कथा - कथा



कथा : प्रेम कथा

सविता, म तिमीलाई असाध्यै प्रेम गर्छु । म तिमी विना एकपल पनी बाँच्न सक्दैन । अनी तिमी विनाको संसार म सोच्न पनी सक्दिन । म तिम्रो अगाडी यतीवेला एउटा भिक्षुक बनेर मायाको भिक्षा माग्दैछु । के तिमीले मलाई साथ दिन सक्छ्यौ ? प्लिज मेरो मायालाई तिमीले स्वुकार गर है ? म तिम्रो लागी जे गर्न पनी तयार छु । तिमीलाई दुख्खको अनुभुती कहिल्यै पनी हुन दिने छैन ।

उसले यस्तै भन्दै मेरो बाटो छेक्यो । ऊ अर्थाथ अनाम मेरो कलेजको साथि । उसले बिना आदेश नै म हिड्दै गरेको स्वतन्त्र बाटोमा प्रतिबन्ध लगाइदियो । उसले प्रतिबन्ध लागाएको बाटोलाई जबरजस्ती उछीनेर अगाडी बढ्न कोसिस पनी गरे तर  सकिन ।

बरु मैले त्यतीवेला समय संग याचना गरे बचाँउन । विन्ती गरे उ बाट छुटाउन तर समयले हेरिरह्यो कि मानौ ऊ समय हैन जेलभित्रको विवश एउटा कैदि हो । जसरी मेरो साथिले होइन यहि समयले  म हिड्दै गरेको बाटो कैदी बनाएर छेकिदिएको थियो । मनमा लाग्यो अब समयलाई पुकार गर्नु छैन बचाउनको लागी । म आफै ऊ बाट कसरी  फुत्किने ? उपाए सोच्दै थिएँ । फेरी उसले म संग दुई हात जोडेर भन्न थाल्यो हेर यदि तिमीले मलाई मायाको भिक्षा यसरी माग्दा पनीे दिइनौ भने म तिम्रै अगाडी के के गर्छु । थाहाँ छ तिमीलाइ ? मैले भने हेर भिक्षुक म अहिले  बाटोमा छु । म संग यतिवेला केहि छैन रित्तो छु । सोचेर, बिचार गरेर कुनै दिन तिमीले मागेको भिक्षा मलै म आफै संग पाए छु र भेटिएछ भने दिउँला भेटिएनछ भने तिमीलाई रित्तो फर्काउला तर भिक्षा नदिएको आरोपमा श्रि महादेवले अन्जान गोमालाई श्राप दिए झै  मलाई नदिनु अन्जाल सम्झेर माफ गर्नु । यति भनेपछी उसले मेरो आदेशलाई मानेझै गरेर मेरो बाटोलाई फेरी स्वतन्त्रतामै छोडिदियो अनी हामी आ–आफ्नो बाटोतिर लाग्यौँ ।


एक दिन आकाश भरी कालो बादल मडारीएको थियो कहिले काहि बम बारुद पड्किए झै गड्याङ्गुडुङ गरिरहन्थ्यो । कहिले काहिँ आकाशको बादल तिरवितर भएर डाँडावारी डाँडापारी रमीरहन्थ्यो । आकाशलाई सप्तरङ्गी ईन्दे्रणिले छेके झै देखिन्थ्यो । लाग्थ्यो त्यहि ईन्द्रेणीमै झुम्मिरहु त्यहि ईन्द्रेणीको घुम्टो ओढेर कहि दुर क्षितीजमा गएर उहि इन्द्रेणि संग  सधै भरी लुकामारी खेलीरहुँ । यस्तै मनभरी कल्पनाका अनेक रङ्गहरु छर्दै,कापिको पानामा केहि शब्दहरु कोर्दै,गोधुली सन्ध्याको घाम आँखाको नानीभरी बिछ्याउदै । एउटा बटुवा झै गरेर थकानको महशुस गर्दै बाटोमा बसीरहेकि थिएँ । अकस्मात म बसेको ठाउँमै ऊ अर्थात मेरो साथि फेरि कताबाट म बसेको चौतारीको छेउमै आएर कुनै भारी बोकेको भरिया झै सुस्केरा हाल्दै थुचुक्कै बस्यो । 

