+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


बाल साहित्य
बालकथा


आज मेरो कथा सुनाउने पालो


प्रकाश, राधिका, दीपक, राम, दीपा र सीता छिमेकी हुन् । उनीहरु एउटै बिद्यालयको कक्षा ५ मा पढ्छन् । उनीहरुको बिद्यालय घरदेखि तेर्सै दश मिनेटको बाटोमा पर्छ । उनीहरु घरबाट बिद्यालय जाँदा सँगै जान्छन् । बिद्यालयबाट घर फर्कँदा पनि सँगै फर्कछन् ।

बिद्यालय जाँदा घर फर्कँदा पढाइ, खेलकुद र घर व्यवहारका कुरा गर्छन् । प्रत्येक शनिबार दुई बजे पछि डाँडाको चौतारीमा भेला हुन्छन् । कहिले स्थानीय खेलहरु मिलेर खेल्छन् । कहिले कथा कविता चुट्किला पालैपालो सुन्छन् र सुनाउँछन् । 

आज शनिबारको दिन । सबैले नुहाइधुवाइ गरे । घरको काम सघाए । खाजा खाएर चौतारीमा जम्मा भए ।

‘राधिकाले भनिन्, ‘आज मेरो कथा सुनाउने पालो ।’

सबैले सहमति जनाए र कथा सुन्न तयार भए ।

राधिकाले भनिन् ‘यो कथा मलाई मेरो हजुरबाले हिजो बेलुका सुनाउनु भएको हो । कथाको शिर्षक छ दलानमा गौंथलीले गँुड किन बनाउँछ ?’

धेरै पहिलेको कुरा हो । जङ्गलको नजिकै एउटा घर थियो । त्यस घरमा चरुमती नाम गरेकी नौ बर्षकी केटी, हजुरबा र हजुरआमासँग बस्थिन् । हजुरबा र हजुरआमा बृद्ध भैसकेका थिए । चरुमतीको बुबा आमा उनी तीन बर्षको हुँदै बर्षाको भेलमा परी परलोक हुनुभएको थियो । हजुरबा र हजुरआमाले धेरै माया गरेर चरुमतीलाई हुर्काउनुभयो ।

चरुमती स्वर्गकी अप्सरा जस्तै अति राम्री थिइन् । उनी चराचुरुङ्गी अति मन पराउँथिन् । चराचुरुङ्गीको भाषा बुझ्ने उनको अचम्मको गुण थियो । उनी चराचुरुङ्गीसँगै खेल्थिन् । दुःखसुख बाँड्थिन् ।

चरुमतीको घर नजिकै एउटा लाकुरीको रुख थियो । त्यस रुखमा झिँजामिजाको गुँड बनाएर एक जोडी गौंथली बस्थे । तिनै गौंथलीलीको भालेपोथी उनको सबै भन्दा नजिकका साथी थिए ।

हिउँदको जाडो सकिएको थियो । गर्मी शुरु भैसकेको थियो । चरुमतीको हजुरबा र हजुरआमा निकै बिरामी पर्नु भयो । पाँच दिन भइसक्यो ठीक भएन । झन्झन् गाह्रो हुँदै गयो । चरुमती आत्तिएर रुन कराउन थालिन् । उनी रोएको सुनेर गौंथलीका भालेपोथी नजिकै आए । ‘किन रोएको तिमीलाई के भयो ?’ भनेर सोधे ।

‘मेरो हजुरबा र हजुरआमा निकै बिरामी हुनुहुन्छ । पाँच दिन भैसक्यो झन्झन् साह्रो भए जस्तो छ । कृपया हजुरबा हजुरआमालाई बचाउन सहयोग गरन । नत्र म बर्बाद हुनेछु ।’ 

गौंथलीका भालेपोथी दुबै घरको ढोकामाआएर चिहाई चिहाई बुढाबुढीलाई हेरे अनि उडेर गए । 

एक घण्टाको बीचमा दुई पटक चुच्चामा च्यापेर जडीबुटी ल्याएर चरुमतीलाई दिए ।

चरुमतीले त्यस जडीबुटीलाई झोल बनाएर खुवाइन् । दुई तीन दिनसम्म गौंथलीले औषधि ल्याइदिए । त्यो औषधि खाएर हजुरबा हजुरआमाको रोग निको भयो । चरुमती गौंथलीदेखि निकै खुशी भइन् र धेरै धन्यवाद दिइन् । गाँैथलीले ल्याएको औषधि खाएर रोग निको भएको कुरा हजुरबा र हजुरआमालाई पनि सुनाइन् । हजुरबा र हजुरआमा पनि गौंथलीदेखि निकै खुशी हुनुभयो र धेरै आशीर्वाद दिनुभयो ।

जेठ महिना थियो । एक दिन साँझपख एक्कासी कालोनीलो भएर बादल उठ्यो । बेस्करी हुरी बतास चल्न थाल्यो । रुखका हाँगा भाँचिए । घरका छानाहरु उडायो ।

केही बेरपछि हुरी बतास रोकियो । गाँंैथलीहरु रुखको वरिपरि घुम्न थाले । गुँडमा दुईवटा बचेरा थिए । दुवै बचेरासहित गँुड उडाएको थियो । गौँथली टाढा टाढासम्म पुगे बचेरा खोजे । कही पाउन सकेनन् । दुवै गौँथली चरुमतीको आँगनको डिलमा बसेर बिलौना गरीगरी रुन थाले । चरुमतीलाई गौंथली प्रति दया लाग्यो । चरुमतीले गौंथलीलाई सम्झाइ बुझाइ गरिन् । हेर दैवको खेल यस्तै हुन्छ । पीर नगर । म तिमीहरुलाई सहयोग गर्छु भन्दै एउटा पेरुङ्गोमा घुस्यान राखिन् । बिरालो मलसाँप्रोलोले नभेट्ने गरी पेरुङ्गोलाई दलानमा झुन्ड्याइन् ।  

