विधा परिचय / पाठशाला - गजल लेखनविधि



मुक्तक बारे टिप्पणी / रुपेश आचार्य अन्जान

मुक्तक आँफै मा एउटा स्वतन्त्र बिधा हो । नेपाली साहित्य मा हर कसैलाई मन पर्ने या चित्त बुझ्ने विधा को रुप मा मुक्तक लाई लिन सकिन्छ । 
मुक्तक गजल भन्दा फरक त होइन तर गजल विधा मा मुक्तक लाई समावेश गर्न मिल्दैन किन की गजल भनेको रहेक सेर मा छुट्टै भाव बोकेको हुन्छ र मुक्तक ले सुरु देखि अन्य सम्म एउटा कुराको पुस्टि गर्नुपर्छ । मुक्तक चार लाईन मा लेखिन्छ । गजलकार तथा मुक्तककार रुपेश आचार्य अन्जान ले दिनुभएको पछिल्लो  मुक्तक बारे एउटा । टिप्पणी  । 
एक बार को जिन्दगी हो घरीघरी हुँदैन । 
जति सुन्दरी भए पनी अजम्बरी हुँदैन । 
किन गर्छौ  सुन्दरी त्यो रुपको घमण्ड,,
तिम्रो सुन्दर रुप  पनी  सँधै भरी हुँदैन  । 
अब बिस्तार मा । 
मुक्तक को पहिलो लाईन ले एउटा प्रसंग को उठान गर्छ । 

जस्तै :-
एक बार को जिन्दगी हो घरी घरी हुँदैन । (उठान )
दोस्रो लाईन ले माथि को उठान लाई साथ दिन्छ ।
जति सुन्दरी भए पनी अजम्बरी हुँदैन (साथी अर्थात उस्तै)
मुक्तक को तेस्रो हरफ या लाईन यो स्वतन्त्र हुन्छ । 
किन गर्छौ सुन्दरी त्यो तिम्रो रुप को घमण्ड (यस ले भाव घुमाउने या तन्क्याएर निशाना लगाउँने काम गर्छ )
अन्तिम अर्थात् चौथो लाईन । अव पुरै माथि उब्जीएको भाव लाई पुस्टि गर्छ ।
तिम्रो सुन्दर रुप पनी सधैँ भरी हुँदैन । (पुस्टी )
माथि को उदाहरण बाट मुक्तक सम्बन्धी  केही कुरा सिक्न सजिलो हुनेछ ।
अर्को हुनेछ मुक्तक कनै पनी बिसय मा लेख्न सकिन्छ र मुक्तक ले  एउटा सिङ्गो उपन्यास को भाव बोकेको हुनु पर्छ ।


नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

मुक्तक बारे टिप्पणी / रुपेश आचार्य अन्जान - 2017-05-17

मुक्तक आँफै मा एउटा स्वतन्त्र बिधा हो । नेपाली साहित्य मा हर कसैलाई मन पर्ने या चित्त बुझ्ने विधा को रुप मा मुक्तक लाई लिन सकिन्छ । 

गजल लेखनबिधि ( खण्ड ख ) - 2017-02-06

गजल सिद्धान्त र विवेचना
शिखरिणी
शिखरिणी छन्दको सूत्र हुन्छ- यमनसभलगु । यमाता±मातारा±नसल±सलगा±भानस±लगु±गुरु सूत्र हुने १७ अक्षरको शिखरिणी छन्दमा छ अक्षर र बाह्र अक्षरमा विश्राम हुन्छ । शिखरिणी छन्दमा लेखिएका केही सेर : हजारौँ मान्छेको किन सहरमा दुख्छ सपना व्यथाको ज्वालाले किन दिनदिनै सुक्छ सपना - सुरेश सुवेदी

गजल लेखनबिधि ( खण्ड ग ) - 2017-02-06

गजल सिद्धान्त र विवेचना
उल्लिखित भेदका अतिरिक्त रमलका अन्य केही भेदहरू पनि नेपाली गजलकारले प्रयोग गरिरहेका पाइन्छ ।
फाइलातुन्±फाइलातुन्±फाइलुन् सूत्रमा आधारित बहरे रमल मुसद्दस महजुफको प्रयोग पनि केही नेपाली गजलकारले गरिरहेका छन् ।  

गजल लेखनबिधि ( खण्ड क ) - 2017-02-05

गजल सिद्धान्त र विवेचना
गजल (अङ्ग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा गजल, उर्दू भाषामा غزل) प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको “काव्य” विधा हो । 
गजल भनेको घढीमा ३ शेर देखि बढीमा जतिसुकै शेरमा ( गजलको सुन्दरताको लागी ५ शेर सम्म राम्रो ) हुने उर्दु र फारसी कविताको एक प्रकार हो ।
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
245422 Times Visited.

Powered by: Exclusively Solution
Top
Content