गजल - स्वतन्त्र गजल



गजल : सुरज लम्साल

आए पनि गणतन्त्र गरिबीको चोट उस्तै छ
चोटमाथि थपिएको अनगिन्ति खोट उस्तै छ
छैन परिवर्तनको गुञ्जायस कहीं कतै पनि
हली दाईको भोटो अनि साहुबाको कोट उस्तै छ

ऐन कानुनमा मात्र बने समानताका कुराहरू

खै र शोषणदेखि भेदभावको बनोट उस्तै छ 


फेरिए शहरका बङ्गालाहरू तर भरिया दाईले 

ठुलो भारी बिसाउने चौतारीको बोट उस्तै छ


कोही क्यासिनोमा लाखौं फाल्दा कैली बज्यैले 

सुर्ती किन्न पटुकामा राख्ने एकको नोट उस्तै छ 


सुरज लम्साल

भिमाद -१, तनहुं


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : विशाल अधिकारी - 2018-01-22

पालै पालको टहरो छ, र त नेपाल भएको छ ।
सँस्कृती र सुशासनको अनिकाल भएको छ ।

गजल : बिकास रेग्मी - 2018-01-22

भक्ति र बलभद्रको जमाना हरायो
यो देशबाट फेरी सिमाना हरायो ।

गजल : लालकाजि श्रेष्ठ - 2018-01-21

छ कुन जलको थोपा प्रहरभर सुहाको ?
गजब लाग्छ दम्भ कठै ! कर्कलाको

गजल : राजबाबु श्रेष्ठ सागर - 2018-01-21

यति खेर भने म आफ्नै भरोसाको सासको दौड्मा छु ।
देशको एक सुन्दर सपना बोकी खासको दौड्मा छु ।।

गजल : अम्बिका कार्की अमु - 2018-01-20

हेरी राख एकदिन पहेंलो रंङ्गको खुन हुन्छ ।
धातु मानिएको त्यही फलाम नम्बरी सुन हुन्छ ।
हजारौं ताना बोकेर चेली माइती परदेशिए ।
सबै छट्पटिदै छन् मुस्कुराउने मात्र जून हुन्छ ।

गजल : नारायण राज चौलागाई (काईलो) - 2018-01-18

किन्दा त्यो ठूलो शहर कति पर्छ बा ?
इँटाले बनेको घर कति पर्छ बा ?
दाल चामल किन्दा त खल्ती रित्तियो
अाधा किलो टमाटर कति पर्छ बा ?

गजल : महेन्द्र चापागाईं - 2018-01-08

बिना अर्थ नामी, बनायो कसैले
थिए क्यै रहर ती, तुहायो कसैले
म तिम्रै हुने हो, भन्यो फेरि आफै
हियामा भरोसा, दिलायो कसैले

गजल : भवानी तिमल्सिना न्यौपाने - 2018-01-04

हुन्न मिलन खुशी र म दुई किनार भएपछि
कसरी बाँच्नु खै ज्यानै लिने प्यार भएपछि
जोगाई राख्न सकिन यो मुटु पनि सग्लो मैले
आफन्तका वचनमा नै छुरा झैँ धार भएपछि

गजल : डा.झमक घिमिरे - 2018-01-02

जसको योगदान खोजीरा`छ देशले उही किन बद्नाम भयो, ,
जसले देशको आन्द्राभुडी पल्टाएर खाइरा`छ किन राम भयो?
चेतना हराएका मान्छेहरू पुग्छन् माथि माथि घुम्ने मेचमा,
जाग जाग चेतनशील युवा तिम्रो चेतना किन जाम भयो ?

गजल : उद्धवप्रसाद प्याकुरेल - 2017-12-24

गुलाव फुल्ने बगैंचामा उरेली नि फूल्न सक्छ,
भमरा र माहुरी सँगै झिँगा पनि डुल्न सक्छ ।।
खुल्ला आकाश खुल्ला धरती, मन्द मिठो पवन,
विनाश रुपी दूषित कण पनि घुल्न सक्छ ।।

गजल : सलिना पोख्रेल - 2017-12-23

अनेकौ स्वार्थको लागि सम्ब्न्ध जोडिन्छन यहाँ
फलको मिठो आशामा बृक्षलाइ गोडिन्छन यहाँ
खै,कस्को पो भरोशा गर्न सकिन्छ र !
हरेक पाइलामा कम्जोर बिश्वास तोडिन्छ यहाँ ।
1 2 3 4 5 6 7 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247203 Times Visited.

Powered by: Exclusively Solution
Top
Content