‘आज तिमीहरु हाम्रो पाहुना भयौ, ल यो चारा खाऊ’ भनेर चामल दिइन् । बस्ने ठाउँ देखाइन् । गाँंैथलीहरु पेरुङ्गोमा बसेर रात बिताए । 

भोलिपल्ट चरुमतीले गौंथलीलाई त्यही दलानमा घर बनाउने सल्लाह दिइन् । माटो मुछेर सहयोग गरिन् । गौंथलीले चुच्चोमा माटो लाँदै दलानको एक ठाउँमा थोपर्दै गर्न थाले । तिन दिनमै आफुले चाहे जस्तो घर बनाए र बस्न थाले । चरुमतीदेखि गौंथलीहरु धेरै खुशी भए । चरुमतीको सहयोगको प्रशंंसा गरे । चरुमतीको नाम अमर रहोस् भनेर आशीर्वाद दिए । त्यस बेलादेखि अहिलेसम्म गौँथलीले मानिसको घरको दलानमा गुँड बनाएर बस्दै आए । 

सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बैकुण्ठ जाला भन्ने बेलामा खरखर्ती आइजाला ।

राधिकाले कथा शुरु गरेदेखि अन्त्य गर्ने बेलासम्म सबैले रमाइलो मान्दै ध्यान दिएर सुने ।

अन्तमा रमाइलो कथा सुनाएकोमा राधिकालाई धन्यवाद दिए । 

अर्को शनिबार चुट्कीला भन्ने पालो बाँडेर सबै घरतिर लागे ।


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

आज मेरो कथा सुनाउने पालो - 2017-12-06

प्रकाश, राधिका, दीपक, राम, दीपा र सीता छिमेकी हुन् । उनीहरु एउटै बिद्यालयको कक्षा ५ मा पढ्छन् । उनीहरुको बिद्यालय घरदेखि तेर्सै दश मिनेटको बाटोमा पर्छ । उनीहरु घरबाट बिद्यालय जाँदा सँगै जान्छन् । बिद्यालयबाट घर फर्कँदा पनि सँगै फर्कछन् ।

बालकथा : वरको रुख - 2017-10-21

सयौँ बर्ष पहिले देखि नै गाउँको बिचमा एउटा झ्याम्म परेको ठूलो वरको रुख थियो । वरका हाँगाहरु परपर फैलिएका थिए । हाँगाबाट जरा पलाएर गाईका चमर जस्तै भुइँ छोला जसरी झुन्डिरहेका थिए । त्यसै कारण गाउँको नाम बरबट गाउँ भनेर नामाकरण भएको थियो ।  

बालकथा : अाकृतीको बाचा - 2017-10-06

शुक्रबारको दिन स्कुल अाधा बिदा । घरमा केही सामान किन्नुपर्ने भएकोले अामा अस्मिताले स्कुल बिदा भएपछि छोरी अाकृतीलाई सँगै लिएर ग्वालडुब्बा बजार सिटिमा गइन्। किनमेल सकी दुबै जना सिटिमा चढेर घर फर्किन्छन् ।

बाल कथा : साझा संसार - 2017-09-26

सिमा र सुमन दिदी भाइ हुन् । सिमा कक्षा पाँचमा पढ्छिन् सुमन चार कक्षामा । उनीहरुको बिद्यालय घरदेखि अलि टाढा छ । विस्तारै हिँडेर जाँदा करिव बीस मिनेट लाग्छ विद्यालय पुग्न । पाँच मिनेट जङ्गलको बाटो हिड्नु पर्छ । 

बाल कथा : ढिकी र जाँतो - 2017-09-14

घरको बायाँ पट्टि पिंंढीको छेउमा ढिकी लम्पसाार सुतिरहेको थियो । ढिकीको खम्बीमा खङ्ग्रो घोप्ट्यार राखेको थियो । दायाँ पट्टि जाँतो ढसमस्स बसिरहेको थियो । रमलाकी सासु ससुरा विहानको खाना खाएर खेततिर जानुभयो । श्रीमान् रामलाल बजारतिर जानुभयो । छोराछोरी कृष्ण र कृपा स्कुल गए । 

बाल कथा : सुन फल्ने रुख / उद्धवप्रसाद प्याकुरेल - 2017-09-06

आसमान गरिब परिवारमा जन्मिएका थिए । उनले तीन वर्षको उमेरमा आफ्नी जन्म दिने आमा गुमाउनु परेको थियो । बुबाले सानिमा ल्याउनु भयो । उनका बुबा अल्छि थिए । घरमा अन्न हँुदैनथ्यो । बिहान खाए बेलुका के खाऊँ बेलुका खाए बिहान के खाऊँ थियो । मिठो खाने र राम्रो लाउने त सपना मात्र हुन्थ्यो । 

बाल कथा : गोदावरी, मखमली, लालुपाते र कमल / उद्धवप्रसाद प्याकुरेल - 2017-09-01

एकदिन गोदावरी र मखमली आफ्नो बगैंँचाबाट घुम्न निस्किए । घुम्दै जाँदा एउटा ठूलो तलाउको छेउमा पुगे । तलाउ वरिपरिको रमाइलो वातावरण देखेर दुवै निकै आनन्दित् भए । 
गोदावरीको आँखा तलाउको बीचमा फुलेको कमलको फूलमा पर्रयो र मखमलीलाई देखाउँदै भन्यो 
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top