गजल - स्वतन्त्र गजल



गजल : विशाल अधिकारी

पालै पालको टहरो छ, र त नेपाल भएको छ ।
सँस्कृती र सुशासनको अनिकाल भएको छ ।

छोरो नजन्मिदै किन ढल्छ सरकार

सबैको सधै एउटै सबाल भएको छ ।


खेत निखनि दशैंमा, खसी काट्ने सपनाले

खाडिमा हर्के बि.क. हलाल भएकाे छ ।


भुकम्पले थर्काएर, बाढिले बगाएर 

छानाे भित्ताे लुगा सबै त्रिपाल भएकाे छ ।


दुनियाँकाे नजर छलि, जत्ति हामी हिँडे पनि

उनकै दाजु हाम्रो प्रेमको पर्खाल भएको छ ।


विशाल अधिकारी आशुतोष 

हेटौंडा-१४,मयुरधाप


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : विशाल अधिकारी - विशाल अधिकारी आशुतोष , 2018-01-22

पालै पालको टहरो छ, र त नेपाल भएको छ ।
सँस्कृती र सुशासनको अनिकाल भएको छ ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268446 Times Visited.

Powered by: Exclusively Solution
Top
Content