कविता - छन्द कविता



छन्द कविता : जानेछु विद्यालय

खै यस्तो किन भो पवित्र जगमा यो ज्ञान भन्ने चिज
ठूलो यो घरमा छिटो नि यसको रोप्नेछु मैले बिज ।
राम्रो ध्यान गरेर पढ्छ जसले होला नि छिट्टै जय
सानैबाट सधैं म सिक्न कखरा जानेछु विद्यालय ।।

धर्तीकै हर ज्ञानको मुल बुझी लौ पढ्न जाओ सब  

हामीमा झगडा हुँदैन कहिले यो एक बुझ्छौं जब ।

राम्रै ज्ञान लिए त भित्र मनको भाग्नेछ हाम्रो भय 

राम्रो ज्ञान सिकी महान हुन मै जानेछु विद्यालय ।।


विद्यार्थी सबले न टेर्छ गुरु नै टेर्ने न ता बा झनै 

ठूलो मै छु सधैं त सोच्छ कमिलो संसारमा हो म नै ।

कक्षा शान्त भयो भने म सहजै ठानेछु जात्रामय 

साथी भाइ,समाजमा चिनिन मै जानेछु विद्यालय ।।


ध्यानै गर्छ मिली बसेर जसले त्यो सिक्छ पैले यहाँ

साँढेझैं सिङले जुधे सडकमा पाइन्छ ज्ञानै कहाँ ?

कक्षामै सब एकदेखि म छिटो सिक्नेछु मैले सय 

जैले पढ्न र लेख्नखातिर म ता जानेछु विद्यालय ।।


छोडाैं है सबले झिना हर कुरा ठूला बनाऊँ मन 

वाचासाथ सबै पढी अब भनूँ राख्नेछु आफ्नो पन ।

डिग्री क्याम्पसमा नि पढ्छु म भनी गर्नेछु आजै तय 

ठूलै डाक्टर नै म हूँ भनिकनै जानेछु विद्यालय ।।


मान्छे औ पशुमा छ के विविधता आकाश पातालझैं ?

गाऊ भन्छ सधैं वनै डुलिकनै त्यो कोइलीले मझैं ।

पंक्षीझैं नपढे त कामहिन नै बन्नेछ कत्तीपय 

मै बन्नेछु भनेर इन्जिनियरै जानेछु विद्यालय ।।


खायो रे कसरी दिसा खुश भई ? बाँठाे भई कागले

पायो खान बसी,लुकेर वनमा छट्टू भई बागले ।

चुट्ने गर्छ गफै किताब नपढी ती आज खेरै गए 

बन्ने पाइलटै पढेर त भनी जानेछु विद्यालय ।।


आमाझैं ममता दिने चिज छ यो भारी नमानी लिऊँ

तीर्खा मेट्न निरन्तरै गइकनै पीयूष धारा पिऊँ ।

पढ्नेकै घरमा सधैंभर बुझी लक्ष्मी गई बस्छ ए 

सिक्नै बोल्न र खान,बस्न पनि ता जानेछु विद्यालय ।।


आजै यो मनको म धुन्छु मयलै लाएर सेम्पूहरू 

जाडाे नै जति होस् अझै किन नहोस् लाखौं महङ्गो बरू ।

बाआमा अनि दाजुभाइहरुमा जैले म एक्लो भएँ 

भानू बन्न सकूँ भनेर अहिले जानेछु विद्यालय ।।


ज्ञानैको छ कुवा म तान्छु मनले हाँस्दै र रम्दै यही 

ज्ञानै शुद्ध बुझेर आज मनले ठान्दैछु मैले सही ।

पढ्दाको त कतै महत्व नबुझी बानी खराबै सिए 

नानी बन्छु म है भनी नयनको जानेछु विद्यालय ।।


विन्ती गर्छु म एकफेर सबमा शिक्षा दिलाओ भनी 

ज्ञानैको रसले पुरा भरिकनै बन्नेछु ज्ञानी अनि ।

संसारै सब लौ पढे समयमै आफ्नै हुने हो जय 

ज्ञानी झन् र इमानदार हुन नै जानेछु विद्यालय ।।


विधा   : कविता 

शीर्षक : जानेछु विद्यालय 

लेखक : धर्मानन्द भट्ट

छन्द  : शार्दूलविक्रीडित 

ठेगाना  : लेकम गाउँपालिका-२ , दार्चुला 

हाल  : काठमाडाैं 

रचना काल : मिति २०७४/५/२ गते राति १०-२ बजेसम्म ।


धर्मानन्द भट्ट

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

छन्द कविता : जानेछु विद्यालय - 2017-12-14

खै यस्तो किन भो पवित्र जगमा यो ज्ञान भन्ने चिज
ठूलो यो घरमा छिटो नि यसको रोप्नेछु मैले बिज ।
राम्रो ध्यान गरेर पढ्छ जसले होला नि छिट्टै जय
सानैबाट सधैं म सिक्न कखरा जानेछु विद्यालय ।।

