कथा - लघुकथा



लघुकथा : मेरी श्रीमती

मेरो पुरुष नजरले देखेर बोलेको शब्द वाह् क्या च्वाँक मेरो पसल भन्दा अगाडी, कति राम्री जिउडाल मिलेको कुनै आईडल जस्ती केटी ! मेरो मन,नजरले उनलाई पच्छाई रह्यो । कसको व्यग्र प्रतीक्षामा बसेकी उनी छिन छिनमा मोबाइल निकाल्छिन् र फोन गर्छिन् । मोबाइलको ब्यालेन्स सकियो ।

रिचार्ड कार्ड किन्न मेरो पसलमा आइन् स्वर पनि कति मिठो ! पढी लेखेकी होलिन् ! मुस्कुराएर गइन् । फेरी . . .घण्टौँ भई सक्यो । बल्ल एउटा पल्सर बाइक घ्याँच्च रोकियो । केटाले कान समाएर सरी बोल्यो । नो प्रोबलम बाइक चढिन् ।लपक्क टाँसिन् । म सँग नजर जुध्यो।बाई गर्दै मुस्कुराउदै गइन् ।


मेरो नजरमा कैद उनको आकूतीले मलाई घोचिरहयो । उनी कस्ती मेरो श्रीमती कस्ती ? मेरो छुच्सी बुढीको तर्रो बोली, हाँसे पनि रिस उठ्ने, माया पिरतीको गफ कहिले भएन । तरकारी नमिठोको झोँक, छोराछोरीको नराम्रो बानी उनकै सरे झैँ लाग्छ । त्यसैले होला मेरो मन भित्रको आन्तरिक द्धोण्डमा बुढीलाई राम्रो नजरले कहिले पनि हेरिन ।

आज मेरो मनले आफै सँग प्रश्न गर्‍यो ! के तिमीले कहिले गल्ती गरेको छैन , तिमीले श्रीमती सँग माफी मागेको छौ ? हो मैले सधैँ गल्ती गरेको छु तर म माफी माग्ने कुरा त सोचेको पनि छैन । तरकारीमा नुन बढी हुँदा त ठिकै हो नुन नपुगेको निहुँमा पनि भात नै नखाई हिँडेको छु। मैले रक्सी खाएर उल्टै धेरै पटक उनलाई पिटेको छु । उल्टै उनले मलाई माया गरेर सम्झाउनु पर्छ । मेरो घरमा भन्दा उनको माईतीमा सुख नभएको र ससुराले पाल्न नसकेको पनि हैन। मेरो घरमा दुख नै गरेर बाँचेको छ । उनले काम गरे बापत ज्याला पनि त दिएको छैन म उसको लोग्नी ! आज मलाई लोग्ने शब्द देखी नै सोच मग्न भए ! हैन मैले माफी माग्नै पर्छ । कोल्टे फेरेर सुतेकी श्रीमतीलाई सधैँ झैँ मेरो रिसको बिर्को शान्त पार्न आफ्नो बाहुपासमा तान्न खोजेँ । मेरो पुरुष अहमता देखी दिक्क लाग्यो ! आफ्नो गल्तीलाई ह्लदय देखी स्वीकार गरी भोलि माफी माग्ने निश्चय गरी मस्त सुतेकी श्रीमतीको निधारमा चुम्बन गरी रात कटाए !


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लघुकथा : मेरी श्रीमती - 2018-02-11

मेरो पुरुष नजरले देखेर बोलेको शब्द वाह् क्या च्वाँक मेरो पसल भन्दा अगाडी, कति राम्री जिउडाल मिलेको कुनै आईडल जस्ती केटी ! मेरो मन,नजरले उनलाई पच्छाई रह्यो । कसको व्यग्र प्रतीक्षामा बसेकी उनी छिन छिनमा मोबाइल निकाल्छिन् र फोन गर्छिन् । मोबाइलको ब्यालेन्स सकियो ।

लघुकथा : कोरा कागज - 2018-01-09

किन र आज पनि तिम्रो बाबा तिमिलाई भेट्न आउनु भएन ! होम वर्क गरिरहेकी निशालाइ हेर्दै मैले सोधेँ । हैन आउनुभएको त थियो तर एकछिनमै उहाँ फर्कनु भयो,।