नियालेर हेरे उसको अनुहार एक पटक, अनुहारभरी मायाका सुन्दर रङ्गहरु छरपस्ट पोखिएका थिए । निस्वार्थ बगिरहेका थिए उसका आँखाभरी लोभ लाग्दा आँशुका थोपाहरु । त्यहि आँशुका थोपाहरुले रुझाउदै थियो आफ्नै मन । सजाएर सपनाको दिव्य संसार हृदय भरी लज्जित अनुहारमा उसले मेरो आँखामा आँखा जुधायो । म भने थकित र कम्पित उभिरहे । म माथि उसको प्रेम सवार हुदा नहुदै मेरो नजिक प्रफुल्ल हावा आयो र भन्यो कवि के तिमीले उसलाई चिन्यौ यति भन्दै एकैछिनमा हावा कहाँ विलीन भयो मैले पत्तै पाएन  । ऊ अर्थात् मेरो साथि बसीरह्यो मात्र केहि बोलेन । तर उ नबोले पनी उसको आँखा, उसको अनुहार स्पष्ट बोलीरहेको थियो । मैले सुनीरहेकि थिएँ । नियाली रहेकि थिएँ । नियाल्दै गर्दा झल्यास्स सम्झिए उसले मेरो सामु उभिएर मायाको भिक्षा मागेको । त्यस बखत त ऊ निकै बोलेको थियो । तर आज... आज त ऊ चुपचापनै छ । मौनताको प्रमाण–पत्र टासीएको छ उसको अनुहारभरी ।  खै किन टाँसेको छ थाहाँ भएन मलाई । ऊ नबोले पछी एकछिन पछी म आफै बोले । 

तिमी.. कताबाट आयौ  “बटुवा हुँ यात्रा न हो जहाँ पनी पुग्न सक्छु” उसले भन्यो । किन यती थकित छ, तिम्रो अनुहार ? कुनै नौलो होइन । मैले प्रश्न गरेँ फेरी किन केहि नबोलेको तिमी ? जती बोल्नु थियो बोलीसके अब तिम्रो बोलीको पर्खाइमा छु । पर्खनु त धेरै पिडा हुन्छ भन्छन् त त्यहि पिडामा रापीएर तिमी सामु आएको । अनी कसरी थाहाँ पायौ म यहि छु भनेर,कसले भन्दियो थाहाँ पाउनु ठुलो कुरा होइन प्रेमले आफै बोलाउँछ । प्रेमको भोकि भएपछी भोकले मान्छेलाई जहाँ पनी पुर्रयाउँछ । फेरी जिवनमा आइ परेका अनेक थोक सहना सकिन्छ भोक सहन गारो हुन्छ हैन र ? । 

सानो छदा स्कुल जादा आमाले नानी भोक लाग्यो भने सहन गारो हुन्छ ल यि मकैका खाजा र भटमास लैजा भनेर झोलीमा राखीदिएको सम्झे । आमाले त मलाई सजिलै संग खाजा झोलीमा राखीदिएकि थिईन के मैले उसैगरी सौरब मेरो प्रेममा भोकाएको छ भनेर म संग भएको प्रेम उसको झोलीमा राखीदिउँ ? अहँ यति सजिलै मैले राखीदिन हुँदैन । आमाले मेरो झोलीमा राखीदिएको मकै र भटमास त भोक लागेको बेला टिफीन टाईम मा खाएँ  एकछिन भोक मेटियो फेरी घरमा आएर खाएँ । तर माया एकछिन खाएर अघाउने कुरा होईन भात खाएझै पटक–पटक खाने पनी होइन । के मैले उसको प्रेमको भोक मेटाउन सकुली अँह,सक्दैन म । फेरि मैले उसलाइ एउटा असल साथि मात्र सम्झेकी छु । विधिको विधान र कर्मको लेखान कसले मेटाउन सक्छ र । आज सम्म कसैले  मेटाउन पनी सकेको छैन । यदि भोली त्यो भोकमा झन बाँच्नै नसक्ने गरी छटपट्ीनु पर्छ भने नदिएकै जाती ।  त्यो बाटोको को चौतारीमा ऊ  संग बसेर कुरा गरिरहे पनी त्यतीबेला मेरो भौतीक शरीर मात्र त्यहाँ थियो ।  मस्तिष्कका सारा ज्ञानेन्द्रीयहरु मेरो आफ्नै घरपरिवार र समाज वरिपरी घुमिरहेका थिए । मैले उसलार्ई भने यो मधुरो साँझमा तिमी संग बसेर कुरा गरिरहेको कसैले देख्यो भने भोली मलाई त्यो घरमा अनी यो समाजमा बस्नु छैन । तिमीलाइ थाहाँ छ नि ,तिल जत्रा कुरालाई पहाड बनाएर हिड्ने यो समाजको रित नै भईसक्यो । जती नै स्वतन्त्र हुन खोजे पनी यो समयमा अली बाँधिएर हिड्नुपर्ने हुन्छ हामी छोरी मान्छे  ।  तिमी छोराहरु त स्वतन्त्र छौ । जहाँ पनी जान सक्छौ । जहाँ पनी स्वतन्त्र संग हिड्न सक्छौ । हुन त भनिन्छ सत्यको बाटो हिड्नु नडराउनु । तर पनी यो कुसंस्कारले घेरिएको समाजमा आफैले ख्याल गर्नुपर्छ । यहाँ बाँच कसैले भन्दैन आफै बाँच्नुपर्छ । त्यसैले म त लागे जाने भए हिड संगै जाऊँ । मौनताको घनाजङगलमा हराईरहेको  ऊ बसेको ठाँउबाट जुरुक्क उठ्यो र आक्रोसमा भन्यो सविता यदि तिमीले मेरो मायालाई कुल्चेर साथ दिइनौ भने अब तिम्रो साथि पनी हुनेछैन र तिमीले मेरो चिहान पनी भेट्नेछैन्यौ ।

