गीत - गीत



गीत : कु-संस्कार

छाउपडी गोठ चेली मरिन्, बेइज्जती यो कसको ,
दाइजो खोटमा चेली डढिन्, इज्जत गयोे कसको ।।
किन समाज कुरा बुज्दैन, परिवर्तन सोच आउदैन,
कालो बादल किन फाट्दैन, हे मान्छे हो चोटले घोच्दैन ।


किन संस्कार मृत्यु बनेको, किन मान्छे मोलमा गनेको,

किन कालको जालो बुनेको, हेर चेत अचेत बनेको ।।


लिङ्ग चिनी भूर्णेै झरिन्, बेइज्जती यो कसको ,

दाइजो खोटमा चेली डढिन्, इज्जत गयोे कसको ।।


सासु बुहारी धपाउछिन्, छोरी आफ्नी बिर्सिएर,

बुझ्ने पुरुष तड्पाउछन्, आफै जालमा थिचिएर,

सरीर क्रिया नबुझेर, बन्छ छाउपडी गोठ किन,

नाना उपमै लगाएर, भन्छ तिनै प्यारा ओठ किन ।।


दूराचार बलत्कारमा चेली, बेइज्जती यो कसको ,

दाइजो खोटमा चेली डढिन्, इज्जत गयोे कसको ।।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गीत : कु-संस्कार - पुण्यप्रसाद घिमिरे, 2018-01-09

छाउपडी गोठ चेली मरिन्, बेइज्जती यो कसको ,
दाइजो खोटमा चेली डढिन्, इज्जत गयोे कसको ।।
किन समाज कुरा बुज्दैन, परिवर्तन सोच आउदैन,
कालो बादल किन फाट्दैन, हे मान्छे हो चोटले घोच्दैन ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329305 Times Visited.

Powered by: Exclusively Solution
Top
Content