गीत - गीत



नारी स्वतन्त्रताको गीत

कसैको सिन्दूर लाए पनि 
कसैको पोते सजाए पनि 
जुनीभरीकी दासी म हैन 
सिन्दूरको धर्को नाघ्दिन भनी 
कसम मैले खाएकी छैन 
कसैको सिन्दूर लाए पनि... ।

मन मिलुन्जेल मत मिलुन्जेल 
कसैकी स्वास्नी बन्न नि सक्छु 
मन नमिले मत नमिले 
सिध्दियो जाऊ भन्न नि सक्छु 
कसैको गोठको भैंसी म हैन 
दाम्लो कीलोमा वाँधेर राख्ने 
घाँस र कुँडो खुवाए पछि 
चाट्न नि मिल्ने काट्न नि मिल्ने ।
कसैको सिन्दूर लाए पनि .....

हितचित्तले खाएको मान्छे 
आफ्नै खुसीले रोज्न नि सक्छु 
चित्त बुझेन मेरो भने 
तिमीलेजस्तै छोड्न नि सक्छु 
म कुनै आधुनिक सती हैन
तिम्रो खुसीमा सती गैदिने 
तिम्रो खटनमा खेलौना बन्ने
बच्चा जन्माउँने मेशीन भैदिने ।
कसैको सिन्दूर लाए पनि......

पुरुष सँधै चोखै बस्ने रे
जति ठाऊँमा चोपिए पनि 
उसलाई मात्रै सुविधा किन ?
गल्ली गल्लीमा पोखिए पनि 
म मेरो हक कसैलाई दिन्न 
बन्धकी राख्न मालिक ठानी
म मेरो लागि आफै न्यायधीश 
म मेरो लागि आफै ज्ञानी ।
कसैको सिन्दूर लाए पनि...


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गीत : कु-संस्कार - 2018-01-09

छाउपडी गोठ चेली मरिन्, बेइज्जती यो कसको ,
दाइजो खोटमा चेली डढिन्, इज्जत गयोे कसको ।।
किन समाज कुरा बुज्दैन, परिवर्तन सोच आउदैन,
कालो बादल किन फाट्दैन, हे मान्छे हो चोटले घोच्दैन ।

गीत : सुनाउदिन बिलौनाहरु - 2017-10-31

निदरी सुस्तरी आउ म त 
तिम्रो सिरानिमा निदाउन सकौं 
भिड कोलाहल बाट टाढा म त 
तिम्रै सपनिमा भुल्न सकौं ।!!

गीत : जिन्दगी - 2017-10-24

म मा अब कुनै बासना छैन पलास जस्तो
म देख्छु जिन्दगीका रंगहिन सारा पानाहरु
  
मसँग आज धेरै आँसु भयो तर बगाउनै छोडें
सुक्खा बाँस जस्तो उदासिन मेरा सपनाहरु !!!


नारी स्वतन्त्रताको गीत - 2017-10-10

कसैको सिन्दूर लाए पनि 
कसैको पोते सजाए पनि 
जुनीभरीकी दासी म हैन 
सिन्दूरको धर्को नाघ्दिन भनी 
कसम मैले खाएकी छैन 
कसैको सिन्दूर लाए पनि... ।

गीत : शुभकामना - 2017-09-23

शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....
अन्जुली बाँधी, स्रद्धाभाव राखी, शिर यो झुकाइ 
प्रेमको द्रिश्टी, पुष्पको ब्रिस्टी, हृदय फुकाइ 
शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....

आनन्द माथ, शान्तीका साथ, सम्ब्रिद्धी सेवाभाव
फलून फूलून, सद्ग गुण सद्भाव, बनेर अनुराग 
शुभकामना.. शुभकामना... शुभकामना.... शुभकामना.....

गीत: आएकै हो गणतन्त्र - 2017-08-02

आएकै हो गणतन्त्र आउँनलाई आयो !
महलमै अल्मलियो हाम्रोमा खै आयो ?
झुप्रामा नि आउँछु भन्थ्यो बाटैमा हरायो !
आएकै हो गणतन्त्र .......!

गीत: यो झिलीमिली - 2017-03-21

यो झिलीमिली बिजुली बत्ती कहाँ गाथ्यो  होला ?
कसैले कतै सुटुक्कै बेची लुकेर खाथ्यो होला ?
भनन भन सहीसत्य कुरा के चै भाथ्यो होला ?
यो झिलीमिली ......!

गीत: निवश्त्र - 2017-03-20

किनारको ठिहीमा,
विभत्स गीत सुस्तायो,
निवश्त्र बाँचिरहेछु भन्दै !
ओठसँग सजिनु अधि,
स्वतन्त्र थिएँ म अक्षरहरुमा,

गीत: तिमी र म - 2017-03-12

एउटै भाव पोख्छौ हामी,
भाषा आफ्नो आफ्नै हुन्छ !
एउटै चोट बोक्छौ हामी,
दुख आफ्नो आफ्नै हुन्छ !!

गीत: त्यहीँनेरी पर्खेको छु - 2017-02-17

त्यहीँनेरी पर्खेको छु, त्यहीँनेरी हो
जहाँनेरी हजुरीले छाडी जानुभो
त्यहीँनेरी कुनै दिन पलाउला फूल
जहाँनेरी सग्लो मुटु झारी जानु भो !!


गीत : कमारोको गीत - 2017-02-12

म भन्छु दाजै यो उच नीच,
मेटेर मेटिन्न,
हीराको जून आकाश माथि
भेटेर भेटिन्न ।

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247204 Times Visited.

Powered by: Exclusively Solution
Top
Content