कथा - लघुकथा



लघुकथा : छाप

प्रायजसो फौजदारी अभियोग लागेर ल्याइएका थुनुवाको पक्षबाट प्रहरीको बयान विरुद्धमा इन्कारी बयान गराउन पोख्त भएको र सोही कारणले चिनजान बढेको वकिल आफ्नै सम्बन्ध बिच्छेद मुद्दा लिएर आएको देखेर न्यायाधीशले अलि आश्चर्य मानेको लवजमा सोधे -हैन, आज म के देख्तैछु वकिल साहब ?

"मन मिलेन श्रीमान् । सँगै बस्न नसकिने भो त्यसैले अब सम्बन्ध बिच्छेद गरेर आफ्नो-आफ्नो बाटोलाग्ने बिचार गरेर आएको हुँ"-वकिलले सफाइ दियो ।

"कसका कारणले वकिल साहब ?"-न्यायाधीशले अर्को प्रश्न थपे ।

न्यायाधीशको प्रश्न पछि वकिलले पुलुक्क अलिपर बसेकी श्रीमतीतर्फ हेर्‍यो र न्यायाधीशतर्फ फर्किएर भन्यो-"कसका कारणले हुनु र ! श्रीमान् ? अलि ढिलो घर पुगे पनि सफाइ दिनुपर्ने, महिला क्लाइन्ट्को मुद्दा पर्‍यो भनें पनि सफाइनै दिनुपर्ने, छिमेकीका स्वास्नीले नयाँ लुगा लगाएभनें मैले गनगन सुन्नुपर्ने, सधैको गनगन-सधैंको घुर्कीले आजित भएँ श्रीमान् त्यसैले....."-वकिलले लामै गनगन् गर्‍यो ।

"यसमा तपाईंको भनाइ ..."-वकिलकी श्रीमतीलाई बोल्ने मौका दिए न्यायाधीशले ।

"पन्ध्र वर्ष कै उमेरमा मैले घुर्क्याउन पाउँने बाबुआमा, रिसाउन पाउँने घर र साथीसंगी छुटाएर उहाँले ल्याउनु भएको हो हजुर, उहाँबाहेक अब मेरो को छ र ! अर्को रिसाउन घुर्क्याउनलाइ ?"-वकिलकी श्रीमतीले एकै वाक्यमा कुरा टुङ्ग्याइन र आँखा पुछिन ।

"ॐ मम व्रते ते हृदयम् दधामि 

मम चित्तम् अनु चित्तम् ते अस्तु ।

मम वाचमेकमना जुषस्व 

प्रजापतिष्ट्वा नियुनक्तु मह्यम् ।

भनेर पुरोहितले बिबाहमा बेहुलीको हृदय (मुटु) छुन लगाएर बाचा बँधाएको एकपटक सम्झनु होस् त वकिल साहब"-न्यायाधीशले भरसक मिलाउने हेतुले सम्झाउँन खोजे वकिललाइ ।

"म कानुन पढेको मान्छेलाई पुरेतले संस्कृतमा खै ! के के भन्यो के के भन्यो ? श्रीमान् मलाइ त थाहै भएन"-वकिलले इन्कार गर्‍यो ।


जीवन दाहाल

गौरादह-७, झापा ।

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

लघुकथा : प्ले कार्ड - 2018-05-07

हजुर ड्रेस चेन्ज गरिस्योस, म नास्ता लिएर आउँछु । बैठक कोठामा छिर्नासाथ श्रीमतीको आज्ञा । उ खुई खुई गर्दै लुगा नै नफुकाली सोफामा बस्यो र भित्तामा एकतमास हेर्न लाग्यो ।

लघुकथा : छाप - 2018-05-07

प्रायजसो फौजदारी अभियोग लागेर ल्याइएका थुनुवाको पक्षबाट प्रहरीको बयान विरुद्धमा इन्कारी बयान गराउन पोख्त भएको र सोही कारणले चिनजान बढेको वकिल आफ्नै सम्बन्ध बिच्छेद मुद्दा लिएर आएको देखेर न्यायाधीशले अलि आश्चर्य मानेको लवजमा सोधे -हैन, आज म के देख्तैछु वकिल साहब ?

