गजल - स्वतन्त्र गजल



तिन मुक्तक

आ-आफ्नै कर्ममा विश्वास गर्नु छ हामीले
सबैसबैमा सत्कर्मको बिउ छर्नु छ हामीले
एक थुकी सुकी सय थुकी नदी बन्छ भनी
सबैसबैमा देशप्रेमको भाव भर्नु छ हामीले




यो समाजको सारा अज्ञानता फाल्नु पर्नेछ हामीले

शिक्षाको ज्योति जसरी पनि बाल्नु पर्नेछ हामीले

पन्छाउदै जटिलताहरू, फैलाउंदै सम्भावनाहरू

प्रगतिमा दह्रोसंग पाइला चाल्नु पर्नेछ हामीले




सानोमा आमाको वचन नमानेर दुःख पाएँ

अहिले आँफै केही गर्न नजानेर दुःख पाएँ

नबुझेर जिन्दगीका आरोह अवरोहहरू नै

उडी चन्द्र छुने उद्देश्य नछानेर दु:ख पाएँ



सुरज लम्साल

भिमाद न.पा. -१ तनहुं, नेपाल 



नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

तिन मुक्तक - सुरज लम्साल, 2018-01-22

आ-आफ्नै कर्ममा विश्वास गर्नु छ हामीले
सबैसबैमा सत्कर्मको बिउ छर्नु छ हामीले
एक थुकी सुकी सय थुकी नदी बन्छ भनी
सबैसबैमा देशप्रेमको भाव भर्नु छ हामीले

गजल : सुरज लम्साल - सुरज लम्साल, 2017-12-23

आए पनि गणतन्त्र गरिबीको चोट उस्तै छ
चोटमाथि थपिएको अनगिन्ति खोट उस्तै छ
छैन परिवर्तनको गुञ्जायस कहीं कतै पनि
हली दाईको भोटो अनि साहुबाको कोट उस्तै छ
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329273 Times Visited.

Powered by: Exclusively Solution
Top
Content