+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


कविता
पद्य कविता


पद्य कविता : कलिलो विद्रोह !

पड्किन्छ गोला बम त्यो बुडुङ्ग
कालो धुवाँ उड्दछ बुङ्गबुङ्ग ।
उम्रन्छ काँडा तनमा मनैमा
बस्छन् कहाँ ती घर वा वनैमा ? १

देखेर कालो रुप रङ्ग छाँट

उड्दै छ वास्ना पनि फूलबाट 

लुक्छन् दिवामा रवि नै डराई

बन्दै छ टाढा शशि झन् पराइ । २


प्रासाद, झुप्रा घर छन् निशाना 

बाला न बृद्धा सब छन् निशाना ।

छोडेन केही मसजीद घाट

बर्सन्छ बारूद अकासबाट ।। ३


आयो अनेकौँ रुपमा विपत्ति

खोसेर लैजान अनेक दीप्ति ।

आयो कतै त्यो रसिया बनेर

आयो अम्रीका सिरिया बनेर ।। ४


फुल्थ्यो जहाँ फूल त्यहीँ बिगार्यो

मान्छेहरूका सपना लछार्यो ।

के दोष थ्यो खै बिरुवाहरूको

बढ्नै नपाई उखलेर फाल्यो ।। ५


आँखाहरूमा डर बेच्न थाल्यो

दादागिरीको बिष छर्न थाल्यो ।

सन्त्रस्त पार्यो भयभीत सारा

धस्दै छ हाक्कै मुटुभित्र दाह्रा ।। ६


बाला बनीता भयका मुहार

दायाँ र वायाँ अरुका पुकार । 

देख्दैन केही जति आँसु झार

सुन्दैन चित्कार न एक बार ।। ७


के खोस्न खोज्दै छ अझै घुरेर

ढुक्दै छ गौँडा सदियौँ कुरेर ।

भोकै सुतेका कलिला मुहार

देखेर पीडा किन हुन्न प्यार ? ८


भो ब्यूँझ बाला असहाय जो छौ

माटो बनेका कुन ठाउँमा छौ ? 

बेला भयो उठ्न ढिला नगर्नू

द्रोहीहरूका वशमा नपर्नू ।। ९


बेला भयो दुष्ट पछार्नलाई

मार्नेहरू नै अब मार्नलाई । 

आँट्दै नआँटोस् अब फेरि मार्न

त्यो बाध्य होस् मानवता सकार्न ।।१०


नब साहित्य डट ओआरजी



सम्बन्धित थप सामाग्रीहरु

पद्य कविता : कलिलो विद्रोह ! - 2018-03-19

पड्किन्छ गोला बम त्यो बुडुङ्ग
कालो धुवाँ उड्दछ बुङ्गबुङ्ग ।
उम्रन्छ काँडा तनमा मनैमा
बस्छन् कहाँ ती घर वा वनैमा ? १
  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top