कविता - गद्य कविता



कविता : मेराे देश

डाँडा काँडा हरियाली
पाखा अनि पखेराहरुमा,
छङ्छङ् गर्दै बग्ने
नदि अनि झरनका
गुञ्जमान ध्वनिहरुमा
सुनौला हिमालमा देखिएका

हिउँका चुचुराहरु संगै

टलटल टल्कदै बेहुली झै लजाएर 

दन्ते मुहार झै मुस्कुराईरहेका हिमचुलीहरु

अाहा ! साच्चै नै 

कति सुन्दर शान्त अनि विशाल छ,

मनै लाेभ्याउने दृश्यहरुमा।


स्वयंभुका दुई अाखा

प्रज्ञा र करुणाका प्रतिक बनि

मन्दिर, मस्जिद र गुम्बाहरुका मधुर ध्वनि संगै

देबी-देवता र अप्सराहरु 

उन्मुत्त हाँसो सगै छम् छम्मी तालहरुमा

चंच्चल अनि कोमल शरीर सरि

अनेकौ भाव भंगिमा

अाफ्नो प्रेमको बसमा पार्दै

फक्रेको जवानी देखाउदै

सललल गर्दै बगिरहेकी बागमती ।


अमेरिकाकाे मीठो सपना भन्दा पर

नेपाली हुनुको गर्व गर्दै 

वीर गाेर्खालीका सन्तानहरु 

रमाईरहन्छौ यहीँ स्वर्ग नगरीमा 

बहुजातीय बहुभाषिक र बहुसंस्कृति

रङ्गीचङ्गी बगैंचाका फूल झै

एउटै मालामा सजिएर

गासिएको माला जस्तै देखिने 

यस मातृभूमिका सन्ततिहरु 

नेपाल अामाकाे सिन्दुरले सजिएको 

सिउँदाे जस्तै 

राताे चाेलाे अनि राताे 

साडीको अाचल जस्तै देखिने 

हिमाल पाहाड तराईकाे

त्यो शितल छाहारीमा

रमाउदै बैँस बिसाउदै 

मातृत्व भावमा समाहित गराउने।


प्रकृतिको बरदान

कति सुन्दर छ मेराे देश!!

कति मनाेरम छ मेराे देश!!


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

कविता : मेराे देश - यमुना खतिवडा यामु, 2018-01-04

डाँडा काँडा हरियाली
पाखा अनि पखेराहरुमा,
छङ्छङ् गर्दै बग्ने
नदि अनि झरनका
गुञ्जमान ध्वनिहरुमा
सुनौला हिमालमा देखिएका
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247277 Times Visited.

Powered by: Exclusively Solution
Top
Content