कथा - लघुकथा



लघुकथा: रातकी रानी

अफिस सकिएपछिका नयाँ पार्ट्नर दुईजना । आज पनि एउटै टेबलमा आमने सामने छन । भट्टमास र सुकुटीको सितान सहित चुस्की लाउदै गफ चुट्दै छन एक आपसमा । एउटाले मोबाइल देखाउदै बोल्यो -

 "साले ! बुढो हामी जस्तै जड्ह्या रैछ कि क्या हो, खाली राती भो कि मेरो बाबा, मेरो राजा भन्न थाल्छे यार ।"

"कुन छमक छल्ली हो खै ? मलाई नि ले त नम्बर, भाईबर इमोमा जोड्छु "- अर्कोले थप्यो ।

"खै कुन हो ? भर्खर भर्खर एड भा'छे, नाम के हो भन्या त 'नाइट क्विन' (रातकी रानी) भन्थी । आधी घण्टा एक घण्टा गफ गर्छे यार । बुढो खै त भन्छु - यही मुढो पल्टे झै पल्टेको छ भन्छे । अब त चाडै भेट्न पर्छ है ‘राजा’ भन्थी हिजो ।"

साथीको हात बाट मोबाइल खोस्यो उसले, उसले अघी भनेको नम्बर आफ्नो मोबाइलमा सेभ गर्‍यो । खै के भो अचानक ! जुरुक्क उठ्यो । साथीको मोबाइल उसकै हातमा थमायो । फटाफट बाटोमा गयो, अरु दिन लोकल गाडी कुर्ने ऊ, ट्याक्सी समातेर चिसो मौसममा पनि ट्याक्सी को सिसा खोलेर चिसो हावा खाँदै घर पुग्यो । चिसो हावाले लगभग उसलाई छाडिसकेको थियो । घर पुग्दा छोरा छोरी सुति सकेका थिए । बुढी बेडमा पल्टेर च्याटिङमा ब्यस्त थिइन । 

सिधै बुढी सामुन्ने गयो - अंगालो हाल्यो, बेस्सरी गालामा म्वाइ खायो । अनि रुन्छे स्वरमा बोल्यो - " मलाई माफ गर साबित्री ! मैले तिम्रो आवश्यकता र चाहना कहिल्यै बुझिन । 'अाइ लभ यू' । ख्याल ख्याल हैन बिहे गरेको पन्ध्र बर्ष पछि अब चाँही साच्चै भन्दैछु - अाइ लभ यू । अब अाइन्दा जिन्दगीमा तिमीलाई अरु कसैकी 'रातकी रानी' हुने मौका दिने छैन ।" साथीको मोबाइल मागेर नम्बर सेभ गर्ना साथ उसले देखेको मोबाइलको मेसेज थियो - "घरवाली एनसेल इज अन इमो " ।      


देवचुली न पा ७

सिताबास, नवलपरासी (नवलपुर) 


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लघुकथा: रातकी रानी - मित्र पाठक (काँचुली), 2018-02-24

अफिस सकिएपछिका नयाँ पार्ट्नर दुईजना । आज पनि एउटै टेबलमा आमने सामने छन । भट्टमास र सुकुटीको सितान सहित चुस्की लाउदै गफ चुट्दै छन एक आपसमा । एउटाले मोबाइल देखाउदै बोल्यो -

लघुकथा : हाँस्न बिर्सिने उमेर - मित्र पाठक (काँचुली), 2018-01-07

नेपाली गुरुले आफ्नै रफ्तारमा कक्षामा पढाएर सक्नु भो । बिभिन्न उदाहरण दिएर, एक पछि अर्को प्रेरणा थप्दै गुरु भन्दै हुनुहुन्थ्यो - तिमी हरुलाई हरेक क्षेत्रमा, हरेक बिधा जस्तै कथा, कबिता, निबन्ध, बाद बिवाद सबैमा काम लाग्छ आजको बिषय ।

कबिता : चिसो छिडीमा भगवान - मित्र पाठक (काँचुली), 2017-12-14

भगवान अब तिमीले अवतार नलेउ
यो अब राम राज्य कहाँ रह्यो र !
पहिला अन्याय गर्ने थोरै हुन्थे

हाईकु : मित्र पाठकका ८ हाईकु - मित्र पाठक (काँचुली), 2017-10-14

सतिको श्राप 
भन्छन फलाक्छन 
पागलहरु !

