गजल - स्वतन्त्र गजल



गजल : प्रेम मगर

हेरेर बलेको त्यो दियो आफै बुझ्नुस
जीवन कसरी सकियो आफै बुझ्नुस

बाजेले परिवर्तन ल्याएका हुन यसरी 

फलाम छुरामा बदलियो आफै बुझ्नुस


जीवनमा परिपूरक सम्बन्ध त त्यो हो 

उदाहरणछ धागो सियो आफै बुझ्नुस


आमाको बिरामी मन बोकेर प्रदेशिदा

बालाई बन्धकी राखियो आफै बुझ्नुस


के कारण मगर प्रेम आज पत्थर भयो

हिजो निकै कोमल थियो आफै बुझ्नुस


प्रेम मगर 

बागलुङ, नेपाल 


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : प्रेम मगर - 2018-01-24

हेरेर बलेको त्यो दियो आफै बुझ्नुस
जीवन कसरी सकियो आफै बुझ्नुस

गजल : प्रकाश मगर बियोगी - 2018-01-23

आफ्नो भाग्य`को तक्दिर आफैँ लेख्न सकिन्छ यो ज्योतिषीले पनि बडो अचम्मको भनी दिन्छ

गजल : विशाल अधिकारी - 2018-01-22

पालै पालको टहरो छ, र त नेपाल भएको छ ।
सँस्कृती र सुशासनको अनिकाल भएको छ ।

गजल : बिकास रेग्मी - 2018-01-22

भक्ति र बलभद्रको जमाना हरायो
यो देशबाट फेरी सिमाना हरायो ।

गजल : लालकाजि श्रेष्ठ - 2018-01-21

छ कुन जलको थोपा प्रहरभर सुहाको ?
गजब लाग्छ दम्भ कठै ! कर्कलाको

गजल : राजबाबु श्रेष्ठ सागर - 2018-01-21

यति खेर भने म आफ्नै भरोसाको सासको दौड्मा छु ।
देशको एक सुन्दर सपना बोकी खासको दौड्मा छु ।।

गजल : अम्बिका कार्की अमु - 2018-01-20

हेरी राख एकदिन पहेंलो रंङ्गको खुन हुन्छ ।
धातु मानिएको त्यही फलाम नम्बरी सुन हुन्छ ।
हजारौं ताना बोकेर चेली माइती परदेशिए ।
सबै छट्पटिदै छन् मुस्कुराउने मात्र जून हुन्छ ।

गजल : नारायण राज चौलागाई (काईलो) - 2018-01-18

किन्दा त्यो ठूलो शहर कति पर्छ बा ?
इँटाले बनेको घर कति पर्छ बा ?
दाल चामल किन्दा त खल्ती रित्तियो
अाधा किलो टमाटर कति पर्छ बा ?

गजल : महेन्द्र चापागाईं - 2018-01-08

बिना अर्थ नामी, बनायो कसैले
थिए क्यै रहर ती, तुहायो कसैले
म तिम्रै हुने हो, भन्यो फेरि आफै
हियामा भरोसा, दिलायो कसैले

गजल : भवानी तिमल्सिना न्यौपाने - 2018-01-04

हुन्न मिलन खुशी र म दुई किनार भएपछि
कसरी बाँच्नु खै ज्यानै लिने प्यार भएपछि
जोगाई राख्न सकिन यो मुटु पनि सग्लो मैले
आफन्तका वचनमा नै छुरा झैँ धार भएपछि

गजल : डा.झमक घिमिरे - 2018-01-02

जसको योगदान खोजीरा`छ देशले उही किन बद्नाम भयो, ,
जसले देशको आन्द्राभुडी पल्टाएर खाइरा`छ किन राम भयो?
चेतना हराएका मान्छेहरू पुग्छन् माथि माथि घुम्ने मेचमा,
जाग जाग चेतनशील युवा तिम्रो चेतना किन जाम भयो ?
1 2 3 4 5 6 7 NEXT

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268455 Times Visited.

Powered by: Exclusively Solution
Top
Content