कविता - गद्य कविता



गद्य कविता : सम्बन्ध

केही नहुने रहेछ
सम्बन्धमा मेरा लागि तिमी र
तिम्रा लागि म एक अपरिचित भए पछि

दुइटा शरीर दुइतिर फर्कदाे रहेछ

दुइटा मन दुइतिर बाडिदाे रहेछ 

चार आँखाले दुइदुइ दिशा हेर्दा रहेछन् 

तिमी पुर्व हुदा म पश्चिम  हुने 

तिमी दक्षिण हुदा म उत्तर हुने रहेछु 

सम्बन्धमा अपरिचित भएपछि 


तिमीले घाम उदाएकाे देख्ने रहेछाै 

मैले घाम अस्ताएकाे देख्ने रहेछु 

तिमीलाई भाेक लाग्दा 

मलाई  प्यास लाग्न सक्छ 

तिमीलाई  निन्द्रा लाग्दा

मेरा निन्दाहरू हराउन सक्ने रहेछन् 

तिमीलाई फुल मन पर्दा 

मलाई  पात मन पर्दाे रहेछ 

सम्बन्धमा अपरिचित  भएपछि 

जिन्दगी दुई धुर्वतिर बाडिदाे रहेछ ।


प्रेम गरिरहेकाे हहृदयबाट 

हराउदाे रहेछ मायाका बान्कीहरू 

दुबैलाइ पुग्ने फराकिलो  बाटो 

सानाे निकै सानाे लाग्दाे रहेछ 

अनि लाग्दाे रहेछ छाेटै दुरिका यात्राहरू 

एक लम्बेतार प्रक्रिया  


म सम्बन्धलाई सुन सम्झन्थे 

तर बजारमा व्यापक रहेछन् 

जलपधारी व्यापारी मनहरू

जति जति घाेट्दै गयाे 

उति उति खुइलिएर 

अनि भेटिदा रहेछन् 

फलाम र पित्तलका धावाहरू 

अचेलका सम्धन्धहरू

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360256 Times Visited.

Powered by: Exclusively Solution
Top
Content