कविता - गद्य कविता



गद्य कविता : म साँझ भएको संदेश

मेरो घाम
पारी क्षितिजमा बसेर
जिउनु गाउँदै मलाई गिज्याउँछ ।
म चुपचाप
अपूरो इतिहास भई डुबिरहन्छु ।

जून मेरो बिपना नभए नि 

सहाराको आभास भएर उदाउँछे ।

ताराहरूलाई नि रमझम गाउन लगाउँदै

मसंगै रमाउन 

खोजेको लय जोड्दै हाँस्छे ।

म भने आकास 

मेरो रम्ने थलो नभएको पछुटो गर्दै 

आफैसंग विरक्तिँदै जान्छु ।


धरती म हराएको सन्दर्भमा डुब्दै 

आफै भित्र रित्तिन्छे 

रात पराई भएको बेदना पोख्छे 

आँसुको सरगम लहराउँछे 

मेरी विवशताले झैँ

मलाई एकोहोरिएर टोलाइरहन्छे ।


म साँझ भएको संदेश 

आँसुको गीत रच्दै 

बिहानी गाउँछु 

भोली भन्ने हेर्ने आशामा ।


मेरो घाम 

पारी क्षितिजमा बसेर 

जिउनु गाउँदै मलाई गिज्याउँछ ।

म चुपचाप  

अपूरो इतिहास भई डुबिरहन्छु ।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गद्य कविता : म साँझ भएको संदेश - प्रदीप रत्न शाक्य , 2018-02-11

मेरो घाम
पारी क्षितिजमा बसेर
जिउनु गाउँदै मलाई गिज्याउँछ ।
म चुपचाप
अपूरो इतिहास भई डुबिरहन्छु ।

गद्य कविता : परस्पर - प्रदीप रत्न शाक्य , 2018-01-01

प्रिय !
तिमी मेरी
प्रकाश ,खुशि ,बहाव अनि
धडकनको मूर्तरुप भनी
गर्वित बयान भएर
बरबराई रहन्छ म भित्र प्रिति ,

कविता : सुन्यता - प्रदीप रत्न शाक्य , 2017-12-29

जब जब
त्यो सिंहदरवार ढोकामा
नियाल्ने गर्छु
मेरा सेता कपाल
चिच्याउदै भन्ने गर्छ
ए मेरो मान्छे !
न हेर्नू त्यहाँ त्यसरी !

कविता : खेलौंना - प्रदीप रत्न शाक्य, 2017-11-20

ढोकामा झैँ
ढकढक आवाज दिंदै 
मस्तिष्कमा उनी आइन्
जिन्दगी भनी 
प्रित छर्कंदै स्वागत गरेँ ।

कविता : जीवन - प्रदीप रत्न शाक्य , 2017-09-24

बिहानीले 
हर दिन
म जीवित भएको 
सूचित गरिरहन्छ ।
म योद्धा झैँ ब्यूँझन्छु ।

कविता : खेलौंना - प्रदीप रत्न शाक्य, 2017-09-12

ढोकामा झैँ
धकधक आवाज दिंदै 
मन मस्तिष्कमा उनी आइन्
मैले जिन्दगी भनी 
प्रित छर्कंदै स्वागत गरेँ ।

कविता : मनोभाव / प्रदीप रत्न शाक्य - प्रदीप रत्न शाक्य, 2017-09-06

अक्षर झैँ 
म मान्छेलाई 
थरि थरिको लवजमा
पढ्ने गर्छु ।
क, ख, ग, घ भन्दै
दैनिक घोक्ने गर्छु ।

कविता : भर्याङ्ग / प्रदीप रत्न शाक्य - प्रदीप रत्न शाक्य, 2017-09-01

उक्लिएर  
शिखरै पुग्यौ,
सुनेर पिडामा
खुशीको मलहम लगायौं ।
खुशीकै मातमा छौ,
रात बिहान यसकै छतमा छौ,
सुनेर गर्वले बेदना भुलि दियौँ ।

मुक्तक माला १७. - प्रदीप रत्न शाक्य, 2017-08-29

जीत पनि यस्तो हुन्छ हारेकै सरह ।
भनुँ, पाएर उपलब्धि झारेकै सरह ।
जताजता जान्छु धुलो धुँवाकै लहर,
बाँचेर नि बेस्वाद गरेछ मारेकै सरह ।

कविता: रङ्ग / प्रदीप रत्न शाक्य - प्रदीप रत्न शाक्य, 2017-08-28

हो छोयलामा 
तँ रमाएको थिइस्
गुन्द्रुकमा म रमाएको थिएँ
दृष्य अझै चम्किन्छ मस्तिष्कमा 
मीठो तृष्णा भई ।
भाईचारा थियो 
भान्छाको सुगन्ध ।

कविता: मेरो भगवान / प्रदीप रत्न शाक्य - प्रदीप रत्न शाक्य, 2017-08-24

मेरो भगवान 
म जस्तै गरीब  ।
मलाई 
गुन्द्रुक ढिंडो नै वरदान दिन्छ ।

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268449 Times Visited.

Powered by: Exclusively Solution
Top
Content