साहित्यिक गतिविधि - सम्पादकीय



सम्पादकीय: नेपाली साहित्यको एकधर्को समाज ।

प्रिय: सर्जक मनहरु,यो वेवसाइट अझै निर्माणाधीन नै छ । हजारौं साहित्यप्रेमी लेखक तथा पाठक महानुभाव हरुलाई वेवसाइट निर्माण सुरुवातदेखि आजको यो निरन्तरता सम्मको सहयात्रामा आईपर्ने लाखौं समस्या र कठिनाईहरु सम्बन्धि साझा प्रश्न राखिएको थियो । 
प्रश्नहरुको उतरमा सबैको उस्तै प्रतिउतर थियो तिनै हाम्रा आत्मीय साहित्यप्रेमी अग्रज साहित्यकार तथा पाठकहरु संगको अन्तरसंबाद पशचात हामि यो निडायक बिन्दुमा आईपुगेका छौँ । रचनाहरु नव सहित्यमा तपाई आफैलेपनि प्रकाशन गराउन मिल्ने छ । सबै राम्रा कुराहरुमा नराम्रो पक्षपनि एकाकार भएर आएको हुन्छ । अत: समग्रमा राम्रो नराम्रो पाटापक्ष भन्दापनि हाम्रो वेबसाईड भित्रको "यहाँ " भन्ने शीर्षकले नयाँ रचना प्रकाशक कर्तालाई केहि अनुशासनमा बाँध्नेछ । यसो भन्दैमा निर्बाध लेखनको शैलीमा अंकुषभने पक्कै होइन यधपि नब साहित्य डट ओआरजीलाई छाडा प्रवृति र आक्षेप जन्य अपराधहरुबाट मुक्त साहित्यिक चौतारो निर्माण गराउनु हो । तल केहि "यहाँ " भन्ने शीर्षकमा बुदागत रुपमा सार्वजानिक अक्षरहरु छन । ति अक्षरहरुलाई यो वेबसाईट मुख्य भूमिकाको रुपमा लिन्छ । हाम्रो साईडमा केही त्यस्ता सर्बमान्य अक्षरहरु छन आफुलाई लचिलो बनाएर नियाल्दै हाम्रा अक्षरहरुलाई सहजताका साथ हेरिदिनुभए आभार मन्नेछौ ।

स्थापना सम्बन्धमा,

नव साहित्य डट कम २०७२ भाद्र २० देखि सुरुवात भएको वेबसाईड थियो, पछि संस्थागतरूपमा नै परिमार्जित गराउने उदेश्यले समाज दर्पण नेपालहुँदै नव साहित्य ओआरजीमा आएर विधुतीय अनलाईन साहित्य दर्पणको सेवा प्रदान गराईरहेको छ । यसअर्थमा भर्खरमात्रै सुरुवात भएकोले हाम्रो वेबसाईट नव साहित्य ओआरजीमा धेरै रचनाहरु भण्डारण नभएको हुनसक्छ तर, स्थापना भएलगत्तै हामीले हामीलाई प्राप्त भएका स्थरिय लेख-रचनाहरू प्रकाशनगर्ने तथा नेपाली साहित्यिक रचनाहरूको भण्डारको रूपमा यसलाई विकासगर्ने प्रतिबद्धताका साथ लगातार अन्य विविध विधाका रचनाहरू अटाउनका लागि स्थान थप्दै गएका छौँ । अहिले प्रकाशित रचनाहरूको सङ्ख्या न्यून भएपनि सम्भवतः यो वेबसाईटलाई सबैको मन मुटुको साझा चौतारी बनाउने हाम्रो प्रण निस्कन्टक छ,यसमा कुनै दुईमत रहने छैन । एउटाकुरा यहाँ अबगत गरइराखौ हाम्रो यो वेवसाइटमा निर्माणचरणको यो परिक्षणकाल दुईसाल सम्म सम्पर्कमा आउने सम्पूर्ण प्रख्यात लेखक,पाठक तथा जिज्ञासु हरुलाई निर्बाध सदस्यता प्रदान गराईने छ, बिस्तारै साईडको जिम्मेवारी र सेबा विस्तार संग-संगै समयको माग र सुरक्षाको हिसाबले नियम परिमार्जन गराउदै लगिनेछ ।

