कविता - गद्य कविता



गद्य कविता : हरियो पासपोर्ट

मेरो आँगनमा उभिएको गोब्रे सल्लाको बोट
कहिल्यै सुक्दैन,
बरू ऊ नियालिरहन्छ मान्छेको हरेक नियति
जहिल्यै हरियो बनेर प्रोथाउँछ,
बाबा त्यही प्रोथो हेरेर
हातमा हरियो पासपोर्ट बोकेर विदेशिएको छोरालाई सम्झिन्छन्

ऊ सानो छदा त्यही प्रोथासँग लुकामारी खेल्थ्यो 

त्यही अल्झिएको छ छोराको स्मृति 

आमा खन्याउँथिइन् मातृवासल्य 

उनका सपनाहरू छरिएका छन् 

त्यही हरियो पासपोर्टसँग ,


छोराको जवनी पोखिएको छ 

उसकी श्रीमतीको जवानी चाहना 

त्यहीनेर पोखिएको छ 

उसको नौंगेडी र तिलहरी लाउने सपना 

भर्खरै जन्मेकी छोरी फूलमायालाई

डाँडामाथिका जून जस्ता 

बुढा बाबाआमाको काखमा छोडेर हिडेको छ


भोलि धरतीमा खस्ने घामहरू

सुनौला बनाउने आशमा 

आमाका चाउरिएर पलेटी परेका ओठमा

अलिकति मुस्कान उमार्न 

बाबाका खिइएका काँधमा टेको दिन हिडेको छ!


हरियो पासपोर्टभरी

जिन्दगीका हरिया सपनाहरू छरिएका छन्

भर्खरै प्रोथाएकी फूलमायाको आङ्गमा 

नयाँ नाना हालिदिन उसको बाबु विदेशिएको छ

सबैका रङ्गीन सपनाहरू 

उसँगै हिडेका छन् ,

उसँगै टाँसिएका छन् !


थाहा छैन 

ती सपनाहरू उसँगै रातो बाकसमा 

कैद बनेर आउने हुन?

जिन्दगीसँगै सुख्खा त्यही सड्ने हुन

या साँच्चै रङ्गीन बनेर घरभित्र भित्रीने हुन?

नियालिरहेछ आँगनमा उभिएको गोब्रे सल्लोको बोट!२०७४ साउन २० शुक्रबार


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गद्य कविता : ढाली किङ् - 2018-01-20

एउटै कुवाको पानी खाएका हामी
त्यतिबेला विभक्त हुन्थ्यौँ
जतिबेला
एकथरी ढाल्न खोज्थ्यो
अर्काथरी ठड्याउन खोज्थ्यो- दरबार
यो उहिलेको कुरा हो-
हामी सानैमा 'ढाली किङ्' खेल्थ्यौं ।

गद्य कविता : जाडोमा - 2018-01-19

चिल्थरो कपडामा बेरिएर
अभाबको बिस्कुन कुरिरहेको मन
जल्दा जल्दै आगोको फिलिँगो बनेको छ
घुम्लुँग हुस्सुको बाक्लो पर्दा ओडेको घाम भने
हिउँका थोपा थोपा बनेर
डस्न खोजिरहेछ मान्छेको मुटुलाई

गद्य कविता : बदला - 2018-01-19

जीवनसङ्ग
एक सास जिन्दगी मागेको थिएँ
ऊ मेरो मुटुमा
ईश्वरीको वरदानझैँ
तथास्तु भएर झुल्केघाम भई ।

गद्य कविता : हरियो पासपोर्ट - 2018-01-10

मेरो आँगनमा उभिएको गोब्रे सल्लाको बोट
कहिल्यै सुक्दैन,
बरू ऊ नियालिरहन्छ मान्छेको हरेक नियति
जहिल्यै हरियो बनेर प्रोथाउँछ,
बाबा त्यही प्रोथो हेरेर
हातमा हरियो पासपोर्ट बोकेर विदेशिएको छोरालाई सम्झिन्छन्

कविता : तिमी - 2018-01-08

थोत्रो टिनको बट्टामा
हाम्रो जीवन थापी हिंड्ने तिमी
पाप्रा पाप्रामा रंग टुक्रिएको
थाङने झोलामा
हाम्रो जीवन बोकि हिंड्ने तिमी ।

गद्य कविता : खोला - 2018-01-07

खोला सधैँ उँधैउँधो
खोला सधैँ फालैफाल
कति कति तरेर गए जानेहरु
कति कति तारेर लगे लानेहरुले

कविता : मेराे देश - 2018-01-04

डाँडा काँडा हरियाली
पाखा अनि पखेराहरुमा,
छङ्छङ् गर्दै बग्ने
नदि अनि झरनका
गुञ्जमान ध्वनिहरुमा
सुनौला हिमालमा देखिएका

गद्य कविता : परस्पर - 2018-01-01

प्रिय !
तिमी मेरी
प्रकाश ,खुशि ,बहाव अनि
धडकनको मूर्तरुप भनी
गर्वित बयान भएर
बरबराई रहन्छ म भित्र प्रिति ,

कविता : सुन्यता - 2017-12-29

जब जब
त्यो सिंहदरवार ढोकामा
नियाल्ने गर्छु
मेरा सेता कपाल
चिच्याउदै भन्ने गर्छ
ए मेरो मान्छे !
न हेर्नू त्यहाँ त्यसरी !

गद्य कविता : एकलव्य - 2017-12-29

जबसम्म सक्षमहरु
समानताको हक दिलाउन छोडेर
समानता स्थापित गर्न छोडेर
धर्मको विपरित हुन्छ भन्ने भयले
अपराधको दाग लाग्छ भनी

गद्य कविता : हो म खाते हुँ, खाते - 2017-12-29

मेरो खान्दान् के थियो र कस्तो थियो
थाहा छैन मलाई,
जन्मेर हिड्न थालेको र संम्झनामा
आउन थाले पछि मलाई यति थाहा छ
मेरो बास वाग्मती खोलाको तीरमा
1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
245368 Times Visited.

Powered by: Exclusively Solution
Top
Content