लघुकथा : हेलाँ - 2018-01-09

राधाआज धेरै नै खुसी भइरहेकी थिइन ता कि छोरो रमेश अमेरिकाबाट बुहारीसंगै घर आउँदै थिए नबदुलहीको मुख त फोटोमा मात्र देखेकी राधाले आमुने सामुने भेटिएकि त थिइनन् । एक्लो छोरो रमेसलाई अमेरिका पठाएर पढाउन रमेशको बुबा हरिले पनि अनेकौ दुख कष्ट गरि जोरजाम गरि पठाइएको थियो ।

लघुकथा : हाँस्न बिर्सिने उमेर - 2018-01-07

नेपाली गुरुले आफ्नै रफ्तारमा कक्षामा पढाएर सक्नु भो । बिभिन्न उदाहरण दिएर, एक पछि अर्को प्रेरणा थप्दै गुरु भन्दै हुनुहुन्थ्यो - तिमी हरुलाई हरेक क्षेत्रमा, हरेक बिधा जस्तै कथा, कबिता, निबन्ध, बाद बिवाद सबैमा काम लाग्छ आजको बिषय ।

लघुकथा : ऋण - 2018-01-03

ए साहिला बुढा, अब माथल्लो तल्ला थपौ है, हामी माथी बसौं र तल पट्टीको सबै फल्याटै भाडामा दिऊँ भन्दै थिई मेरी साहिली बुढी। कहाँबाट पैसो ल्याउ, माथल्लो तल्ला थप्न ? मुखले भन्ने बित्तिकै सजिलो छ र ?

लघुकथा : खाम - 2017-12-28

किन हो किन आज अचानक कमल धेरै नै उदास देखिन्थ्यो । उसले सोच्न त सोचेको थिएन त्यती उर्लिदो छाल आफ्नो जिबनमाथी आइलाग्छ भनेर । स्वीकार्न नचाहाँदा नचाहँदै त्यो फूल स्वीकार्नु पर्यो जुन फूल नै आज उसको लागी अप्रत्याशित भुल भयो । एकछिन त पहिले उ समयको बेगसंगै भुलेर बस्दै थियो ।

लघुकथा : रुख मै घर - 2017-12-28

कुनै जंगलको बिचमा दुइ दम्पति दाउरे र उनको श्रीमती बस्तथे । उनिहरुको न छोरा छोरी न कोहि आफ्न्त नै थिए । उनिहरु जंगलमै सानो कटेरो बनाएर बसेका थिए ।

लघुकथा : म्यादी प्रहरी - 2017-12-25

सरकारी अफिसर हुने धोको थियो । कैयौ पटक लोकसेवा दिए पास भए अन्तरवार्तामा फालियो । जागिरको धोको छोडेर विदेश जाने चक्करमा लागें । गैरी खेत गुमाए । रोजगारी दिन नसक्ने मुलुकमा बेरोजगारीको दुखेसो सुनि दिने कसले ?

लघुकथा : सगरमाथा बाट - 2017-12-24

संसारकै अग्लो चुचुरो सगरमथाबाट पृथ्वीलोकका गतिविधिलाई नियाली रहेका भगवान शिवजी एकपल्ट विषभाङ धतुरोको नसाले निकै गहिरो निद्रामा परेका थिए । त्यसै बेला सगरमाथा आरोहीहरुले गरेका फोहोरबाट आफ्ना स्वच्छ स्थल प्रदुषित गरेकोमा पत्नी पार्वती निकै दुखी भएकी थिइर्न ।

लघुकथा : मजदुर आन्दोलन - 2017-12-21

"हरि प्रसाद बिदेशमा शिक्षाआर्जन गरेर उतैतिर ब्यापार व्यवसाय गरि एक धनाड्य ब्यापारी बन्न सफल भएका थिए,। आफू मात्र धनी ? देश र आफू जस्तै अरु जनता गरिब भएकाले आफ्नो कुनै "इज्जत नहुने सोचले नेपालमा पनि केही उद्योग कलकारखाना खोलेर स्वदेशी उत्पादन ।

लघुकथा : बेमतलब - 2017-12-18

बिरामी बेडमा राखेको पचिसौं दिन, अस्पतालको गेटै निर पोलिथिनको थैलामा फलफूल, थर्मसमा पानी र अर्को थैलामा औषधि बोकेर जाँदै गरेको मलाई देख्नासाथ एउटा परिचितले अनायसै सोध्यो
1 2 3 4 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268429 Times Visited.

Powered by: Exclusively Solution
Top
Content