गजल - स्वतन्त्र गजल



गजल : भवानी तिमल्सिना न्यौपाने

हुन्न मिलन खुशी र म दुई किनार भएपछि
कसरी बाँच्नु खै ज्यानै लिने प्यार भएपछि
जोगाई राख्न सकिन यो मुटु पनि सग्लो मैले
आफन्तका वचनमा नै छुरा झैँ धार भएपछि

किन  ओभाउँथे  र दु:खी  आमाका आँखाहरु 

आफ्नै सन्तानबाटै ममताको व्यापार भएपछि


आफ्ना पराई त त्यतिबेला मात्र चिनिने रहेछ 

खाली खल्ति अनि आफु बेरोजगार भएपछि


छोराले आमा बुबा बृद्ध आश्रम पुर्‍याएर आयो

बुहारिको प्यारमा छोरो आफैं लाचार भएपछि


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : भवानी तिमल्सिना न्यौपाने - भवानी तिमल्सिना न्यौपाने , 2018-01-04

हुन्न मिलन खुशी र म दुई किनार भएपछि
कसरी बाँच्नु खै ज्यानै लिने प्यार भएपछि
जोगाई राख्न सकिन यो मुटु पनि सग्लो मैले
आफन्तका वचनमा नै छुरा झैँ धार भएपछि

कविता : विलाप - भवानी तिमल्सिना न्यौपाने, 2017-12-15

फर्किएन छोरो भनि रुन्छिन बुढि आमा
आङमा छैन तातो लुगा फाटि सक्यो जामा
लुगलुग काम्छ शरीर कठ्याङ्ग्रिय हात
कति निष्ठुर हुँदो रहेछ यो सन्तानको जात

गजल : भवानी तिमल्सिना न्यौपाने - भवानी तिमल्सिना न्यौपाने, 2017-10-31

सबैलाई  सुन्दर  संसारको रहर हुन्छ 
त्यसैमा  मन  हर रात  हर प्रहर हुन्छ

एक अर्काको  भावनाको कदर नभए
मसानघाट झैँ बन्छ घर कहाँ घर हुन्छ 


गजल : भवानी तिमल्सिना न्यौपाने - भवानी तिमल्सिना न्यौपाने, 2017-10-24

लाली चढ्यो अंग अंगमा तन फेरियो 
बढ्दै गएछ चञ्चलता अनि मन फेरियो 

कट्टु टिसर्टको माग बढ्यो बजारमा 
हरायो ढाका चोली नेपाली पन फेरियो


मुक्तकमाला २७. - भवानी तिमल्सिना न्यौपाने, 2017-10-02

समस्या देखि लुक्नु हुन्न 
विना कसुर झुक्नु हुन्न
ठेस त लाग्छ हर कदममा
यात्रा कहिल्यै रुक्नु हुन्न

कविता : बाल दिवश - भवानी तिमल्सिना न्यौपाने, 2017-09-14

आज बाल दिवश
हो आज बाल दिवश रे 
त्यसैले आज म
एकाबिहानै 
सडकको पेटीबाट उठेर 
सडकको छेउ छाउ खोजिरहेछु 

मुक्तकमाला २२. - भवानी तिमल्सिना न्यौपाने, 2017-09-06

न्यायलाई  दबाउन  झेल हुन्छ याहाँ
ज्ञानको भन्दा पैसाकै खेल हुन्छ याहाँ
अपराधी डुक्रिँदै हिड्छ बाहिर निर्धक्क
फस्छ निरअपराधी अनि जेल हुन्छ याहाँ

मुक्तक माला २०. - भवानी तिमल्सिना न्यौपाने, 2017-09-04

सानो सफलतामा आकाश छुनु राम्रो होईन
स्विकार नगरी असफलता रुनु राम्रो होईन
उठ्न कहाँ जान्दछ र नलड्नेले सुन याहाँ
जीवन देखि हारी विह्वल हुनु राम्रो होईन
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247264 Times Visited.

Powered by: Exclusively Solution
Top
Content