छन्द कविता : श्रमको फल - 2017-11-01

पोखेर हेर मसिना पसिना र दाना
उमृन्छ भोलि कलिला सुइरा ससाना
देखिन्छ पर्सि हरिया र घना सभाना
त्याँबाट फल्छ सबमा फल एक माना (१)

छन्द कविता : जीवन पथ - 2017-10-24

जिन्दगी एक यात्रा हो हिंड्नुपर्छ नरोकिई
काँडा छन् पथमा किन्तु बढ्नुपर्छ अघिअघि ।

ईशको पुत्र हुँ भन्ने भावना राख्‍नुपर्दछ 
उदार चित्तको यौटै कामना गर्नुपर्दछ ।

छन्द कविता : महाकाव्य को सपना - 2017-10-18

चहारेर डाला मुना फूल पात !
म लेख्दै छु संसार का व्यर्थ बात !!
कुरा सत्य देख्थें म द्रष्टा भएमा !
महाकाव्य लेख्थें म स्रष्टा भएमा !!

छन्द कविता : कस्ले दया राख्छ र - 2017-10-18

नेपाली भरिया बनेर पसिना खाडीमहाँ झर्दछन् ।
जाँदैछन् कति कोरिया ऋणगरी सन्त्रासमा पर्दछन् ।।
भारीले किचिँदै विहाल छ कतै ठेला घचेडी–कन ।
छाडी गाउँ रमाइलो शहरमा भाँडा धुँदैछन् जन ।।

छन्द कविता : कर्म - 2017-10-16

मौरी फूल चुसी हरेक दिन नै संगाल्छ मीठो मह 
माछाले दिनरात दु:ख नभनी खेल्दै छ पौडी दह । 
चारो टिप्छ चरा उडी पवनमा पाल्नेछु बच्चा भनी 
सानो हुन्छ तथापि बोक्छ कमिलो भारी ठुलो नै अनि ।।

छन्द कविता : जलाएर हेप्छ - 2017-09-17

कतै हुन्छ जम्मा हिरास्वर्ण मोती ।
कतै छैन खाना दुवै छाक रोटी ।।
कुनै सुत्छ ए सी लगाएर राती ।
कुनै सड्छ जाडो हुँदा दुख्छ छाती ।।

छन्द कविता: महाकाव्य को सपना (भुजङ्गप्रयात) / कृष्णशरण उपाध्याय - 2017-05-07

चहारेर डाला मुना फूल पात !
म लेख्दै छु संसार का व्यर्थ बात !!
कुरा सत्य देख्थें म द्रष्टा भएमा !
महाकाव्य लेख्थें म स्रष्टा भएमा !!

छन्द कविता: किसान (वितान छन्द) / शंकर ढकाल - 2017-04-06

जहान प्याराे छ उच्च काेटी,विवस्त्र सानै छ खेतबारी।
सुकार्य गर्दै जुटेर खाने र मेट्छ ऊ अन्नकाे  भकारी।।
हलाे जुवा गाेरु मान्छ अाफ्नाे,जहान बाेकेर पाल्छ भारी।
सदैव लाखौं छ दु:ख पीडा,सहेर ऊ देख्छ फूलबारी।१।

छन्द कविता: नारी (वितान छन्द) / शंकर ढकाल - 2017-04-06

अनाथ सम्पन्न एक देख्छिन्,हिमाल भेट्ने सुकर्म गर्छिन्।
र गर्भ राखी दुसाध्य नारी,असाध्य प्यारा सपूत पाल्छिन्।।
सदैव राख्छिन् हराभरा नै,सुवास राेपेर वारिपारि।
अपार माया दिएर हाँस्ने,पवित्र देवी र सृष्टि नारी।१।

छन्द कविता: म काे हूँ / शंकर ढकाल - 2017-02-18

हिमाल हूँ म विश्वकाे,सदैव हुन्छु सुन्दर ।
सपूत हूँ म रास्ट्रकाे,सहीद बन्छु अम्मर ।।
म स्वर्गकाे नि बास हूँ,सदैव दिन्छु अाश्रम ।
किसान हूँ म देशकै,सदैव गर्छु मै श्रम ।। १ ।।

मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
245383 Times Visited.

Powered by: Exclusively Solution
Top
Content