कृति समिक्षा तथा समालोचना - आत्मालाप



कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड

पृष्टभूमि :
कार दुर्घटनामा परि अपाङ्गता ( मेरुदण्ड पक्षघात) भएका व्यक्ति हुनुहुन्छ कृति लेखक बिनोदकुमार श्रेष्ठ । दुर्घटनामा परि आफ्नो मेरुदण्ड भाँचिई (स्पाइनल कर्ड इन्जुरी ) भइ अपाङ्गता भएपछि अपाङ्ग ब्यक्तिलेपनी समाज परिवर्तन गर्नकोलागी सक्रिय सहभागिता जनाउँन सक्दछ भनी उदाहरण बनेका छन ।

एउटा पाठकको हैसियतले उहाँको  कृति आत्मालाप "जीवन एक संघर्ष अनेक मोड" भित्र पस्ने जमर्को गर्दैछु ।

आत्मालाप प्रवेश :

आत्मालाप सङ्ग्रह  "जीवन एक संघर्ष अनेक मोड" मा बाहिरी आवरण सहित ५० पृष्ट  रहेका छन् । यो कृतिको मूल्य रु २५०/- कायम गरिएको छ भने कृतिको मुद्रण क्यानभास प्रेस प्रा.लि.द्वार गरिएको हो । कृतिको आवरण पृष्टमा रहेको चित्रद्वारा पुस्तक भित्र साँच्चै एक अपाङ्ग व्यक्तिको आत्मालाप रहेको अवगत गराउँदछ ।

माधव सयपत्रीले  यो आत्मालापको टिप्पणीमा  लेख्नुभएको छ "अपाङ्ग भएरपनी जीवन भोगाईका कठोर अनुभूति पाठकसामु राख्नसक्नु नै उनको एक हदको सफलता हो । उनले समाज सुधारका केही काममा पनि हात हालेका रहेछन् । यो थाहा पाउँदा मलाई ज्यादै खुसी लागेको छ । यसबाट अरुलेपनी केही सिक्नुपर्छ । अपाङ्गको लागि महत्त्वाकांक्षी एउटा प्रस्ताव पनि राखेका छन् । यसो हुनसक्दा राम्रै देखिन्छ । गर्न नसकिनेपनी होइन । बिनोदले जे भोगे त्यही लेखे । रतिभर नढाँटी लेखे । ढाँटको दुनियाँमा सत्यलेख्ने मान्छे कमै पाइन्छन् ।" साथै यो पुस्तकको सम्पादनसमेत माधव सयत्रीआफैंले गर्नुभएको छ । 

भने पुस्तकको भुमिका श्री गौरीशंकर बहुमुखी क्याम्पसका प्रमुख नीरबहादुर कार्कीले लेख्नुभएको छ । उहाँले भुमिकामा सारा पुस्तको बेदना समेटनु भएको छ । "लेखकले आफ्नो कृतिमा जीवन र मृत्युबीचको विसंगतिको चित्रण गर्दै विकाशको पूर्वाधार अपाङ्गमैत्री बन्न नसकेकोमा असहमती जनाएका छन् । अपाङ्गहरुप्रतिको सरकारी उदानसिनता ,सामाजिक उपेक्षा, उपहास, लान्छना, तिरस्कार र विभेदिकरणप्रति रोष प्रकट गर्दै स्पष्ट सरकारी नीति नभएकोमा विमति प्रकट गरेका छन् । आफू सवारी दुर्घटनामा परी ह्वीलचेयरमा आश्रीत एवम् पराश्रीत जीवन जीउन तथा भावी जीवनसंगिनिको रुपमा प्रेम बन्धनमा बाँधिएकी प्रेमिकासँग टाढिनुपर्दाको अन्तरमनको पीडा र विवशता उल्लेख गर्दै जीवन भोगाइ जस्तै जीवन अनुभुतिको यथा तथ्य सत्यको उदघाटन गर्नु लेखकिय ईमानदार रहेको पाइन्छ।"

आफ्नो सामान्य परिचयबाट शुरु गरिएको आत्मालापमा आफूले अपाङ्ग हुनुपुर्व गरेको कामको अनुभव, बिनागल्ती जेलसजाँईमा बसेको कुरा र एउटि युवतिको मायाजालमा फसेको कुराको बिस्तार भएको छ । जागिरे बन्दाका उतारचढावको उल्लेख गरिएको छ र शुरु भएको जागिर कै क्रममा आफू दुर्घटनामा परि मेरुदण्ड पक्षघात भएर अपाङ्ग भएको कुरा । अपाङ्ग भएपछि भिनिन्न अस्पतालमा उपचार गरेका कुरा, उपचार गर्दा भोग्नुपरेका भोगाईको  कुरा र उपचारकै क्रममा अस्पतालमा भएका खटपटको कुरा बिस्तार गरिएको छ । मेरुदण्ड पुनस्थापना केन्द्रमा बसेको र त्यहाँको बसाईमा एउटिले मनपराएको कुरा समेटिएको छ । आफ्नो उपचारपछी घर फर्कने क्रममा युवतिले उनिप्रती गरेको प्रेम दर्शाइएको छ र लेखक आफू अपाङ्ग भएको हुनाले युवतिलाई साथ दिननसक्ने कुराले तर्साईएको छ । 

