कविता - गद्य कविता



गद्य कविता : सजिन्थियो सपना

सजिन्थियो सपना महलमा चुमेर
ओइलिन्छ फूल दिनहरु गनेर
माया पलाउँथ्यो भित्रै -भित्र गाँसेर
दिन हुर्कन्थ्यो सपना साँचेर

यादहरु आइरहयो तिमीलाई हेरेर 

मन पलाइरह्यो बिपना बेरेर 

कयौं रातहरु बिते सपना गनेर 

सजिन्थ्यो सपनाहरु महलमा चुमेर !


किन -किन मन ओइलियो सारा देखेर 

हिर्दय पनि छिया छिया भयो माया बिर्सेर 

किन -किन लुक्छ माया औला गनेर 

सजिन्थ्यो सपनाहरु महलमा चुमेर !


न बिगारीदेऊ जीवन तिमीले मलाई आँखामा पिलाएर आफुलाई 

हरेक सपनालाई मनभित्र सजाएर 

सजिन्थ्यो सपनाहरु महलमा चुमेर !


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गद्य कविता : बटुवा - 2018-05-27

म एक यात्री हिड्दैछु
सयौ दुरि नाप्दै
एक सपनाको किनारासंगै
हिड्ने म बटुवा
प्यास त लागिरहेको थियो,
बाँच्नैको लागि

गद्य कविता : रगत बग्नु - 2018-05-26

म सानी केटी
भर्खर बाह्र वर्ष पुग्दैछु
रगत बग्नु......
बुझ्दैछु म
सातौं श्रेणीको त्यो पछिल्लो बेञ्च
र त्यसमा लागेको रगतको टाटाहरू

गद्य कविता : मेराे देशले - 2018-05-25

मेराे देशले दिल खाेलेर हाँस्न बाँकीनै छ,
नयाँ विहान एउटा भाले वास्न बाँकीनै छ।
रगत दिने सहिदहरु अाँखाभरि घुम्छन्,
उनकाे तस्वीर सहिद गेटमा टाँस्न बाँकीनै छ ।

गद्य कविता : डेरावाल्नी ! - 2018-04-30

चुरोट किन्ने,सलाई किन्न नसक्ने
बुलुज उध्रिन्छ तर चप्पल सिउने
रक्सी सितनको छाकले जिउने
मै हुँ त्यो डेरावाल्नी ।
रक्सी भन्दा भात महङ्गो
आङ भन्दा टेको महत्व
यसकारण,

गद्य कविता : अभिमानी मान्छे - 2018-04-06

जब जब यो आँखा
चियाउँछु म आफै
झरेर रसिन्छ
मनका अन्तरंगहरुमा
किन बाजिन्छ?

गद्य कविता : मान्छेभित्र मानवता ह्रास भएछि - 2018-03-29

ऊपनि आफूजस्तै उसले चिन्दैन
मानवताकाे बिन्दुसम्म उसमा हुन्न
सकुन्जेल उसलाई मजाले पिस्छ
जसरी पिठाेसँग घुनपनि पिसिन्छ ।

गद्य कविता : प्रेम दिवस - 2018-03-28

मेरो बा जस्तै छ
यो प्रेम दिवस् ।
झुटो प्रेम लिला रचेर
तरुनी खेति फस्टाइ रहेछन
हर साझ मनाइ रहेछन
एउटा रङ्गीन बिस्तारामा प्रेम दिवस
एक हुस्न साटेर

गद्य कविता : सम्बन्ध - 2018-03-26

केही नहुने रहेछ
सम्बन्धमा मेरा लागि तिमी र
तिम्रा लागि म एक अपरिचित भए पछि

कविता : Discount अनुहार - 2018-03-26

30 percent flat !!
flipcartमा बेचिन्दो हो
चिया बगान अनुहारहरु...

गद्य कविता : आस्थाको समवेदना ! - 2018-03-26

कुल्चेर मेरो आस्थाको धरोहर
भर्खरै उसले घोषणा गर्यो-
पूर्व निर्धारित मान्यताको बिरूद्ध

गद्य कविता : रातो घाम ! - 2018-03-25

ए रातो घाम !
आउ छाउ म माथि
रातो किरण बिजारोपण गर
उल्लासका साथ प्रत्यारोपण गर
म जन्माउँछु अर्को महाभारत
तर जन्माउदिन द्रौपदी ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360295 Times Visited.

Powered by: Exclusively Solution
Top
Content