+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


जीवनी व्यक्तित्व


डायमनशमशेर राणा - 2018-08-07

डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी कान्छा थिए । उनी बाल्यकालदेखि नै निडर, निष्पक्ष र निर्भीक थिए ।

घटराज भट्टराई - 2018-08-03

घटराज भट्टराई ओखलढुङ्गाको सेर्नामा १९९९ साल मङ्सिर १० गते जयप्रसाद भट्टराई र बालकुमारी भट्टराईबाट जेठा छोराका रूपमा जन्म भएको हो ।

सेतुराम प्रधान - 2018-08-02

सेतुराम काठमाडौँको असन कमलाक्षीमा संवत् १९४० साल मङ्सिरमा जन्मेका थिए । यी कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोरा थिए । उनका दाजु कृष्णदास प्रधान पनि सङ्गीतमा धेरै झुकाउ राख्थे । साथै सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुराम चाहिँ गायनकलामा मन, वचन र कर्म ले नै समर्पित थिए । त्यसैले बुबा कृष्णधर प्रधानले सेतुरामलाई यस क्षेत्रमा लाग्न थप वातावरण पनि तयार पारिदिएका थिए ।

तारादेबी - 2018-08-02

कृष्णबहादुर कार्की तथा राधादेवीकी सुपुत्रीका रूपमा संवत् २००२ साल माघ २ गते मङ्गलबार काठमाडौँको इन्द्रचोकमा तारादेवीको जन्म भएको थियो । आफ्नो तोतेबोलीमा नै तारादेवीले नेपाली भाषामा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षो उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित, मोहित र आफन्त बनाएको थियो ।

ईश्वर बराल - 2018-08-02

१९८० सालको कात्तिक ९ गते सिराहा जिल्लाको बस्तीपुर गाउँमा जन्मेका ईश्वर बरालको वास्तविक नाउँ लीलानटेश्वर बराल हो । पिता पं. देवीरञ्जन बराल तथा माता भुवनेश्वरीदेवी बरालका सुपुत्र ईश्वर बरालका एक छोरा किरण र दुई छोरी ज्योति र द्युति छन् ।२०५४ सालको आरम्भमा बराल बिरामी परे । उपचारार्थ उनी भारतको नयाँ दिल्ली पुगे । त्यहाँको अस्पतालमा भर्ना भएपछि निष्कर्ष निक्ल्यो- उनलाई 'ब्रेन ट्युमर' भएको रहेछ । मीठो बोलीचाली भएका बरालले अनायासै आफ्नो वाणी दैवलाई दान दिनुपर्‍यो ।

ईश्वरबल्लभ - 2018-07-31

वि.सं. १९९४ - वि.सं. २०६४ नेपाली साहित्यकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ । बैरागी काँइला र इन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ । उनले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाएका थिए ।

नारायणगोपाल गुरुवाचार्य - 2018-07-31

नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तर्राई का घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् ।

लक्ष्मीप्रसाद देवकोटा - 2018-07-30

वि.सं. १९६६ - २०१६ / नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

पारिजात - 2018-07-30

पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।
  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top
Content