यहाँ,

• पूर्णत‌: साहित्यिक रचनाहरू मात्र प्रकाशन गर्नुहोला ।
• राजनैतिक लेख-रचना,सामान्य ज्ञान,जस्ता नेपाली साहित्यसँग असम्बन्धित रचनाहरु प्रकाशित नगर्नुहोला ।
• अन्य पाठक तथा लेखकहरूलाई आँच आउन सक्ने किसिमका लेखहरू र प्रतिकृयाहरू प्रकाशन नगर्नुहोला ।
• रचनाहरू नव साहित्य वेवसाइटबाट प्रकाशित गराउनु पुर्व भाषिक शुद्धता, ह्रस्वदीर्घ, आदिलाई पुन: एकपटक नियालेपछि मात्र प्रकाशन गर्नुहोला ।
• लेख लेखिसकेपछि आफ्नो लेखमा व्यक्त गर्नखोजेको भाव प्रष्फुटन भएको छ कि छैन,पून: एक पटक जाँच गरेर,आवश्यकता अनुसार परिमार्जन गरेपछि मात्र प्रकाशन गर्नुहोला ।
• रचनाहरू युनिकोडमा मात्र राख्नुहोला । कान्तिपुर,प्रीति आदि फन्टमा लेखिएका लेखहरू हाम्रो वेबपेजमा पढ्न मिल्दैन ।
• लेखेको विधाको नियम अनुसार आफ्नो लेख लेखिएको छ कि छैन राम्ररी चेक गर्नुहोला ।
• विशेष गरी गजल,छन्द कविता,हाइकु लेख्दा नियम पालन भएको नभएको राम्ररी हेर्नुहोला ।
• प्रतिकृया लेख्दा सकेसम्म अतिथि नभई आफ्नै नाममा एकाउन्ट लगइन गरेर मात्र प्रतिकृया दिनुहोला ।
• अरू लेखकको रचना आफ्नो नाममा पोस्ट नगर्नुहोला । यदि, यसो गरेको फेला परेमा, सम्बन्धित लेखकलाई वेबपेजमा प्रकाशनको निमित्त प्रतिवन्ध गर्न वाध्य हुनेछौं ।
• एकै लेखकको धेरै लेखहरू तथा एकै बिधाका धेरै लेखहरू लगातार रूपमा एकै पटकमा गृहपृष्ठमा प्रकाशित नगर्नुहोला ।
• यस्ता केही लेखहरूलाई आवश्यकता अनुसार सञ्चालकले गृहपृष्ठबाट हटाउन सक्नेछ । गृहपृष्ठबाट हटेपनि वेब नव साहित्यको मुख्य भण्डारमा आजिवन रहने छ । आफ्नो उक्त रचना पुन हेर्न,लेखकसूची,विधासूचीबाट क्लिक गर्दै खोज्नुहोस् ।
• लेख रचना प्रकाशन गर्न सहयोग चाहिएमा अथवा केही सुझाव भएमा इमेल (nabasahitya@gmail.com) गर्नपनि नभुल्नुहोला ।

उदेश्य तथा परिकल्पना,

• नेपाली कला,साहित्य,इतिहास र संस्कृतिको विकासका लागि अध्ययन-अनुसन्धानजस्ता अनलाइन कार्यक्रमहरू सञ्चालन गर्ने ।

• संसारभर छरिएररहेको साहित्यिक मनहरुलाई यो वेबसाइट भित्र भेलागराएर उहाँहरुको रचनाहरु संकलन साथै संङ्ग्रह गरेर पाठक समक्ष सजिलै पुर्‍याउने ।

• नेपाली कला,साहित्य,इतिहास र संस्कृतिका विषयमा लेख रचना प्रकाशित गर्ने ।

• नेपाली कला,साहित्य र संस्कृतिसम्बन्धी विचार-सिर्जनाहरू वेबसाइट मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा आदानप्रदान गर्ने ।

• प्रमुख संरक्षेकहरु मार्फत सबै पाठक मनहरुको अन्तर हृदयको मर्म भाबका बोलीहरूलाई नियमित स्थाम्ब बनाएर प्रश्न उत्तर मार्फत अन्तर संबाद गराउने ।

• राजधानीभन्दा बाहिर रहेको विधुतीय पत्रिकाको रुपमा सञ्चालित यो वेवसाइट अनलाईन हिसाबमा सबभन्दा ठूलो आकारको नेपाली साहित्यिक भण्डारको रूपमा परिणत गगराउने ।

