कविता - गद्य कविता



गद्य कविता : आँखा

हेर्दै थिएँ म
आफ्नै क्षितिज
शायद एउटा
सुन्दर आँखा
लालयित थियोे
अतृप्त थियो

समयका अतरंगमा

दुब्न चाहन्थें

दृष्य परिदृष्य

भुल्न चाहन्थेँ

मनैका बिभोरमा


किन्तु देख्न नसकुँ

काला बादलहरु

दुषित धुँवाहरु

अझै कोर्दै थिएँ

क्यानभासमा 

एउटा उन्माद तृष्णा 

मायाका रंगहरु

कहिं मोनिलिसाका

धित नमर्ने नमेटिने

मन्द मुस्कान  

अनि औलकिक

उन्मुक्त आल्हादहरु


यी आँखा परछाँया 

स्नीग्ध रसमा बग्दै

इर्ष्या कुल्चिएर

पग्लाइ सकि सके

पहाड ढुङा पत्थर

एक द्रवीभूत भएर

निस्वार्थ निस्कंलित 

दुरि हैन सामिप्य

जहाँ मृदु नयन

आफैमा समाहित छ

जहाँ स्खंलित भै 

आफैमा हराउँदै छ ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268474 Times Visited.

Powered by: Exclusively Solution
Top
Content