कविता - गद्य कविता



गद्य कविता : माटो

राखेको थिएँ आँखामा देश
सजाएको थिएँ निधारमा देशको माटो
केरेको थिए हत्केलामा आफ्नै भाग्य
सुरक्षित थियो मुटुमा तिम्रो प्रेम ।

रगतको होलि खेल्दै 

मलाई जन्मदिएकी मेरि आमा 

आफ्नै जिन्दगी धरौटीमा राखेर 

आफ्नै सपनाहरूको सिरानी मलाई लगाइदिएर

फेरि अर्को सहरमा 

ठुलो सपना खोज्न जाने मेरा बा को

बर्णन त म यहाँ गर्न सक्दिन ।


जब, देश ढलेको खबरले 

बैरिहरुका सामु मेरो स्वाभिमान गुम्यो

जब, निधारमा सजाएको माटो

सिमानामा खोसीएको खबरले 

नरंगिदै मेरो सिउँदो नै पुछियो

जब, आफैले आफ्नै हत्केलामा

केरेको भाग्यले 

नराम्रो संग पछार्यो

जब, मुटुमा राखेको तिम्रो प्रेमले नै

कैद गर्यो

तब, मेरा आँखा नै बन्द भए 

बर्सौ देखि बैरिहरु सँग लडेर बचाएको

मेरो चिना नै हरण भयो ।


यहाँ, राजा बदलिए

मन्त्री बदलिए

नियम बदलियो

कानुन बदलियो

तर पनि मर्ने मरिरहे

जल्न्रे चिता जलिरह्यो ।


आऊ सक्छौ भने

अब,

बोकेर अन्तरहृदयमा तातो लाभा

तिमी मलाई साथ दिन

जाऊँ सगसगै 

साहसको ज्वाला बोकेर 

ढलेको देश उठाउन

सिमानामा मिचिएको माटो फिर्ता ल्याउन ।।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360279 Times Visited.

Powered by: Exclusively Solution
Top
Content