कविता - गद्य कविता



गद्य कविता : म पाखे भएँ

आमाले भन्नुभएको थियो ।
ज्वाइँको ख्याल राख छोरी !
त्यही वचन सम्झेर सधैं साँझमा
धरखराएर आए पनि
कचौरामा तेल लिएर मालिस गर्दिन्थें ।
त्यो त उनलाई भएन अरे
मसाज गर्न नजानेर
म पाखे भएँ ।

गाउँमा जन्मिएर गाउँमै हुर्किएकी म

मैले भकारो सोर्न जानेकी थिएँ ।

तर यहाँ पतिले ओकलेको फोहोर 

सोर्न नमानेर 

म पाखे भएँ ।

अनि मैले डाँडा पाखामा लहरो समाएर

वल्लो डाँडाबाट पल्लो डाँडा गर्थें ।

यो शहरमा किनमेल गर्ने ठाउँका 

भर्‍याङ (लिफ्ट) चढ्न नजानेर 

म पाखे भएँ ।

सुनेकी थिएँ 

सौभाग्य र सृंगार भनेकै सिन्दुर पोते हो 

त्यसैले शिर र गलाबाट हटाउन चाहिन ।

सधैं सिउँदो काडेर सिन्दुर लगाएँ 

लगनको पोते लगाइ राखें 

यता त सृंगार अनेक थरी पोत्नुलाई भन्दारहेछन् 

बट्टा बट्टाका ती अनेक थरी पोत्न नजानेर 

म पाखे भएँ ।

मायाकै कुरा गर्नु भने पनि 

म उनलाई यो सन्सार भरिको माया गर्थें 

जहाँ गएकै भएपनि कुरेर बसेर 

उनलाई खान नदिई कहिल्यै खाइन मैले

मैले जसरी उनको मन जित्न खोजेपनि

त्यो मेरो माया माया भएन रे

परिवारको सामु अनि आफन्तको अगाडि 

अंकमाल ( hug) गर्न नमानेर 

म पाखे भएँ ।

बा, आमा र दाजुले भन्नुहुन्थ्यो

हाम्री जेठी छोरी भाग्यमानी रहिछे 

शहरमा पुगि ।

तर दाजु !

कान्छीलाई शहरमा दिएर पाखे नबनाउनु है!

बा ! बरु मलाई पल्लो गाउँको

 भरिया कान्छाको छोरा माग्न आउँदा 

दिएको भए त्यही भिरपाखामा रमाउँथें ।

लवाई, खुवाई, हिडाई, बोलाईमा

हरेक दिन म पाखे बन्न पर्दैनथ्यो ।

हो बा ! हो आमा ! आज हजुरहरुको 

संस्कार र उपदेश नै पाखे भएकोछ ।

मेलापात, घाँस दाउरामा सबैलाई 

म बिना खल्लो लाग्थ्यो भन्थे 

तर आज त्यो गाउँकै छोरी 

यो शहरमा पाखे भएकी छ ।


अम्बिका कार्की "अमु"

सर्लाही, वाग्मती न.पा.

हाल चितवन, भरतपुर


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गद्य कविता : बटुवा - 2018-05-27

म एक यात्री हिड्दैछु
सयौ दुरि नाप्दै
एक सपनाको किनारासंगै
हिड्ने म बटुवा
प्यास त लागिरहेको थियो,
बाँच्नैको लागि

गद्य कविता : रगत बग्नु - 2018-05-26

म सानी केटी
भर्खर बाह्र वर्ष पुग्दैछु
रगत बग्नु......
बुझ्दैछु म
सातौं श्रेणीको त्यो पछिल्लो बेञ्च
र त्यसमा लागेको रगतको टाटाहरू

गद्य कविता : मेराे देशले - 2018-05-25

मेराे देशले दिल खाेलेर हाँस्न बाँकीनै छ,
नयाँ विहान एउटा भाले वास्न बाँकीनै छ।
रगत दिने सहिदहरु अाँखाभरि घुम्छन्,
उनकाे तस्वीर सहिद गेटमा टाँस्न बाँकीनै छ ।

गद्य कविता : डेरावाल्नी ! - 2018-04-30

चुरोट किन्ने,सलाई किन्न नसक्ने
बुलुज उध्रिन्छ तर चप्पल सिउने
रक्सी सितनको छाकले जिउने
मै हुँ त्यो डेरावाल्नी ।
रक्सी भन्दा भात महङ्गो
आङ भन्दा टेको महत्व
यसकारण,

गद्य कविता : अभिमानी मान्छे - 2018-04-06

जब जब यो आँखा
चियाउँछु म आफै
झरेर रसिन्छ
मनका अन्तरंगहरुमा
किन बाजिन्छ?

गद्य कविता : मान्छेभित्र मानवता ह्रास भएछि - 2018-03-29

ऊपनि आफूजस्तै उसले चिन्दैन
मानवताकाे बिन्दुसम्म उसमा हुन्न
सकुन्जेल उसलाई मजाले पिस्छ
जसरी पिठाेसँग घुनपनि पिसिन्छ ।

गद्य कविता : प्रेम दिवस - 2018-03-28

मेरो बा जस्तै छ
यो प्रेम दिवस् ।
झुटो प्रेम लिला रचेर
तरुनी खेति फस्टाइ रहेछन
हर साझ मनाइ रहेछन
एउटा रङ्गीन बिस्तारामा प्रेम दिवस
एक हुस्न साटेर

गद्य कविता : सम्बन्ध - 2018-03-26

केही नहुने रहेछ
सम्बन्धमा मेरा लागि तिमी र
तिम्रा लागि म एक अपरिचित भए पछि

कविता : Discount अनुहार - 2018-03-26

30 percent flat !!
flipcartमा बेचिन्दो हो
चिया बगान अनुहारहरु...

गद्य कविता : आस्थाको समवेदना ! - 2018-03-26

कुल्चेर मेरो आस्थाको धरोहर
भर्खरै उसले घोषणा गर्यो-
पूर्व निर्धारित मान्यताको बिरूद्ध

गद्य कविता : रातो घाम ! - 2018-03-25

ए रातो घाम !
आउ छाउ म माथि
रातो किरण बिजारोपण गर
उल्लासका साथ प्रत्यारोपण गर
म जन्माउँछु अर्को महाभारत
तर जन्माउदिन द्रौपदी ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360264 Times Visited.

Powered by: Exclusively Solution
Top
Content