गजल - स्वतन्त्र गजल



गजल : डा.झमक घिमिरे

जसको योगदान खोजीरा`छ देशले उही किन बद्नाम भयो, ,
जसले देशको आन्द्राभुडी पल्टाएर खाइरा`छ किन राम भयो?
चेतना हराएका मान्छेहरू पुग्छन् माथि माथि घुम्ने मेचमा,
जाग जाग चेतनशील युवा तिम्रो चेतना किन जाम भयो ?


इमानदारीताको जीवन बाँच्ने मान्छे खोइ कता हराए कता,

बेमानहरूको जगजगी भयो सच्चा मान्छे किन बेनाम भयो?


यहाँ दाउरा बेच्नेमाथि पनि कमिसनको झेल खेल खेल्छन् ,

समाजको सच्चा भक्त,सच्चा देशभक्त किन हराम भयो ?


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : डा.झमक घिमिरे - डा.झमक घिमिरे, 2018-01-02

जसको योगदान खोजीरा`छ देशले उही किन बद्नाम भयो, ,
जसले देशको आन्द्राभुडी पल्टाएर खाइरा`छ किन राम भयो?
चेतना हराएका मान्छेहरू पुग्छन् माथि माथि घुम्ने मेचमा,
जाग जाग चेतनशील युवा तिम्रो चेतना किन जाम भयो ?

कविता : वर पिपल / डा.झमक घिमिरे - डा.झमक घिमिरे , 2017-09-07

तिम्रो अन्धताले विकृत
तिम्रो कुधर्मले विसंगत 
थोत्रो कठ्घरामाथि उभिएर 
म विचारको झार्छु
तिम्रो पृथ्वी पर्लक्कै उल्टिने छ 
तिम्रो कुधर्मका जराहरू त्यही पल्टिने छ
जहाँ वर पिपल एक हुने छन् !

मुक्तक माला ९. - डा.झमक घिमिरे , 2017-03-19

आफू हिड्ने बाटो म आफैं बनाउँदैछु 
त्यसकै लागि पसिना आफ्नै खन्याउँदैछु
मान्छे हुनुको अर्थ बुझेर नै यौटा म
आफू चढ्ने भर्‍याङ आफैं बनाउँदैछु !

व्यक्तित्व: डा.झमक घिमिरे । - डा.झमक घिमिरे, 2016-12-17

जन्म सन् १९८०, कचिडे, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ । 

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329230 Times Visited.

Powered by: Exclusively Solution
Top
Content