । म सँग नजर जुध्यो।बाई गर्दै मुस्कुराउदै गइन् ।


मेरो नजरमा कैद उनको आकूतीले मलाई घोचिरहयो । उनी कस्ती मेरो श्रीमती कस्ती ? मेरो छुच्सी बुढीको तर्रो बोली, हाँसे पनि रिस उठ्ने, माया पिरतीको गफ कहिले भएन । तरकारी नमिठोको झोँक, छोराछोरीको नराम्रो बानी उनकै सरे झैँ लाग्छ । त्यसैले होला मेरो मन भित्रको आन्तरिक द्धोण्डमा बुढीलाई राम्रो नजरले कहिले पनि हेरिन ।

आज मेरो मनले आफै सँग प्रश्न गर्‍यो ! के तिमीले कहिले गल्ती गरेको छैन , तिमीले श्रीमती सँग माफी मागेको छौ ? हो मैले सधैँ गल्ती गरेको छु तर म माफी माग्ने कुरा त सोचेको पनि छैन । तरकारीमा नुन बढी हुँदा त ठिकै हो नुन नपुगेको निहुँमा पनि भात नै नखाई हिँडेको छु। मैले रक्सी खाएर उल्टै धेरै पटक उनलाई पिटेको छु । उल्टै उनले मलाई माया गरेर सम्झाउनु पर्छ । मेरो घरमा भन्दा उनको माईतीमा सुख नभएको र ससुराले पाल्न नसकेको पनि हैन। मेरो घरमा दुख नै गरेर बाँचेको छ । उनले काम गरे बापत ज्याला पनि त दिएको छैन म उसको लोग्नी ! आज मलाई लोग्ने शब्द देखी नै सोच मग्न भए ! हैन मैले माफी माग्नै पर्छ । कोल्टे फेरेर सुतेकी श्रीमतीलाई सधैँ झैँ मेरो रिसको बिर्को शान्त पार्न आफ्नो बाहुपासमा तान्न खोजेँ । मेरो पुरुष अहमता देखी दिक्क लाग्यो ! आफ्नो गल्तीलाई ह्लदय देखी स्वीकार गरी भोलि माफी माग्ने निश्चय गरी मस्त सुतेकी श्रीमतीको निधारमा चुम्बन गरी रात कटाए !


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लघुकथा : मेरी श्रीमती - जयदेश श्रेष्ठ, 2018-02-11

मेरो पुरुष नजरले देखेर बोलेको शब्द वाह् क्या च्वाँक मेरो पसल भन्दा अगाडी, कति राम्री जिउडाल मिलेको कुनै आईडल जस्ती केटी ! मेरो मन,नजरले उनलाई पच्छाई रह्यो । कसको व्यग्र प्रतीक्षामा बसेकी उनी छिन छिनमा मोबाइल निकाल्छिन् र फोन गर्छिन् । मोबाइलको ब्यालेन्स सकियो ।

चार मुक्तक - जयदेश श्रेष्ठ , 2018-01-02

टोपी लाए हिरो भए, तालु खुईएको छोपियो !
चन्द्र सुर्य झण्डा बोकें, पार्टीको सदस्यता मेटियो !
नेपाली बिर गोर्खाली भन्थे, बिश्व सामु हामी झुकियो !
सुन्दर शान्त नेपाल देश थियो, आज गरिव राष्ट्रमा गनियो !

लघुकथा : म्यादी प्रहरी - जयदेश श्रेष्ठ, 2017-12-25

सरकारी अफिसर हुने धोको थियो । कैयौ पटक लोकसेवा दिए पास भए अन्तरवार्तामा फालियो । जागिरको धोको छोडेर विदेश जाने चक्करमा लागें । गैरी खेत गुमाए । रोजगारी दिन नसक्ने मुलुकमा बेरोजगारीको दुखेसो सुनि दिने कसले ?

गजल : जयदेश श्रेष्ठ - जयदेश श्रेष्ठ , 2017-10-24

जिन्दगी के पो रहेछ परदेशबाट संम्झिए 
यता महिना मर्छ घर अनि श्रीमती सम्झिए ।

तलबको आधी पैसा घरमा पठाउनु पर्छ संम्झिए
साथीभाई रमाइलो गरौँ भन्छन् म त थला परेको छु संम्झिए ।

लघुकथा : थोत्रो कोट - जयदेश श्रेष्ठ, 2017-10-10

खरिदारको जागिरेले घरभाडा र घरायसी खर्च बाहेक श्रीमतीको इच्छालाई कहिले पुरा गर्न सकेन । सपिङ महलहरुमा घुमे पनि सडक पेटी पसलको सस्तो सामानले गुजारा चलाउनु परेको थियो । सधैँ समस्या भन्दा भन्दै अब त दुई सन्तानहरुलाई पढायो, हुर्कायो, बढायो । 

लघुकथा : अचम्म - जयदेश श्रेष्ठ, 2017-09-23

बैकको जागिरे, दसैको चतारो ! आफ्नो घरको काम धन्दा, बिहान सधै हतार ! बेलुका गर्छु भन्यो, बेलुका थकाइले भोलि भन्यो । परिवारमा अलिकती पनि समय दिन पाएको हैन ! सपिङ् भन्दा भन्दै घटस्थापना पनि सकिएछ ! अफिसमा सधै भिड !

लघुकथा : कस्तो संजोग - जयदेश श्रेष्ठ, 2017-09-08

आफ्नो जन्मदाता पिताको माया कसलाई पो लाग्दैन । ८२ बर्से पौढ बुबाको स्वास्थ समस्याले गर्दा उमेशलाई निकै कठिनाइ भएको छ । हस्पिटल खर्च, परिवारमा सिकिस्त बिरामीलाई स्याहार सुसार, सफाई अनि हेर बिचार गर्नु निकै समस्या भएको छ । 

कविता : मेरो देश / जयदेश श्रेष्ठ - जयदेश श्रेष्ठ , 2017-09-02

म मेरो देशको कुन कित्तामा उभिएको छु भन 
म त पहाडको मान्छे तराईवासी हुन सक्छु कि भन ।
म त तराईको गर्मीले कालो भएको मान्छे , 
हिमाल चिसो हिउले गोरो हुन सक्छु कि भन ।

कस्तो संयोग - जयदेश श्रेष्ठ, 2017-07-11

आफ्नो जन्मदाता पिताको माया कसलाई पो लाग्दैन । ८२ बर्षीय पौढ बुबाको स्वास्थ समस्याले गर्दा उमेशलाई निकै कठिनाइ भएको छ । हस्पिटल खर्च , परिवारमा सिकिस्त बिरामीलाई स्याहार सुसार ,सफाई अनि हेर बिचार गर्नु निकै समस्या भएको छ । 

लघुकथा: ठिक बहादुर / जयदेश श्रेष्ठ - जयदेश श्रेष्ठ, 2017-05-29

गाउमा स्थानीय नेताको अध्यक्षतामा चन्दा , जन श्रमदान साथै विकास बजेटबाट खानेपानीको ठुलै योजना सम्पन्न भयो । सबैको घरघरमा खानेपानीको धारा वितरण सुरु भयो । 

लघुकथा: एक्लो बृहस्पति / जयदेश श्रेष्ठ - जयदेश श्रेष्ठ, 2017-05-05

सूर्यको रापिलो प्रकाश, रुखको शीतल छहारीमा, हसिया हठौडा अन्य चक्कुको सहाराले चोयाले डोको बुन्दै गरेको जीवन घलेको स्वाभिमानलाई कसैले वास्ता गर्दैन । 
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268423 Times Visited.

Powered by: Exclusively Solution
Top
Content