 मैले भने हेर साथि यो तिम्रो कुनै म प्रतिको प्रेम हैन  तिम्रो कायरपन हो । यो संसारमा मायाको अर्थ नबुझेकाले यसै भन्छन् । माया मर्नका लागी होइन ,माया गर्नको लागी हो । म बुझ्छु तिम्रो यो पवित्र प्रेमलाइ । जिवन जिउनको लागि हो माया सिन्दुर भर्नका लागी मात्र गरिदैन ।  तिमी मेरै कारण मर्नको लागी जन्मेका हैनौ । मृत्यु एकदिन तिमीले नचाहादा नचाहादै पनी तिमै अगाडी म जादैन भने पनी जवरजस्ती लिएर जानेछ,बुझ्यौ । प्रेम जवरजस्ती हँुदैन, प्रेम खोसेर, चोरेर लाने चिज पनी होईन । प्रेम खरिद गर्ने कुनै पसल पनी हँुदैन । प्रेम ब्रहामाण्डमा जही तही व्याप्त छ हरेकको ढुकढुकीमा बिराजमान भई बसेको छ । प्रेमले व्यथाको राग हैन, सुखको राग गाउँछ । आजभोली प्रमलाई बजारीकन गर्नेहरु को जिनव नै बजारीकरन जस्तो भइसकेको छ । उनीहरुले प्रेमलाई सस्तो भाउमा बेच्न अनी खरिद गर्न खोज्छन् मात्र छेनिक को लागी । मात्र शारिरिक सुखभोगको लागी । त्यसैले त कती यहि प्रेम मै परेर आफ्नो जिन्दगी बर्वाद बनाईरहेका छन् ।

त्यसैले सुन मेरो प्रिय मित्र । मेरो प्रेममा कायरपनको सहिद होइन विरयोद्धा बनेर बाँच्न सिक । ठान्यौ होला तिमीले मलाई मेरो प्रेममा वास्तै नगर्ने घमण्डी ठुलो मान्छे । हो तिमीले सोचेजस्तै म कहिलेकाहिँ घमण्ड पनी गर्छु । मलाई पनी थाहाँ छ तिमीले कती प्रेम गर्छौ भन्ने कुरा । जिवनमा केहि कुराहरुमा बाध्यता हुन्छ घमण्डी र ठुलो मान्छे बन्न । फेरी प्रेममा, प्रेमको अस्तीत्व र आफ्नो अस्तीत्व बचाउनको लागी घमण्डी बन्नु पनी पर्दोरहेछ भन्ने कुरा मैले यहि प्रेम गर्नेहरुबाट थाहाँ पाएँ । 

जन्मेपछी अभिभावकको प्रेम चाहिन्छ , हुर्किएपछि समाजको प्रेम चाहिन्छ, जवानीमा प्रेम,प्रेमिकाको प्रेम चाहिन्छ , वृद्धअवस्थामा सन्तानको प्रेम चाहिन्छ, कसैबाट पनि नखोसिनु पर्ने हो तर खोसिदा रहेछन । प्रेम गर्न नजानेरै कती प्रेमहरु । त्यसैले मेरो जिउँदो प्रेमलाई चक्षुले होइन मस्तिष्कका सक्रिय रेसाहरुले छुनु त्यहि भेट्ने छौ तिमीले मेरो साँचो र पवित्र प्रेम । मेरो प्रेम कोमल स्पर्शलाई हातमा होइन पवनको निर्मल झोकाहरुमा खोज्नु त्यहि पाउँछौ मेरो प्रेम तिमीले । सायद तिमीलाइ मेरो प्रेम तिमीलाइ स्वुकार नहोला तर मलाइ भने प्रिय  रुप र गुण भन्दा टाढाको प्रेम,युवा आकर्षनको खेल भन्दा वेग्लै प्रेम, भौतिक नियम बाट माथि उठेको प्रेम । 