लघुकथा : कुमारी केटी ! - 2018-03-18

राजनितिक, सामाजिक र धार्मिक क्षेत्रमा नाम कमाएको आर्थिक हिसावले पनि समूद्ध मदन बहादुर समाजको अगुवाई हो । हरी बहादुर जस्ता धुर्त र पाखण्डीलाई राम्रो काम गर्न अगुवाई गर्ने मदन बहादुर समाजमा राम्रो काम गर्न चेतना फैलाउने निशकलङकको आदरनिय ब्यक्तित्व थियो ।

लघुकथा: रातकी रानी - 2018-02-24

अफिस सकिएपछिका नयाँ पार्ट्नर दुईजना । आज पनि एउटै टेबलमा आमने सामने छन । भट्टमास र सुकुटीको सितान सहित चुस्की लाउदै गफ चुट्दै छन एक आपसमा । एउटाले मोबाइल देखाउदै बोल्यो -

लघुकथा : मेरी श्रीमती - 2018-02-11

मेरो पुरुष नजरले देखेर बोलेको शब्द वाह् क्या च्वाँक मेरो पसल भन्दा अगाडी, कति राम्री जिउडाल मिलेको कुनै आईडल जस्ती केटी ! मेरो मन,नजरले उनलाई पच्छाई रह्यो । कसको व्यग्र प्रतीक्षामा बसेकी उनी छिन छिनमा मोबाइल निकाल्छिन् र फोन गर्छिन् । मोबाइलको ब्यालेन्स सकियो ।

लघुकथा : कोरा कागज - 2018-01-09

किन र आज पनि तिम्रो बाबा तिमिलाई भेट्न आउनु भएन ! होम वर्क गरिरहेकी निशालाइ हेर्दै मैले सोधेँ । हैन आउनुभएको त थियो तर एकछिनमै उहाँ फर्कनु भयो,।

लघुकथा : हेलाँ - 2018-01-09

राधाआज धेरै नै खुसी भइरहेकी थिइन ता कि छोरो रमेश अमेरिकाबाट बुहारीसंगै घर आउँदै थिए नबदुलहीको मुख त फोटोमा मात्र देखेकी राधाले आमुने सामुने भेटिएकि त थिइनन् । एक्लो छोरो रमेसलाई अमेरिका पठाएर पढाउन रमेशको बुबा हरिले पनि अनेकौ दुख कष्ट गरि जोरजाम गरि पठाइएको थियो ।

लघुकथा : हाँस्न बिर्सिने उमेर - 2018-01-07

नेपाली गुरुले आफ्नै रफ्तारमा कक्षामा पढाएर सक्नु भो । बिभिन्न उदाहरण दिएर, एक पछि अर्को प्रेरणा थप्दै गुरु भन्दै हुनुहुन्थ्यो - तिमी हरुलाई हरेक क्षेत्रमा, हरेक बिधा जस्तै कथा, कबिता, निबन्ध, बाद बिवाद सबैमा काम लाग्छ आजको बिषय ।

लघुकथा : ऋण - 2018-01-03

ए साहिला बुढा, अब माथल्लो तल्ला थपौ है, हामी माथी बसौं र तल पट्टीको सबै फल्याटै भाडामा दिऊँ भन्दै थिई मेरी साहिली बुढी। कहाँबाट पैसो ल्याउ, माथल्लो तल्ला थप्न ? मुखले भन्ने बित्तिकै सजिलो छ र ?

लघुकथा : खाम - 2017-12-28

किन हो किन आज अचानक कमल धेरै नै उदास देखिन्थ्यो । उसले सोच्न त सोचेको थिएन त्यती उर्लिदो छाल आफ्नो जिबनमाथी आइलाग्छ भनेर । स्वीकार्न नचाहाँदा नचाहँदै त्यो फूल स्वीकार्नु पर्यो जुन फूल नै आज उसको लागी अप्रत्याशित भुल भयो । एकछिन त पहिले उ समयको बेगसंगै भुलेर बस्दै थियो ।

लघुकथा : रुख मै घर - 2017-12-28

कुनै जंगलको बिचमा दुइ दम्पति दाउरे र उनको श्रीमती बस्तथे । उनिहरुको न छोरा छोरी न कोहि आफ्न्त नै थिए । उनिहरु जंगलमै सानो कटेरो बनाएर बसेका थिए ।
1 2 3 4 NEXT
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
374976 Times Visited.

Powered by: Exclusively Solution
Top
Content