गीत - गीत



लघुकथा : शंका

एका एक मेरो आँखा निलम माथी पर्छ उनले त मलाई देखेनन् मैले त ठ्याक्कै चिनें तर म उनको सामु पर्न सहास गरिन। गल्ती उनको होइन मेरै भुल थियो सम्झेर म प्रायश्चित गर्न लायक पनि छैन ।

जब  म  खाडिबाट  नेपाल  फर्किदैं  थिएँ बाटोमा एउटा साथीले निलमको बारे शंकास्पद चरीत्रको के बयान  गरेको थियो  मैले एका एक नकार्न पनि सकिन कोठामा पुग्दा उनि  थिइननमेरो रिसको उष्णता बढिरहेको थियो । 

केहि छिन मै ऊनी आइन मलाई देखेर प्रसन्नता प्रकट गरिन  तर  दुइ चार सब्द बोलि रुखोऔपचारिकता गर्दै मैले केहि नभनी कोठामा म  सुत्न गएँ  शायद म थाकेको  होला  भन्दै उनी  पनि  चादैँ नै  सुतिन । भोलीपल्ट निलमले  चिया ल्याइन  मैले नपिउदै उनी प्रतिको संदेह जाहेर गरें त ऊनी आफुप्रतिको लांछनामा अन्जान आश्चर्य  प्रकट  गरि रहन्छिन । मलाई पनि  जीबनप्रति  नै रोष  भै  रहेको थियो त्यसैले म जुरुक्क उठि उनलाई छाडी बाहिर गएँ। केहि दिन साथीको  कोठामै  रहें र  पुनः म  आफु काम गरेको देशमा गएँ। त्यहाँ पनि काम गर्ने मन उत्साह रहेन सम्झेर आउँदा  जीबन नै बिरक्त हुन थाल्छ । 

सोच्छु किन र  के को  लागी  यो बिरानो  देशमा आइ कसको लागी नै कमाउने र ? यावत प्रश्नको ओइरो भित्र म भागिरहेको थिएँ । समयको रोहबर चलिरहेकै थियो भागी जाने कहाँ पो सक्छु  एकदिन बाटोमा  हिडिरहंदा  अचानक बेहोश भै लडेछु । होशमा आउँदा म हस्पिटलको बेडमा थिएँ नजिकै बिनय उभिरहेको  थियो उ मार्फत म करिब तिनदिन  जति बेहोश परेर म बेडमा  लडिरहेको थाहा भएँ र कंम्पनिको परिचय  पत्रका आधारमा मलाई हस्पिटलमा भर्ना  गराएको  रहेछ ।  

मलाई तत्काल अप्रेसन गरेर होसमा ल्याएको रहेछ । पछि थाहा भयोकी  मलाइ  ब्रेन टयुमर  भएको  रहेछ ।  तर रुपियाँको अभावमा मअलपत्र भै रहेको थियो म पुरै  असक्त र  कमजोर भैरहेको थिएँ एका एक मेरो उपचार  तिब्र रुपमा गरियो  यतिकैमा म निर आएर बिनयले भन्दै थियो  निलम भाउज्युले यति चाँदै  रुपियाँको  ब्यबस्था गरेर नपाठाएको भए त  यति चादैं  तिम्रो उपचार  हुने थिएन,  धन्य  बिचरा निलम ! जसले तिमिलाइ बचायो  सुधिर, किनकी कंपनिले निलम भाउजुलाइ खबर गरेर बैंक मार्फत रुपियाँ ब्यबस्था गरेको हुनाले यो उपचार भै रहेको रहेछ,।

उस्को  कुराले  म छानाबाट खसे झै  भयो  जसले  मलाई आफ्नो सम्झियो। बिनाकारण अनाहक मैले निलमलाई शंका गरेँ  मलाई धेरै पछुटो भयो  केहि दिन पछि नै मेरो  डिस्चार्ज भयो ।  मलाइ नेपालमै फर्कायो फर्कने  क्रममा  बाटोभरी उनिप्रती  शंका गरेकोमा म आफै पस्चातापमा  गल्दै थिएँ ।  म घर  नफर्केको पनि दुइ बर्ष भै सकेको थियो। त्यो भन्दा अघि निलमसंग मैले संम्पर्क गर्न चाहेको थिएन।  आखिर उनि त निश्कंलकीत थिइन भन्ने कुरा मैले थाहा भै सकें । उनले म प्रती जुन सदाशयता देखायो त्यो बिल्कुलै म प्रती समर्पित छीन भन्ने  कुराले  म  झसङ भएँ। मेरो रोग निको नहुने त  थाहा नै भै  सक्यो मलाई यो गल्ने  शरीर  लिएर  उनको  सामु कसरी जाउँ भनेर मनमा तर्कना गर्दै घरकै बाटोमा म फर्कीन्दै  थिएँ त  .....

अस्तु



नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लघुकथा : शंका - ध्रुव कृष्ण ताम्राकार, 2017-12-16

एका एक मेरो आँखा निलम माथी पर्छ उनले त मलाई देखेनन् मैले त ठ्याक्कै चिनें तर म उनको सामु पर्न सहास गरिन। गल्ती उनको होइन मेरै भुल थियो सम्झेर म प्रायश्चित गर्न लायक पनि छैन ।

गीत : सुनाउदिन बिलौनाहरु - ध्रुव कृष्ण ताम्राकार, 2017-10-31

निदरी सुस्तरी आउ म त 
तिम्रो सिरानिमा निदाउन सकौं 
भिड कोलाहल बाट टाढा म त 
तिम्रै सपनिमा भुल्न सकौं ।!!

गीत : जिन्दगी - ध्रुव कृष्ण ताम्राकार, 2017-10-24

म मा अब कुनै बासना छैन पलास जस्तो
म देख्छु जिन्दगीका रंगहिन सारा पानाहरु
  
मसँग आज धेरै आँसु भयो तर बगाउनै छोडें
सुक्खा बाँस जस्तो उदासिन मेरा सपनाहरु !!!


मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327296 Times Visited.

Powered by: Exclusively Solution
Top
Content