कविता - गद्य कविता



गद्य कविता : म साँझ भएको संदेश

मेरो घाम
पारी क्षितिजमा बसेर
जिउनु गाउँदै मलाई गिज्याउँछ ।
म चुपचाप
अपूरो इतिहास भई डुबिरहन्छु ।

जून मेरो बिपना नभए नि 

सहाराको आभास भएर उदाउँछे ।

ताराहरूलाई नि रमझम गाउन लगाउँदै

मसंगै रमाउन 

खोजेको लय जोड्दै हाँस्छे ।

म भने आकास 

मेरो रम्ने थलो नभएको पछुटो गर्दै 

आफैसंग विरक्तिँदै जान्छु ।


धरती म हराएको सन्दर्भमा डुब्दै 

आफै भित्र रित्तिन्छे 

रात पराई भएको बेदना पोख्छे 

आँसुको सरगम लहराउँछे 

मेरी विवशताले झैँ

मलाई एकोहोरिएर टोलाइरहन्छे ।


म साँझ भएको संदेश 

आँसुको गीत रच्दै 

बिहानी गाउँछु 

भोली भन्ने हेर्ने आशामा ।


मेरो घाम 

पारी क्षितिजमा बसेर 

जिउनु गाउँदै मलाई गिज्याउँछ ।

म चुपचाप  

अपूरो इतिहास भई डुबिरहन्छु ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268438 Times Visited.

Powered by: Exclusively Solution
Top
Content