गाउँ गएपछि आफूलाई आत्मनिर्भर बनाउने र आफ्नो बाँकी जीवन  सामाजिक क्षेत्रमा  लगाउने अठोट लिएर दृढताका साथ गाउँमा खोलिएको गरिब, पिछडिएको बर्ग, जनजाती महिलाहरुलाई आयआर्जनको लागि पशुपालन तथा ब्यबसाय भन्ने उदेश्यकासाथ खोलिएको सामाजिक संस्थामा आबद्ध भएर संस्थालाई अगाडि बढाउन आफूले चालेको कदमको चर्चा गरिएको छ । व्हिलचियरको यात्राको क्रममा लडेर फेरि पछाडि घाउपछि रामेछाप अस्पतालमा बसेको कुरा, अस्पताल बसाईमा भोगेका भोगाई, त्योबेला मनमा आएको नयाँ सोचका साथ कम्युटर प्रशिक्षण केन्द्र खोलेको कुरा प्रशिक्षण केन्द्र  खोलेपछि भोगेको आर्थिक समस्याको कुरा उल्लेख गरिएको छ । आफूजस्तै अरु साथिहरुपनि अपाङ्ग भएर हेपिएको कुराले उनलाई दुखी बनाएर अपाङ्ग हितकोलागी संगठन खोल्ने र एक करोड मुलधन भएको अक्षयकोषको स्थापना गरि अपाङ्गहरुको हितहुने कार्ययोजनाको प्रस्ताव राखिएको छ । आत्मालापमा आमाले छोरालाई दिने माया र महिलाले पुरुषलाई दिने मायाको भिन्नतालाई खोतलिएको छ, सामाजिक सन्जालमा देखाइने छलकपटलाई खोतलिएको छ । प्रकृतिले पालुवा फेरे झै हो जीवन भनी जीवनको बारेमा केही कुरा दर्साउँदै मानिसको दिमागलाई कम्युटरको हार्डडिक्स र व्यक्तित्वलाई र्याम हो भन्दै पुर्खाको सम्पतिमा आश्रीत हुनु परजीवी हुनु हो मान्छे भएपछि आत्मनिर्भर र स्वाभिमानी बन्नुपर्छ भन्ने कुरालाई जोड दिईएको छ यो कृतिमा । गद्य र पद्य दुबै विधा मिश्रित यो आत्मालापमा लेखक स्वयंले अनुभव गरेका भोगाईलाई जस्ताको तस्तै उतारेका छन् । आफूजस्ता स्पाइनल कर्ड इन्जुरी भएका ब्यक्तिहरुलाई आफ्नो अपाङ्गतामा कत्तिपनी बिचलित नबन्नुहोस । आफ्नो आदर्शलाई नभुल्नु र आफ्नो आदर्शलाई अन्धकारतिर नधकल्नुहोस । आफ्नो सफलताको मार्ग खोज्नुहोस । निराशको भाव मनैदेखि हटाउनुहोस सफलता अवश्य  हातमा आउने छ भनी प्रेरणा दिएकाछन । 

सवल पक्ष :

यो आत्मलापमा माधव सयपत्रीले भने झैं ढाँटको समयमापनि आफ्नो वास्तविक भोगाईलाई नछिपाईकन पाठक सामु पस्कनुलाई लिन सकिन्छ ।

प्रभाव :

यो सङ्ग्रह  पढ्दा मन चसक्क बिझेको छ । लेखकको भोगाई र आफू अपाङ्ग भएरपनी समाज सुधारमा देखाएको सक्रियता र समाजसुधारका सोचले पाठकलाई प्रेरणा दिएको छ । कृति पढदा आँखा नरसाई सुखै पाएनन । यो कृति अपाङ भएका सम्पुर्ण ब्यक्तिहरुलाई अपाङ्गता भएका ब्यक्तिलेपनी समाज सुधारकोलागी केही गर्न सक्दछन भनी प्रेरणा दिन सफल भएको छ ।


कृतिको नाम : "जीवन एक संघर्ष अनेक मोड"

चर्चा : बलराम पौडेल 


बिनोदकुमार श्रेष्ठ

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड - 2018-01-18

पृष्टभूमि :
कार दुर्घटनामा परि अपाङ्गता ( मेरुदण्ड पक्षघात) भएका व्यक्ति हुनुहुन्छ कृति लेखक बिनोदकुमार श्रेष्ठ । दुर्घटनामा परि आफ्नो मेरुदण्ड भाँचिई (स्पाइनल कर्ड इन्जुरी ) भइ अपाङ्गता भएपछि अपाङ्ग ब्यक्तिलेपनी समाज परिवर्तन गर्नकोलागी सक्रिय सहभागिता जनाउँन सक्दछ भनी उदाहरण बनेका छन ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360265 Times Visited.

Powered by: Exclusively Solution
Top
Content