बुढ्यौली साहित्य - कविता



बुढ्यौली कविता : ॐ कारमा छौं सब

आयौं जन्म लिएर कर्मभूमिमा रब्धका कर्मले, खेल्यौं नाटक जिन्दगी र यसमै हाँस्यौ रम्यौं मोहले, साँचो ठानी असत्यलाई युगमा बाँची गुमायौं सब, भन्ने ज्ञान भएर बल्ल सहसा अहिले ॐकारमा छौं सब,

२. यात्रा जीवन यो रहेछ यसका यात्री रहेछौं सब 

छोटो भेट हुँदा नि भित्र ममता गाढा हुने वास्तव

नाता कुटुम्ब रै छ मनको आसक्तिको कारण 

ऐले ज्ञान भएर भित्र घटमा ॐकारमा छौं सब


३. बेलैमा नदिएर चिन्न मनले आफ्नो र अर्को कुनै 

शत्रु मित्र बनेछ मित्र त सधैँ टाढा भई पन्छिदै

आदि अन्त्य कतै नदेखि पथको अत्यास लाग्यो जब

ऐले ज्ञान भयो र आखिर महाँ ॐकारमा छौँ सब ।


४. खाई नित्य रमाउँदै विषयको वात्सल्यको अमृत

ठान्यौं त्यो सबले अमूल्य रसिलो सज्जीवनीको रस

त्यै माया रसमा परेर भुलियो गन्तव्य आफ्नो जब

एले ज्ञान भयो र सत्य प्रभुको ॐकारमा छौं सब


५. सोचेनौं कहिल्यै कुनै क्षण यहाँ कस्ले पठायो किन ?

सोचेनौं कहिल्यै कुनै दुःख विपत् पर्ला कि ! जाने दिन !

सोचेनौं कुन हो सधैँभरि हुने अतृप्तिको कारण

ऐले बल्ल सचेत भै मन रम्यो ॐकारमा छौं सब


६. यै हो जीवन जीवको–जगतको सत्कर्मको कारण

यै हो आत्मस्वरूप चेतन सदा आनन्दको कारण

यै हो जन्म र मृत्युदायक अनि यै मोक्षको कारण

सच्चा ज्ञान भएर अन्त्य क्षणमा ॐकारमा छौं सब


विजयराज महरार्ध

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

बुढ्यौली कविता : ॐ कारमा छौं सब - 2017-11-30

आयौं जन्म लिएर कर्मभूमिमा रब्धका कर्मले, खेल्यौं नाटक जिन्दगी र यसमै हाँस्यौ रम्यौं मोहले, साँचो ठानी असत्यलाई युगमा बाँची गुमायौं सब, भन्ने ज्ञान भएर बल्ल सहसा अहिले ॐकारमा छौं सब,

बुढ्यौली कविता : आज मलाई याद आयो - 2017-10-14

हो,
आज मलाई याद आयो,
मेरो बाउले भनेको कुरा,
ए माइला   .........!

बुढ्यौली कविता : हिड्ने बाटो एकै हो - 2017-10-11

बूढ़ा बूढ़ी सगै बसे पक्का हुन्न हानि
तिमी आगो बन्यौ भने बनौला म पानी
सानो संसार आफ्नै छ भन्ने तिम्ले जानी
हाँसी खुशी बोल्ने गर बनी तिमी ज्ञानी

बुढ्यौली कविता : झुक्किएको जवानी - 2017-10-11

हिजो म चिटिक्क चिटिक्कै परेर
लिपिस्टिक र पाउडर भसक्कै घसेर,
हिड्दा सडकमा नजर केही लडेथे,
रङ्गीन पुतली मनमा उडेथे ।

कविता : वैराग्य र धुन - 2017-09-24

उमेर हराएकाे
सर्गम बिराएकाे
उनकाे अाँखामा
उकुसकाे जलन थ्याे
न पुत्र थे, न सति ! 
न पुत्री थिन, न पति !!

बुढ्यौली कविता : उत्तरार्ध यौवन - 2017-09-20

ध्यान दिएर सुन मेरा उस जमानाका कुरा
अनि बल्ल तिमिले यस जमानाका कुरा बुझ्नेछौं
नियालेर हेर मेरो चाउरिएको गालालाई
यसमा तिमिले मेरा सन्तानका स्याउ जस्ता गाला देख्नेछौं ।

कविता : धर्म र धराे - 2017-09-17

सिरानमा तकिया 
अाेछ्यानमा तन्ना
अनि सिरक थे सुतेका,
सुत्नु थ्याे, सुतिदिएका थे
पल्टिनु थ्याे रमाइरमाइ ।
मेराे धराे थ्याे त्यहाँ
धर्म रहन्थ्याे त्यहाँ

बुढ्यौली कविता : प्रोफेसरी बेकार लाग्यो - 2017-09-16

एउटा गुण्डा टाइपको
आफ्नो बिद्यार्थी संगै एकछिन शहर डुले पछि, 
शहरमा उसको मान, सम्मान, धाक र रवाफ देखेपछि 
मलाइ मेरो यो प्रोफेसरी बेकार लाग्यो 

बुढ्यौली कविता : कर्तव्य - 2017-09-14

बूढाबूढी जीवनका मुहान, यी ज्ञानका खानी भनेर जान
गाऊ उनैको जति गुण गान, तिम्रो त्यतिनै बढी राख्छ मान

दया उनैको तिमी हुर्किएको, माया उनैको तिमी फुर्किएको
उनले सिकाए तिमीलाई हिड्न, उनले पठाए तिमीलाई पढ्न

बुढ्यौली कविता : बुढ्याैली र दाउरा - 2017-09-14

उकालाे थ्याे
अाेरालाे थ्याे
भारी पनि थ्याे
अनि भरिया थ्याे ।
दुवै सुबेका, दुवै चाउरिएका
ती दाउरा थे तथापि बुढ्याैली ।

बुढ्यौली कविता : मेरी आमा / चट्याङमास्टर - 2017-09-10

यता ठेस लाग्दा उता आमा दुख्थ्यो
मलाई दुखेन भनी ढाँट्नुपथ्र्यो
बसाएर काखमा मुसार्दै दुख्या ठाउँ
त्यो गालि आमाको अब लौ कहाँ पाउँ ?

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327337 Times Visited.

Powered by: Exclusively Solution
Top
Content