+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


मुक्तक
मुक्तक


पाँच मुक्तक

साधुसन्त डाँका लाग्छन् हाम्रो समाजमा
खानी खुवाउने आँखा लाग्छन् हाम्रो समाजमा
दिन छोडदेउ आशीर्वाद असल मान्छे बन्ने आमा
राम्रा मान्छे पाखा लाग्छन् हाम्रो समाजमा

मुक्तक २

जसरी नि राम्रो अंक पाए हुन्छ बिध्यार्थिलाइ

शिक्षक सोच्छन लाठि मुङग्रो लाए हुन्छ बिद्यार्थीलाई

मेरो देशमा  तिनै स्कुल सर्बोत्कृस्ट मानिन्छ्न जहाँ 

आफ्नै मातृभाषा बोल्दा सजाय हुन्छ बिध्यार्थीलाइ

मुक्तक ३

तारा थिएँ चन्द्र हुँदै रबि बनायो 

केही हद सम्म भएपनी छवि बनायो 

धोकै खाइयोस मायाले,केही न केही त गर्छ भन्थे 

साच्चै रैछ मलाई पनि कवि बनायो

मुक्तक ४

जुनको कुरा छाड्देउ प्यारी, तारा झारिदिन्छु 

तिम्ले जे जे झार भन्छेउ, सारा झारिदिन्छु 

बिचबाटोमा पुगि मलाई, एक्लै पारी छाडेउ भने

खबरदार नि! फेरि तिम्रै बङ्गारा झारिदिन्छु

मुक्तक ५

कि त्रिशुलीमा खस्ने गाडीले लैजाओस 

कि राता बाकस पठाउने खाडिले लैजाओस 

बिकास हैन देशको  बिनास चाहाने नेतालाई त

कि त भुकम्पले कि त बाढिले लैजाओस


बिजय रानाभाट 

घिरिङ गाउँपालिका -४, तनहुँ 

हाल : भानु नगरपालिका -३, चाम्बास तनहुँ 


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

चार मुक्तक - 2018-01-23

मेराे खातिर हजार चाेट खप्ने तिमी थियाै
उत्साहकाे तेल सधै थप्ने तिमी थियाै
एकैछिन छुट्टिएर टाडा हुनु पर्दा पनि
हजार पल्ट मेराे नाम जप्ने तिमी थियाै ।।

चार मुक्तक - 2018-01-22

मान्छे मान्छे विचमा मैले सम्मान भेटेको छैन
आँसु मात्रै पिउँछन् यहाँ मुस्कान भेटेको छैन
फगत ढुङ्गा मात्रै रै'छ जति पूजे पनि मूर्ति-
साँच्चै ! आजसम्म मैले भगवान भेटेको छैन ।

तिन मुक्तक - 2018-01-22

आ-आफ्नै कर्ममा विश्वास गर्नु छ हामीले
सबैसबैमा सत्कर्मको बिउ छर्नु छ हामीले
एक थुकी सुकी सय थुकी नदी बन्छ भनी
सबैसबैमा देशप्रेमको भाव भर्नु छ हामीले

चार मुक्तक - 2018-01-02

टोपी लाए हिरो भए, तालु खुईएको छोपियो !
चन्द्र सुर्य झण्डा बोकें, पार्टीको सदस्यता मेटियो !
नेपाली बिर गोर्खाली भन्थे, बिश्व सामु हामी झुकियो !
सुन्दर शान्त नेपाल देश थियो, आज गरिव राष्ट्रमा गनियो !

पाँच मुक्तक - 2017-12-22

साधुसन्त डाँका लाग्छन् हाम्रो समाजमा
खानी खुवाउने आँखा लाग्छन् हाम्रो समाजमा
दिन छोडदेउ आशीर्वाद असल मान्छे बन्ने आमा
राम्रा मान्छे पाखा लाग्छन् हाम्रो समाजमा

दुई मुक्तक - 2017-12-19

आफैंमै फाटेपछि मनको सियोले सिउँछु म,
चाहनाका तरेलीहरू थाती राखी जिउँछु म !
यात्राहरू हुन्छ केही सफल, केही असफल,
आफैलाई शान्त पार्न अलिकति पिउँछु म ।

मुक्तकमाला ३९. - 2017-12-14

किन बन्यो मेरो यो, मासुको मुटु , माया रेटिदा दुख्छ !
सम्हाली राखेको प्रेम पत्र पढ्दा,आँशु झरी मेटिदा दुख्छ !!
यस्तै रैछ जिन्दगी कहिले घाम, कहिले छाँया अभागीको !
भाग्यमा नहुँदो रैछ माया तर दोबाटोमा भेटिदा दुख्छ !!

मुक्तकमाला ३८. - 2017-12-08

मुक्तककार : इमा नाथ अधिकारी

मुक्तकमाला ३७. - 2017-12-06

असफल गौतम ठूलाडिही-६, स्याङ्जा चार मुक्तक

मुक्तकमाला ३६. - 2017-11-02

प्राय: हरेक दिन नै नारीकाे चित्कार सुन्छु म !
अजिब बस्तु झैं व्यापार हुदा झन मुटु छुन्छु म !
गरि देउन हे ! पुरूष वर्गहरू हाे  नारीकाे उद्दार;
दलदलमा भरिएकाे खबर देख्दा हरे ! रून्छु म !

मुक्तकमाला ३२. - 2017-10-19

देश हाम्रो बिग्रि सक्यो नेता ईमानदार नभएर
भष्ट बढे धेरै कार्य कर्ता ईमानदार नभएर
जहाँ गए पनि भनसुन पैसाको मात्र खेल हुने
काम कर्तव्यनिष्ठा कर्मचारी ईमान्दार नभएर

1 2 3 NEXT
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top
Content