गीत - गीत



नारी स्वतन्त्रताको गीत

कसैको सिन्दूर लाए पनि 
कसैको पोते सजाए पनि 
जुनीभरीकी दासी म हैन 
सिन्दूरको धर्को नाघ्दिन भनी 
कसम मैले खाएकी छैन 
कसैको सिन्दूर लाए पनि... ।

मन मिलुन्जेल मत मिलुन्जेल 
कसैकी स्वास्नी बन्न नि सक्छु 
मन नमिले मत नमिले 
सिध्दियो जाऊ भन्न नि सक्छु 
कसैको गोठको भैंसी म हैन 
दाम्लो कीलोमा वाँधेर राख्ने 
घाँस र कुँडो खुवाए पछि 
चाट्न नि मिल्ने काट्न नि मिल्ने ।
कसैको सिन्दूर लाए पनि .....

हितचित्तले खाएको मान्छे 
आफ्नै खुसीले रोज्न नि सक्छु 
चित्त बुझेन मेरो भने 
तिमीलेजस्तै छोड्न नि सक्छु 
म कुनै आधुनिक सती हैन
तिम्रो खुसीमा सती गैदिने 
तिम्रो खटनमा खेलौना बन्ने
बच्चा जन्माउँने मेशीन भैदिने ।
कसैको सिन्दूर लाए पनि......

पुरुष सँधै चोखै बस्ने रे
जति ठाऊँमा चोपिए पनि 
उसलाई मात्रै सुविधा किन ?
गल्ली गल्लीमा पोखिए पनि 
म मेरो हक कसैलाई दिन्न 
बन्धकी राख्न मालिक ठानी
म मेरो लागि आफै न्यायधीश 
म मेरो लागि आफै ज्ञानी ।
कसैको सिन्दूर लाए पनि...


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

नारी स्वतन्त्रताको गीत - बलराम तिमिल्सिना , 2017-10-10

कसैको सिन्दूर लाए पनि 
कसैको पोते सजाए पनि 
जुनीभरीकी दासी म हैन 
सिन्दूरको धर्को नाघ्दिन भनी 
कसम मैले खाएकी छैन 
कसैको सिन्दूर लाए पनि... ।

कविता: म भैंसी / बलराम तिमिल्सिना - बलराम तिमिल्सिना , 2017-07-06

म भैंसी ,
तिम्रो गोठको शोभा !
यो पटक 
गणतन्त्रसँग मेरो एउटा गुनासो छ-
के मैले राष्ट्रिय जनावर वन्न मिल्दैन ?
मेरो पालो कहिले आउँछ ?
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247241 Times Visited.

Powered by: Exclusively Solution
Top
Content