मुक्तक - मुक्तक



चार मुक्तक

टोपी लाए हिरो भए, तालु खुईएको छोपियो !
चन्द्र सुर्य झण्डा बोकें, पार्टीको सदस्यता मेटियो !
नेपाली बिर गोर्खाली भन्थे, बिश्व सामु हामी झुकियो !
सुन्दर शान्त नेपाल देश थियो, आज गरिव राष्ट्रमा गनियो !

म त म नै थिए , कोहीले तँ भनेर आफ्नै देशमा हेपिए ।

म त मातू भाषामा बोल्थे , आफ्नै देशमा ज्यापु भनेर हेपिए ।

मेरो देश हेर्न बिदेशीहरु आउथे मठ मन्दिर देखेर रमाऊन्थे ।

राजनितिले देश अस्तब्यस्त भयो , युवा, युवतीहरु सबै बिदेशिए ।


जोगीको भेषमा रावणले भिक्षा मागे पछि सिता त हर्ने नै भयो ।

चुनाव सकेर पनि देउवाको सरकार अब त यो देश दुब्ने नै भयो ।

लौ न के भयो प्रभु सोध्ने कसलाई अदालती कानुन दैव नजानुन् ।

हाम्रो देशको राजनितिक चलखेल उत्तर दक्षिण छिमेकी राष्ट्रले नै जानुन् ।


यो देशमा मैले दौरा सुरुवाल शिरैमा ढाका टोपी लाउन पाउनु पर्छ ।

चन्द्र सुर्य झण्डा बोकेर शान्ति क्षेत्र नेपाल बिगुल फुक्न पाउनु पर्छ ।

म मरे पनि मेरो देश बाँचि रहोस् हरेक नेपालीहरुको मन मस्तिकले बोल्नु पर्छ ।

बिश्व सामु फैलिएको पुर्खाको स्वाभिमान हामीले बचाउन र गौरव गर्न सक्नु पर्छ ।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

चार मुक्तक - 2018-01-22

मान्छे मान्छे विचमा मैले सम्मान भेटेको छैन
आँसु मात्रै पिउँछन् यहाँ मुस्कान भेटेको छैन
फगत ढुङ्गा मात्रै रै'छ जति पूजे पनि मूर्ति-
साँच्चै ! आजसम्म मैले भगवान भेटेको छैन ।

तिन मुक्तक - 2018-01-22

आ-आफ्नै कर्ममा विश्वास गर्नु छ हामीले
सबैसबैमा सत्कर्मको बिउ छर्नु छ हामीले
एक थुकी सुकी सय थुकी नदी बन्छ भनी
सबैसबैमा देशप्रेमको भाव भर्नु छ हामीले

चार मुक्तक - 2018-01-02

टोपी लाए हिरो भए, तालु खुईएको छोपियो !
चन्द्र सुर्य झण्डा बोकें, पार्टीको सदस्यता मेटियो !
नेपाली बिर गोर्खाली भन्थे, बिश्व सामु हामी झुकियो !
सुन्दर शान्त नेपाल देश थियो, आज गरिव राष्ट्रमा गनियो !

पाँच मुक्तक - 2017-12-22

साधुसन्त डाँका लाग्छन् हाम्रो समाजमा
खानी खुवाउने आँखा लाग्छन् हाम्रो समाजमा
दिन छोडदेउ आशीर्वाद असल मान्छे बन्ने आमा
राम्रा मान्छे पाखा लाग्छन् हाम्रो समाजमा

दुई मुक्तक - 2017-12-19

आफैंमै फाटेपछि मनको सियोले सिउँछु म,
चाहनाका तरेलीहरू थाती राखी जिउँछु म !
यात्राहरू हुन्छ केही सफल, केही असफल,
आफैलाई शान्त पार्न अलिकति पिउँछु म ।

मुक्तकमाला ३९. - 2017-12-14

किन बन्यो मेरो यो, मासुको मुटु , माया रेटिदा दुख्छ !
सम्हाली राखेको प्रेम पत्र पढ्दा,आँशु झरी मेटिदा दुख्छ !!
यस्तै रैछ जिन्दगी कहिले घाम, कहिले छाँया अभागीको !
भाग्यमा नहुँदो रैछ माया तर दोबाटोमा भेटिदा दुख्छ !!

मुक्तकमाला ३८. - 2017-12-08

मुक्तककार : इमा नाथ अधिकारी

मुक्तकमाला ३७. - 2017-12-06

असफल गौतम ठूलाडिही-६, स्याङ्जा चार मुक्तक

मुक्तकमाला ३६. - 2017-11-02

प्राय: हरेक दिन नै नारीकाे चित्कार सुन्छु म !
अजिब बस्तु झैं व्यापार हुदा झन मुटु छुन्छु म !
गरि देउन हे ! पुरूष वर्गहरू हाे  नारीकाे उद्दार;
दलदलमा भरिएकाे खबर देख्दा हरे ! रून्छु म !

मुक्तकमाला ३२. - 2017-10-19

देश हाम्रो बिग्रि सक्यो नेता ईमानदार नभएर
भष्ट बढे धेरै कार्य कर्ता ईमानदार नभएर
जहाँ गए पनि भनसुन पैसाको मात्र खेल हुने
काम कर्तव्यनिष्ठा कर्मचारी ईमान्दार नभएर

मुक्तकमाला ३३. - 2017-10-19

नजानेर हो या जानीजानी चल्दैन 
गाउँ घरमा मात्र या राजधानी चल्दैन
तल्लो जातीले घर बनाउछ बस्न सक्छौ 
किन त्यहीँ मान्छेको हातको पानी चल्दैन

1 2 3 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247172 Times Visited.

Powered by: Exclusively Solution
Top
Content