+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


कथा
सूत्रकथा


सूत्रकथा : कुमार काफ्लेका पाँच सुत्रकथा

सिरक :
शिशिरको ठण्डी रात ! गरीबीको कारण पुरानै पातलो सिरकले काम चलाउने सल्लाह भयो । हिउँ पर्यो, जाडो अचाक्ली बढ्यो । जाडो ढाक्न उनीहरूले त्यही पुरानो सिरक तानातान गरे । च्यातियो ।

जाडो :


कठ्याङ्ग्रिदो जाडोले उसको निद्रा परेको थिएन ।

लुगलुग काम्दै ऊ पातलो बर्को ओढेर न्यानो हुने प्रयास गर्दै थियोे ।

यताउता फर्कदाँफर्कदैं बिहान भयो ।

महङ्गी :


पैसा बोकेर ऊ सिरक किन्न बजार गयो ।

महङ्गी यति बढिसकेछ कि उसँग भएको पैसाले सिरक त के खोल पनि नआउने रहेछ ।

त्यसपछि ऊ रक्सी धोकेर साँझमा घर फर्क्यो ।

तातोको मूल्य :


उसले बूढापाकाले भनेको सम्झ्यो - "जाडो भगाउन रूई , दुई र फुई चाहिन्छ ।"

रूई किन्न पैसा पुगेन , दुईको लागि उसको जोडी थिएन । त्यसैले दिनभर झिक्राझाक्री दाउरा र घसमल जोरजाम गर्यो ।

रात परेपछि जाडो छिप्पिदैं गयो । उसले फुई जोर्यो र त्यसैको तातोमा सेकिएर कैयौं दिनदेखि नपुगेको निद्रा निदायो ।

केहीबेरपछाडि त्यहाँ हल्लीखल्ली भयो र ऊ बिउँझियो । 

उसको झुपडीमा आगो दन्किरहेको थियोे ।

पुसको रात :


गाउँलेहरू कसैले के त कसैले के दिएर उसलाई विपतमा सहयोग गरे ।

जाडो घटेकै थिएन र त त्यो सहयोगमा न्याना ओढ्ने , ओछ्याउने छुटेका थिए ।

उसलाई फेरि आगलागीकै डर लाग्यनो ।

किनभने यो पुसको रात थियोे र जाडो अझै बढ्दै थियोे ।


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

सूत्रकथा : कुमार काफ्लेका पाँच सुत्रकथा - 2017-12-17

सिरक :
शिशिरको ठण्डी रात ! गरीबीको कारण पुरानै पातलो सिरकले काम चलाउने सल्लाह भयो । हिउँ पर्यो, जाडो अचाक्ली बढ्यो । जाडो ढाक्न उनीहरूले त्यही पुरानो सिरक तानातान गरे । च्यातियो ।

सूत्रकथा : संकटमा समय, निर्णय, ऊ र म - 2017-08-31

सूत्रकथा : संकटमा समय
उसले निर्लज्जतालाई साक्षी राख्दै भन्यो – म संकटमा छु ।
आश्चर्यले मुस्कानलाई भन्न लगायो –समय के तिमी संकटमा छौ ?
समयले हिच्किचाहटलाई धकेल्दै भन्यो – हो म युगौंदेखि संकटको कगारोबाट घर्सिंदैछु; र दूत भएर जिउंदै छु !
पूर्णताले समयलाई झकझकाउँदै भन्यो – तिमी त मेरो मीत है ! तिमी पनि त आफैँमा पूर्ण हुनु पर्ने ! परिपक्व हुनु पर्ने !
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top