मुक्तक >>



चार मुक्तक - 2018-01-02

टोपी लाए हिरो भए, तालु खुईएको छोपियो !
चन्द्र सुर्य झण्डा बोकें, पार्टीको सदस्यता मेटियो !
नेपाली बिर गोर्खाली भन्थे, बिश्व सामु हामी झुकियो !
सुन्दर शान्त नेपाल देश थियो, आज गरिव राष्ट्रमा गनियो !

पाँच मुक्तक - 2017-12-22

साधुसन्त डाँका लाग्छन् हाम्रो समाजमा
खानी खुवाउने आँखा लाग्छन् हाम्रो समाजमा
दिन छोडदेउ आशीर्वाद असल मान्छे बन्ने आमा
राम्रा मान्छे पाखा लाग्छन् हाम्रो समाजमा

दुई मुक्तक - 2017-12-19

आफैंमै फाटेपछि मनको सियोले सिउँछु म,
चाहनाका तरेलीहरू थाती राखी जिउँछु म !
यात्राहरू हुन्छ केही सफल, केही असफल,
आफैलाई शान्त पार्न अलिकति पिउँछु म ।

मुक्तकमाला ३९. - 2017-12-14

किन बन्यो मेरो यो, मासुको मुटु , माया रेटिदा दुख्छ !
सम्हाली राखेको प्रेम पत्र पढ्दा,आँशु झरी मेटिदा दुख्छ !!
यस्तै रैछ जिन्दगी कहिले घाम, कहिले छाँया अभागीको !
भाग्यमा नहुँदो रैछ माया तर दोबाटोमा भेटिदा दुख्छ !!

मुक्तकमाला ३८. - 2017-12-08

मुक्तककार : इमा नाथ अधिकारी

मुक्तकमाला ३७. - 2017-12-06

असफल गौतम ठूलाडिही-६, स्याङ्जा चार मुक्तक

मुक्तकमाला ३६. - 2017-11-02

प्राय: हरेक दिन नै नारीकाे चित्कार सुन्छु म !
अजिब बस्तु झैं व्यापार हुदा झन मुटु छुन्छु म !
गरि देउन हे ! पुरूष वर्गहरू हाे  नारीकाे उद्दार;
दलदलमा भरिएकाे खबर देख्दा हरे ! रून्छु म !

मुक्तकमाला ३२. - 2017-10-19

देश हाम्रो बिग्रि सक्यो नेता ईमानदार नभएर
भष्ट बढे धेरै कार्य कर्ता ईमानदार नभएर
जहाँ गए पनि भनसुन पैसाको मात्र खेल हुने
काम कर्तव्यनिष्ठा कर्मचारी ईमान्दार नभएर

मुक्तकमाला ३३. - 2017-10-19

नजानेर हो या जानीजानी चल्दैन 
गाउँ घरमा मात्र या राजधानी चल्दैन
तल्लो जातीले घर बनाउछ बस्न सक्छौ 
किन त्यहीँ मान्छेको हातको पानी चल्दैन

मुक्तकमाला ३४. - 2017-10-19

हाँसो छर्दै खुसी भर्दै आइन भैलेनी
यहि खुसीमा खुसी हुँदै गाएँ मैलेनी
मनमा हर्ष अहिले बर्ष सार्है रमाइलो 
यस्तै खुसी छाओस सबमा अब जैलेनी

मुक्तकमाला ३१. - 2017-10-19

आफ्नो काम पूरा नगरुन्जेल खासमा राख्छ मान्छे !
आपत बिपतमा सहयोग गर्ने  आशमा राख्छ मान्छे !!
अचम्म ! अरुबाट दुनो सोझ्याई आफुले गर्ने बेलामा !
दाउ नलागि फाल्न लागेको तासमा राख्छ मान्छे !!
1 2 3 NEXT
मुख्य घर | नब साहित्य डट ओआजी

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
245336 Times Visited.

Powered by: Exclusively Solution
Top
Content