बिपना सपना जस्तो हुदो रहेनछ मेरो प्रिय साथि । यथार्थको धरातलमा पाइतालाका चालहरू पनि आफू खुसीमा चलाउन गार्हो हुदो रहेछ । आफु खुसी चलाउन मैले पनी जानेकि छु । तर म मात्र छैन यहाँ मेरो समाज छ यहाँ मेरो चरित्र हेर्ने, मेरो घरपरिवार छ मेरो भविष्य देख्ने, मेरा आफन्तहरु छन् मेरा पाइलाहरु नाप्ने ।  जीवन जिउने कला सागुरो आँगनमा प्रेमको अर्थ नबुझे पछी अन्तर्मनका सपनाहरू त्यसै त्यसै तुहिएर सकिन्छन् । त्यसैले सपनाहरु तुहिनु भन्दा अगाडी प्रेमको अर्थ बुझेर मात्र प्रेम गर्नुपर्छ । प्रेम क्षणिकका लागी होइन ,जुनीजुनीका लागी गर्नुपर्दछ । 

उसले मेरा कुराहरु एक तमासले सुनीरहेको थियो । पुलुक्क हेरे उसको मुहारमा कलेटी परेको ओठले केही बोल्न खोज्दै थिए । तर बोल्न सकेन मात्र भन्यो सविता तिमीले मलाई आज प्रेमको साचो अनुभूति गर्न  सिकायौ । मत त्यसै –त्यसै प्रेम ,प्रेम भनेर भौतारी रहको रहेछु । आज तिमीबाट साँचो प्रेमको अर्थ  बुझेँ । 

गोधुली सन्ध्या विस्तारै –विस्तारै  ढल्किदै थियो । त्यतीवेला उसमा अनगीन्ती ताराहरू मध्य एउटा तारा चम्किरहेको थियो त्यो हो प्रेम । त्यहि चम्किरहेको तारा संगसंगै ऊ मुस्कुराउदै आफ्नो बाटो लाग्यो म पनी आफ्नो बाटो लागे ।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

कथा : प्रेम कथा - दिपा धिताल, 2018-02-14

सविता, म तिमीलाई असाध्यै प्रेम गर्छु । म तिमी विना एकपल पनी बाँच्न सक्दैन । अनी तिमी विनाको संसार म सोच्न पनी सक्दिन । म तिम्रो अगाडी यतीवेला एउटा भिक्षुक बनेर मायाको भिक्षा माग्दैछु । के तिमीले मलाई साथ दिन सक्छ्यौ ? प्लिज मेरो मायालाई तिमीले स्वुकार गर है ? म तिम्रो लागी जे गर्न पनी तयार छु । तिमीलाई दुख्खको अनुभुती कहिल्यै पनी हुन दिने छैन ।

गद्य कविता : माटो - दिपा धिताल , 2018-02-11

राखेको थिएँ आँखामा देश
सजाएको थिएँ निधारमा देशको माटो
केरेको थिए हत्केलामा आफ्नै भाग्य
सुरक्षित थियो मुटुमा तिम्रो प्रेम ।

संस्मरण : युद्धमा हारेका बा - दिपा धिताल, 2018-01-19

आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछी मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेट मै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गएँ ।

कथा : सिट नं तिन - दिपा धिताल, 2017-12-18

कल्पनाको लोकमा पुगेर जीवनका केहि तिता मिठा रङ्गहरु संग पौडी खेल्दै थिएँ । केहि आफ्नै वरिपरि छरपस्ट छरिएका बेरोजगारी प्रमाणपत्रहरु र जीवनका साधा किताबहरुले आफैलाइ गिज्याइ रहेका थिए । आमा कहिले काहीं कराउनु पनि हुन्छ छोरी मान्छे भएर पनि आफ्नो सामान त मिलाएर राख्नु नि !
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360274 Times Visited.

Powered by: Exclusively Solution
Top
Content