लोक साहित्य - लोककथा



लोककथा : सुनको वर्षा

विक्रमाजीत नाम गरेको एक जना राजा थिए । उनी बढी न्यायी थिए । उनको न्यायको प्रशंसा धेरै टाढा टाढा सम्म फैलीएको थियो । एक दिन देउताहरुका राजा इन्द्रले विक्रमाजीतको परिक्षा लिन चाहे । किनकी उनलाई डर थियो कि कहीँ आफ्नो न्याय प्रियताका कारण राजा विक्रमाजीत उनको पदमा नआउन, यसको लागी उनले मानिसको काटिएको तीन वटा टाउको पठाए र भने कि राजाले यस्को मूल्य बताउन सके भने उनको राज्यको हरेक ठाउँमा सुनको वर्षा हुनेछ, यदि बताउन सकेन्न भने आगोको वर्षा हुनेछ र राज्यमा प्रजाहरुको एक दमै दुखदायी मृत्यु हुनेछ । 
राजाले तीन वटै टाउकोलाई दरवारमा राख्दै दरवारको सबै पंडितहरुलाई भने तपाईहरु यो टाउकोको मूल्य बताउनुहोस् । यसको  ठूलो इनाम दिनेछु तर कसैले पनि त्यस टाउकोको मूल्य बताउन सकेनन्  किनकि तीनै वटा टाउकोहरु हेर्दा यस्तो देखिन्थ्यो सबै मौन थिए । राजदरबारमा मौनता छाएको थियो । सबै एक अर्काको मुख हेरिरहेका थिए । सबैको यस्तो हाल देखेर राजा चिन्तित भए । उनले आफ्नो सबै कार्य सम्हाल्ने पुरोहित पंडितलाई बोलाए र भने तपाईलाई तीन दिनको छुट्टी दिइनेछ । यदी तपाईले तीनदिन भित्रमा यो तीन टाउकोहरुको मूल्य बताउन सक्नुभयो भने तपाई मागेजती इनाम र पुरस्कार दिनेछु सक्नु भएन भने फासीको सजाए दिइने छ । दुई दिन सम्म पंडितले खुब सोेचे तर उनी कुनै पनि निर्णयमा पुग्न सकेन । जब तेस्रो दिनको सुरुवात भयो उनी एकदमै चिन्तित भए । उनको भोक प्यास सबै हरायो । चिन्ताले उनी ओढनीले मुख छोपेर सुतिरहे । पंडितको यस्तो हाल देखेर पंडित्नी आएर उनको ओडेको कपडा हटाउँदै भन्न लागिन - किन यसरी सुतिरहनु भएको छ ? उठ्नुस, नुहाएर खाना खानुस्  । त्यस पछि पंडितले त्यो तिन वटै टाँउकाको कहानी पंडित्नीलाई सुनाए । पंडितको त्यो कुराले उनको होस उड्यो । उनी धेरै समस्यामा परिन् । उनी बिलौना गर्न लागिन । हे भगवान ! म अब के गरु ? कहाँ जाऊ ? केहि बुझ्न सकिरहेकी छैन । उसले सोचिन कि भोली सम्म त त्यो तिनवटा टाउकोको मुल्य पता लगाउन असम्भव छ । राजाले त पंडितलाई फासी दिन्छन नै । तब म आफ्नो प्राण अहिले नै किन न त्यागु ? पंडितको मृत्यु आफ्नो आखाँले हेर्नु भन्दा यहि नै राम्रो हुन्छ । यस्तो बिचार गरेर पंडित्नी आधी रातमा शहर भन्दा बाहिर एउटा तलाब भएको ठाँउ तिर गईन । पंडित र पंडित्नीको यस्तो अवस्था देखेर माता पार्वतीले शिव भगवानलाई भनिन् कि आज मेरो भक्तमाथि ठुलो संकट आई परेको छ । केहि गर्नु पर्छ । माता पार्वतीको कुरा सुनेर शंकर भगवानले भने - "यो संसार हो । यहाँ यो सबै भइ नै रहन्छ । तिमी कस्को कस्को चिन्ता गर्छाै । " तर माता पार्वतीले