साहित्यिक गतिविधि - साहित्य समाचार



सङ्गमको नियमित सन्ध्या सम्पन्न

मकवानपुरे साहित्यिको अग्रणी संस्था साहित्य सङ्गम मकवानपुरको २७९ औं नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ ।

सङ्गमको आफ्नै प्रेक्ष्यालयमा भएको कार्यक्रममा कवि नेत्रप्रसाद चौलागाईंका ३ वटा कविता वाचन गरिएको थियो । उनका कविता माथि सङ्गमका निर्वतमान अध्यक्ष सुवास खनालले टिप्पणी गरेका थिए । यसैगरी कार्यक्रममा अतिथि साहित्यकार गणेशकुमार पौडेल, तुलसी घिमिरे, चिरञ्जीवी लामिछाने, अप्सरा तिम्सिना, मुक्ति गोविन्द बैद्यलगायतले मन्तव्यसहित रचना वाचन गरेका थिए ।

सङ्गमका उपाध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कञ्चन न्यौपाने, राजकुमार लामिछाने, विश्वनाथ सञ्जेल, आदित्य राज, छवि अनित्य, पूर्णकला घिमिरे, मनोज ढकाल, बगेकी गंगाले रचना वाचन गरेका थिए ।



धुर्व अधिकारी

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

सङ्गमको नियमित सन्ध्या सम्पन्न - 2018-02-24

मकवानपुरे साहित्यिको अग्रणी संस्था साहित्य सङ्गम मकवानपुरको २७९ औं नियमित साहित्य सन्ध्या शनिबार सम्पन्न भएको छ ।

मकवानपुरमा श्यामप्रसाद स्मृति प्रतिष्ठान स्थापना गरीने - 2018-02-23

नेपाली प्रगतिशील साहित्यका हस्ती श्याम प्रसाद शर्माको स्मृतिमा एक भेलाले आज श्यामप्रसाद स्मृति प्रतिष्ठान, मकवानपुर, प्रदेश नं. ३, नेपाल स्थापना गर्ने निर्णय गरेको छ ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327376 Times Visited.

Powered by: Exclusively Solution
Top
Content