विधा परिचय / पाठशाला - आलेख



आलेख : तकाबुले रदीफ दोष

गजलको मतला बाहेकका अन्य शेरहरूमा मिसरा एउलाको अन्तमा मिसरा एसानीको रदीफ पुरै दोहोरिएमा अथवा अन्तिम अक्षर अनुप्रास मिल्ने भएमा तकाबुले रदिफ दोष हुन जान्छ ।

१. गजलको मतला बाहेकका शेरमा हुने यो दोष पुरै रदिफ नै मिसरा ए उलामा दोहोरिएको अबस्थामा हुन जाने तकाबुले दोष हो । जसलाई  

"लाज्तमा-ए-तकाबुल-ए-रदिफैन " भनिन्छ।


२. मिसरा ए उलाको अन्तिम अक्षर र रदीफको अन्तिम अक्षर दोहोरिन गएमा अथवा उलाको अन्तिम अक्षर को स्वर रदीफको स्वरान्त संग मेल खाएमा हुन जाने तकाबुले दोषलाई 

"लाज्तमा-ए-जुज्ब-ए-रदीफैन" भनिन्छ ।


उदाहरणको लागि लेखिएको तलको गजलमा हेरौं ।


जलेको थियो मन खरानी भएछ

अहो क्या गजबको निशानी भएछ

बुझें प्राण आफ्नो बिरानो भएछ ।

त्यसैले जहर जिन्दगानी भएछ ।


भएछ रदिफ मानिएको यो गजलको दोस्रो शेरको मिसरा एउला र एसानी दुबैमा आएको हुनाले यहाँ तकाबुले रदिफ दोष भएको मानिन्छ जुन दोष लाई लाज्तमा ए तकाबुले ए रदिफैन भनिन्छ ।


रुने गर्छु राती म तारा गनेर ।

यसैमा म रम्दै छु बानी भएछ ।

उसैले अझै चोट मनमा दिँदैछ ।

भुलौं भुल्न गाह्रो कहानी भएछ ।


तेस्रो शेरमा स्वरान्त मेल खाएको कारण र्+अ= र अनि  छ्+ अ= छ  अर्थात यहाँ  अ उच्चारण आउदा दोष भयो भने अन्तिम शेरमा शेरको अन्तिम अक्षर छ दोहोरीएको हुदा यो दोषी मानीएको मानिन्छ र यसै दोषलाई लाज्तमा ए- जुब्ज- ए रदिफैन भनिन्छ ।


याे दाेष मतला बाहेक अरु शेरहरुमा हुने गर्छ, यदी कुनैपनि शेरकाे उलाकाे अन्त्यमा सानिकाे झै रदिफ आएमा वा बर्ण मात्र मिलेमा वा स्वरान्त अन्तिम उच्चारणमा आउने स्वर मिलेमा


याे पहिलाे दाेष १ पुरै रदिफ नै मिसरा ए उलामा दोहोरिएको अबस्थामा हुन जाने तकाबुले दोषलाई 

"लाज्तमा-ए-तकाबुल-ए-रदिफैन " भनिन्छ ।


हिमाल ओली `पृथक मान्छे´

बाँसगढी १ बर्दिया



हिमाल ओली

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

आलेख : तकाबुले रदीफ दोष - 2017-12-24

गजलको मतला बाहेकका अन्य शेरहरूमा मिसरा एउलाको अन्तमा मिसरा एसानीको रदीफ पुरै दोहोरिएमा अथवा अन्तिम अक्षर अनुप्रास मिल्ने भएमा तकाबुले रदिफ दोष हुन जान्छ ।

आलेख: रवि प्राञ्जल - 2017-05-26

कुनै पनि साहित्यिक विधाको आरम्भ सबैभन्दा पहिले गेयात्मक वा पद्यात्मक रचनाबाटै भएको हो। पूर्वीय साहित्यको आदि ग्रन्थ ऋग्वेदका ऋचाहरू हुन् वा होमरका इलियड ओडिसीजस्ता पाश्चात्य प्राचीन ग्रन्थहरू हुन्, ती सबै पद्यमा नै लेखिएका छन्।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329323 Times Visited.

Powered by: Exclusively Solution
Top
Content