कथा - लघुकथा



लघुकथा : मेरी श्रीमती

मेरो पुरुष नजरले देखेर बोलेको शब्द वाह् क्या च्वाँक मेरो पसल भन्दा अगाडी, कति राम्री जिउडाल मिलेको कुनै आईडल जस्ती केटी ! मेरो मन,नजरले उनलाई पच्छाई रह्यो । कसको व्यग्र प्रतीक्षामा बसेकी उनी छिन छिनमा मोबाइल निकाल्छिन् र फोन गर्छिन् । मोबाइलको ब्यालेन्स सकियो ।

रिचार्ड कार्ड किन्न मेरो पसलमा आइन् स्वर पनि कति मिठो ! पढी लेखेकी होलिन् ! मुस्कुराएर गइन् । फेरी . . .घण्टौँ भई सक्यो । बल्ल एउटा पल्सर बाइक घ्याँच्च रोकियो । केटाले कान समाएर सरी बोल्यो । नो प्रोबलम बाइक चढिन् ।लपक्क टाँसिन् । म सँग नजर जुध्यो।बाई गर्दै मुस्कुराउदै गइन् ।


मेरो नजरमा कैद उनको आकूतीले मलाई घोचिरहयो । उनी कस्ती मेरो श्रीमती कस्ती ? मेरो छुच्सी बुढीको तर्रो बोली, हाँसे पनि रिस उठ्ने, माया पिरतीको गफ कहिले भएन । तरकारी नमिठोको झोँक, छोराछोरीको नराम्रो बानी उनकै सरे झैँ लाग्छ । त्यसैले होला मेरो मन भित्रको आन्तरिक द्धोण्डमा बुढीलाई राम्रो नजरले कहिले पनि हेरिन ।

आज मेरो मनले आफै सँग प्रश्न गर्‍यो ! के तिमीले कहिले गल्ती गरेको छैन , तिमीले श्रीमती सँग माफी मागेको छौ ? हो मैले सधैँ गल्ती गरेको छु तर म माफी माग्ने कुरा त सोचेको पनि छैन । तरकारीमा नुन बढी हुँदा त ठिकै हो नुन नपुगेको निहुँमा पनि भात नै नखाई हिँडेको छु। मैले रक्सी खाएर उल्टै धेरै पटक उनलाई पिटेको छु । उल्टै उनले मलाई माया गरेर सम्झाउनु पर्छ । मेरो घरमा भन्दा उनको माईतीमा सुख नभएको र ससुराले पाल्न नसकेको पनि हैन। मेरो घरमा दुख नै गरेर बाँचेको छ । उनले काम गरे बापत ज्याला पनि त दिएको छैन म उसको लोग्नी ! आज मलाई लोग्ने शब्द देखी नै सोच मग्न भए ! हैन मैले माफी माग्नै पर्छ । कोल्टे फेरेर सुतेकी श्रीमतीलाई सधैँ झैँ मेरो रिसको बिर्को शान्त पार्न आफ्नो बाहुपासमा तान्न खोजेँ । मेरो पुरुष अहमता देखी दिक्क लाग्यो ! आफ्नो गल्तीलाई ह्लदय देखी स्वीकार गरी भोलि माफी माग्ने निश्चय गरी मस्त सुतेकी श्रीमतीको निधारमा चुम्बन गरी रात कटाए !

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268473 Times Visited.

Powered by: Exclusively Solution
Top
Content