भनिन् - " जिद्धि गरिन् कि केहि न केहि उपाय त गर्नु पर्छ । ठिकै छ तिमी मान्दिनौ भने हिँड । " दुबै जना स्यालको रुप धारण गरेर तलाबको किनारमा पुगें  जहाँ पंडित्नी डुबेर आफ्नो प्राण त्याग्न आएकी थिइन् । जव पंडित्नी पनि तलाउको किनारामा पुगिन तब उसले सुनिन कि तलाउ छेउमा एउटा स्याल पागल जस्तै जोड जोडले हासी रहेको थियो । कहिले हास्थ्यो त कहिले जोड जोडले कराउथ्यो । स्यालको यस्तो अवस्था देखेर स्यालनीले सोधीन :-  "आज तिमी पागल भएछौ कि क्या हो । बिना कारण यसरी किन हासिरहेका छौ ।" स्यालले भन्यो - "ओ हो तिमीलाई थाहा छैन । अब खुब खान पाईन्छ । खुब खाएर मोटो र बलियो बन्नेछौ । "  स्यालनीले भनिन- " तिमी के भनिरहेका छौ ? मैले केही बुझन सकिन" ।  स्यालले भन्यो - "राजा इन्द्रले राजा विक्रमाजीतको राज्यमा तीन वटा मानिसको काटिएको टाउको पठाएका छन् र सर्त राखेका छन कि राजाले त्यसको मोल बताउन सके भने राज्य भरी सुनको वर्षा हुनेछ । अब सुन टाउँकाको मूल्य त कसैले बताउन त सक्दैन् कि आकाशबाट सुन वर्षनको लागी अनि राज्यमा हरेक ठाउँमा आगोको वर्षा हुनेछ । अनि धेरै मानिसहरु मर्ने छन् । अनि हामी उनिहरुको मासु खाएर खुब मोटाउने छौ " यति भनेर स्याल खुब जोड जोडले कराउन थाल्यो स्यालनीले सोधिन- " के तिमीलाई त्यो तीन वटा टाउकाको मूल्य थाहाछ ?" स्यालले भन्यो - "थाहा छ तर बताउदिन किनकी यदि कसैले सुन्यो भने त सबै खेल नै बर्वात हुनेछ ।" स्यालनीले भनिन -"त्यसो भए तिमीलाई केही थाहा छैन । व्यथैमा फूर्ती लगाउँछौ । यति आधी रातमा तिम्रो कुरा सुन्न को आउँछ । कि रहस्य नै खुल्छ ।"  स्याल जगिदै भन्यो - " तिमी त मेरो विश्वास नै गर्दीनौ, ल सुन म तीन वटै टाउकोको मूल्य बताउँछु । त्यो तीनै वटा टाउको मध्य एउटा यस्तो छ कि यदि सुनको सलाईको काटी त्यसको कानमा हालेर चारै तिर हल्लाउदा सलाई मुख बाट निक्लीएन भने त्यसको मूल्य अमूल्य छ । त्यस्तै आर्को दास्रो टाउँकोमा पनि सलाई हालेर चारैतिर हल्लाउदा यदी मुखबाट निस्कीयो भने त्यसको मूल्य दश हजार, र तेस्रोको टाउकोमा पनि सलाई हालेर हल्लाउदा यदी त्यो मुख, नाक,आँखा सबै ठाउँबाट निस्कीयो भने त्यसको मूल्य २ कौडी हो ।"  पण्डित्नीले त्यो सबै सुनिरहेकी थिइन् त्यती सुनेर चुपचाप घर तर्फ फर्किन । पण्डित्नी खुशी हुदै घर पुगिन् । पण्डित अहिले पनि मुख छोपेर पहिला जस्तै चिन्तामा डुबेका थिए । पण्डित्नीले उसलाई उठाउँदै भनिन किन चिन्तामा डुबेर बस्नु हुन्छ । उठ्न ुहोस् नुहाउनु होस् अनि खाना खानुहोस् । म बताउनेछु तीनै वटै टाउकाको मूल्य जव विहानै भयो पण्डितलाई लिन सिपाही आइसकेका थिए । पण्डितले फूर्तीका साथ भने बिहान हुन पाएका छैन