• यसलाई अझै रचनाहरू पोस्ट गर्न वा प्रकाशित रचनालाई सजिलै पहिल्याउन सकिनेगरी लेखकसूची,विधासूची,स्रोतसूचीबाट पाठकलाई सजिलै मन लागेको रचनाहरू खोज्न सकिने गरी समय सान्दर्भिक बनाउने प्रयास गर्दै जानेछौ ।

• नव साहित्य ओआरजीलाई अझै अगाडि लैजानकोलागि थप गुणस्थरीयताको विकाश गर्नुपर्ने खाँचो छ । त्यसैकारणले माथि उल्लेखित "यहाँ" भन्ने शीर्षक अगाडि सारिएको हो ।

• नव साहित्य ओआरजीको "यहाँ" भन्ने शीर्षक हेर्नुहोस् र साहित्यिक वेवसाइटमा लेख-रचना प्रकाशन गराएर यसलाई अझ प्रभावकारी बनाई सबै लेखक तथा साहित्यका हरेक विधालाई समानरूपमा समावेश गर्ने हाम्रो उद्देश्य हो ।

• एकै लेखक तथा एकै विधाका धेरै रचनाहरू लगातार रूपमा देखा नपारिकन अन्य वेवसाइटभन्दा अलि प्रभावकारी रूपमा अगाडि लैजान सकौ यही हाम्रो मुख्य लक्ष्य रहेको छ । यसो भन्दैमा पुराना र सकृय लेखकहरूको रचनाहरू घटाउने उद्देश्य भने पक्कै होइन । उहाँहरूबाट अझबढि सकृयता र सुझाव प्रदान गर्नुभई सरसल्लाह दिनुभएमा हामी आभारी हुनेछौँ ।

अन्त्यमा,

नव साहित्य डट ओआरजीलाई मायाँगरि आफ्नातर्फबाट कथा,कविता,गीत,गजल,मुक्तक,निबन्ध,संस्मरण,समालोचना,एकाङ्की,उपलब्ध गराई सहयोग गर्नुहुने आदरणीय साहित्य स्रष्टाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ हाम्रो परिवार । साथै आगामि दिनहरुमा अझै परिस्कृत साहित्यिक सृजनाका उपहारहरुले तपाईको सृजनाको सृष्टिलाई सजाउने प्रयत्न गर्नेछौं । “आउनुहोस् हामीसंगै जिन्दगीका अनगिन्ति आत्मीय तरंगहरुलाई यो शब्दको माध्यमबाट अन्तरमन संग प्रतिध्वनीत गराउंदै आफुभित्र दमित उत्कण्ठाहरुलाई शून्य बाट आकारमा र आकारबाट ब्यबहारमा परिमार्जित गराई तर्कता र भावनाको लक्ष्य भेदनाले हरेक एक तपाईहरुभित्रको "म" चिनौ”

सम्पादन सम्बन्धमा

हाम्रो सम्पादन गल्तीलेगर्दा एकै रचनाहरू पटक-पटक गृहपृष्ठमा देखिए वा अन्य नेपालीबाहेक वेवसाइटले सपोर्ट नगर्ने खालका अंग्रेजी फन्टहरूका रचना गृहपृष्ठमा देखिए, प्रकाशित सृजनाको विधा,लेखकको नाम तथा अन्यकेहीमा अस्प्रष्ट भएका लेखहरू गृहपृष्ठमा देख्नुभए हामीलाई सचेत गराई दिनुभएमा हाम्रो स्थरीयता आँच नआउनेगरि त्यस्ता अस्पष्टताहरू तुरुन्त हटाउने छौ । र तपाईहरुलाई चाखिलो साहित्यिक स्वाद सदैब चखाईरहने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

          महेन्द्र ओझा 
       प्रधान सम्पादक
नव साहित्य डट ओआरजी
  www.nabasahitya.org

नब साहित्य डट ओआरजी

सम्बन्धित थप सामाग्रीहरु :

सम्पादकीय: नेपाली साहित्यको एकधर्को समाज । - 2017-03-23

प्रिय: सर्जक मनहरु,यो वेवसाइट अझै निर्माणाधीन नै छ । हजारौं साहित्यप्रेमी लेखक तथा पाठक महानुभाव हरुलाई वेवसाइट निर्माण सुरुवातदेखि आजको यो निरन्तरता सम्मको सहयात्रामा आईपर्ने लाखौं समस्या र कठिनाईहरु सम्बन्धि साझा प्रश्न राखिएको थियो । 
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329328 Times Visited.

Powered by: Exclusively Solution
Top
Content