गजल - छन्दबद्ध गजल



गजल : सोनम शेर्पा छन्दबद्ध गजल

प्यास झन् बढ्यो शुरा पिएर साँझमा
माद ओठको छचल्किएर साँझमा ।

एउटा सवाल त्यो बिहानले गर्यो
को लडेछ मस्त मातिएर साँझमा ।

ऊ मुसुक्क मुस्कुराउँछे म मातमा
जून मौन हेर्छ लठ्ठिएर  साँझमा ।

हासिलै भएन जिन्दगी त्यसै गयो
बेलगाम भै बरालिएर साँझमा ।

ढक्ढकाउँछ द्वार सुस्तरी रातले
चाह मन्द मन्द बल्झिएर साँझमा ।
छन्द :- आम्फु 
सूत्र :- SIS ISI SIS ISI S 
गण :- र  ज  र  ज  गु.


सोनाम शेर्पा (सनम)

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

गजल : सोनम शेर्पा छन्दबद्ध गजल - 2017-10-14

प्यास झन् बढ्यो शुरा पिएर साँझमा
माद ओठको छचल्किएर साँझमा ।

एउटा सवाल त्यो बिहानले गर्यो
को लडेछ मस्त मातिएर साँझमा ।

बहरमा गजल : हजज मक्बूज - 2017-10-04

म अाजकाे सुवासमा त तीक्ष्ण धार देख्दछु ।
सुरम्य जिन्दगीभरी बतास हार देख्दछु ।।

हिमाल सुत्छ व्यर्थ भै गरेर खान्न क्यै गरी,
मनुष्य चाहिँ उफ्रिदै चढेकाे कार देख्दछु ।।

छन्दबद्ध गजल: पोस्टराज चापागाईं - 2017-02-20

म बाण हुँदा चुक्छु सधैंभरी
र पो धनु झैं झुक्छु सधैभरी

म बालक हुँ ! छन्द र रागको
र जिस्किन नै लुक्छु सधैभरी
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327360 Times Visited.

Powered by: Exclusively Solution
Top
Content