लिन आइसक्यो जाउ राजा साहेवलाई भनिदेउ कि नुहाएर पूजापाठ गरेर खाएर मात्र आउँछु म भनेर। सिपाहीहरु फर्किए । पण्डितले फूर्तीका साथ भने बिहान हुन पाएका छैन लिन आइसक्यो जाउ राजा साहेवलाई भनिदेउ कि नुहाएर पूजापाठ गरेर खाएर मात्र आउँछु म भनेर। सिपाहीहरु फर्किए । पण्डित आरामले नुहाइ धुवाइ गरेर पूजापाठ सके अनि खानपिन गरेर पण्डित्नी संग टाउकाको मूल्य सोधेर राजदरवार तर्फ लागे । पण्डित पुग्ने बितिकै भने राजन मगाउनु होस् त्यो तीन वटै काटिएको टाउको कहाँ छ ? राजाले तीन वटै टाउँको ल्याएर पण्डितलाई दिए पण्डितले त्यसलाई चारैतिर बाट ओल्टाइ पल्टाइ हेरे अनि फेरी भने एउटा सुनको सलाई मगाउनुहोस् । सलाई पनि ल्याइदिए । पण्डितले एउटा टाउँको उठाएर त्यसको कानबाट सलाईको काँटी छिराएर चारैतिर हल्लाए तर बहिबाट निस्कीएन पण्डितले भन्न लाग्यो कि यो मान्छे एकदमै गम्भीर छ यसको मनको कुरा बुझन एकदमै मुस्कील छ यस्को मूल्य अमूल्य छ । फेरी आर्को टाउँकोमा पनि त्यस्तै गरे सलाई त्यसको मुखबाट निस्कीयो पण्डित भन्न थाल्यो यस्को कान अलि कच्चा छ जे कुरा कान बाट सुन्छ त्यो मुखले भनिदिन्छ । यसको मूल्य दश हजार हो । पण्डितले फेरी अर्को टाउँकोलाई पनि त्यसैगरी सलाई हालेर चारैतिर हल्लाए त्यसको मुख, नाक र आँखा सबै ठाउँबाट निस्कीयो पण्डितले मुख बनाउँदै भन्यो हेर्नुस् महाराज यो मान्छे कुनै कामको छैन यो कुनै पनि रहस्यलाइ लुकाउन सक्दैन लेख्नुहोस् महाराज यसको मूल्य दुइ कौडी हो । यस्तो मान्छेको मूल्य त दूइ कौडी पनि धेरै भयो । पण्डितको उत्तरले राजा प्रसन्न भए उनले पण्डितलाई धेरै धन र ईनाम दिए र विदा गरे । यता राजाले तीनै वटा टाउकाको मूल्य लेखेर राजा इन्द्रलाई पठाए इन्द्र पनि प्रशन्न भएर राज्यको सबै ठाउँमा सुनको वर्षा भयो प्रजा खुशी भए ।


सन्ध्या पौडेल

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लोककथा : सुनको वर्षा - 2017-10-18

विक्रमाजीत नाम गरेको एक जना राजा थिए । उनी बढी न्यायी थिए । उनको न्यायको प्रशंसा धेरै टाढा टाढा सम्म फैलीएको थियो । एक दिन देउताहरुका राजा इन्द्रले विक्रमाजीतको परिक्षा लिन चाहे । किनकी उनलाई डर थियो कि कहीँ आफ्नो न्याय प्रियताका कारण राजा विक्रमाजीत उनको पदमा नआउन, यसको लागी उनले मानिसको काटिएको तीन वटा टाउको पठाए र भने कि राजाले यस्को मूल्य बताउन सके भने उनको राज्यको हरेक ठाउँमा सुनको वर्षा हुनेछ, यदि बताउन सकेन्न भने आगोको वर्षा हुनेछ र राज्यमा प्रजाहरुको एक दमै दुखदायी मृत्यु हुनेछ । 
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327338 Times Visited.

Powered by: Exclusively Solution
Top
Content