कविता : नअाउ मेरो देश बरू - मित्र पाठक (काँचुली), 2017-10-03

सुनिदैछ फेरी कुनै वाहनामा 
नाम मात्रैका छिमेकी भनाउदा 
दाईहरुले साइत जुराउदै छन रे !
शायद अरु केही माग्नु छ 
अरु केही फकाउनु छ 

लघुकथा : भेज दशै - मित्र पाठक (काँचुली), 2017-09-29

जब जब दशै नजिक आउछ तब तब काटमार र पशु वलीको बिषय राम्रै सँग उठ्छ । बर्ष भरी बफ पोर्क र मटन लाई सितान बनाउनेहरु पनि दशै आस पास बलिको बिरोध गरेको सुनेर होला उसले अघिल्लो राती सुत्ने बेला आफ्नी बुढीलाई भन्यो 

लघुकथा : सपना - मित्र पाठक (काँचुली), 2017-09-12

यसपाली किरा (यार्सागुम्बा) टिपेर फर्के पछी छोरालाई एउटा नयाँ झोला र छोरीलाई एउटा स्कुल ब्याग नकिनी हुँदैन बुढी ! छोरोले घरमा पढेन, बोडस पो राख्ने बिचार अाइ रा'छ ओ मलाई त ! - डोल्पाको से फोक्सुन्डो पुग्नु अघिको ठाडो उकालो चढ्ने बेला केही दिन अघीका छोरा छोरीका माग र आगामी योजना सम्झायो उसले बुढीलाई । 

कविता : हो मेरो देश त्यही हो / मित्र पाठक (काँचुली) - मित्र पाठक (काँचुली), 2017-08-15

सोमलियामा जस्तो चरम भोकमरी त छैन
तर सेतो भात खान रहर गर्नेको लाइन छ
सिरिया र अफगान जस्तो असुरक्षित हैन
तर ढुक्कको सास फेर्ने दिन र रात छैन
धुलो, मैलो, धुवाँ र हिलो जहाँ छ
हो, नियालेर हेर
मेरो देश त्यही हो ।

कविता: ढल एक्स्प्रेस चढेर/मित्र पाठक - मित्र पाठक (काँचुली), 2017-07-19

हामी हिलोमा पौडेर 
पानी माथि दौडेर 
मोनोरेलमा कुदेको मज्जा लिदैछौ 
ए सरकार ! 
मेयरहरुलाई अल्ली काबुमा राखेस ल
यिनिहरुले मलाई जबर्जस्ती मोनोरेलमा 
कुदाउलान भन्ने डर लाग्छ ! 

कविता: काली खोला / मित्र पाठक (काँचुली) - मित्र पाठक (काँचुली), 2017-07-06

काली खोला !
तिमी किन यति निर्दयी 
तिमी किन यति स्वार्थी 
अराजक उस्तै 
र उस्तै निठुरी पनि !

लघुकथा : उधारो ग्राहक / मित्र पाठक (काँचुली) - मित्र पाठक (काँचुली), 2017-06-24

हैन हामी चाँही यही खोर जस्तो कोठामा थुनिनै शहर पसेका हौ कि क्या हो ? -कोठा भित्र छिरेको झुल्के घाम पर्दाले छेक्दै घर मन्त्री कुर्लिन ।
मन नलाई नलाई ऊ बोल्यो -ल हिड न त हिड आज तिमीलाई घुमाउन लान्छु... खुस अब ?
आधा खुशी आधा बेखुसी हुँदै गनगन गर्दै खाना पकाउन भित्र पसिन उनी -आज घुम्न लानु भएन भने त मैले नि जानेछु ।

1 2 NEXT
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329240 Times Visited.

Powered by: Exclusively Solution
Top
Content