कविता - गद्य कविता



गद्य कविता : आस्थाको समवेदना !

कुल्चेर मेरो आस्थाको धरोहर
भर्खरै उसले घोषणा गर्यो-
पूर्व निर्धारित मान्यताको बिरूद्ध

म सङ्कटहरूको मुस्लोबाट

बर्षौ पुज्दै आएको मेरो भगवानलाइ

बधशालामा रेट्नकैलागि

इतिहासको यो जर्जर समय कसरी समर्थन गरू ? 


बिडम्वना वाँचेको  युगहरूसँग

खुलेरै पनि  बि द्रोहको आगो बाल्न सक्दिन यतिखेर 

जातले निर्धारण गरेको धर्म

धर्मले निर्धाण गरेको आस्था 

नचाहेरै पनि मनहरू, मनबाट बिभाजित भैरहेछन्


टुलुटुलु हेर्दा पनि नदेखिने तिम्रो आँखा

बोलेरै निरन्तर नचल्ने तिम्रो अोठ

स्पर्श गर्दा पनि ढुकढुकी

पटक्कै नचल्ने मुटुको तिम्रो धड्कन 

साच्चै भगवान् छन् भने कतै

अब जवाफ दिनु छ तिमीले - ब्यूझेर पत्थरहरूको मुर्तिबाट

-- धर्म प्रेम हो कि बिद्रोह ?

-- इमान हो कि आस्था ?

-- शान्ति हो या क्रान्ति ?

-- सत्य हो कि स्वाङ ?

 म बिचारको सङ्कटबाट

तिम्रो जवाफ खोजी रहेछु


 उदास उज्यालो 

जब फर्केर जान्छ आफ्नै अड्डामा

टुप्लुक्क आइपुग्छ अधमरो साँझ 

र, जिस्क्याउँछ - मेरो कुमारी सपना


 मलाई झनक्क रिस उठ्छ

जब मेरो विश्वासमाथि कसैले धावा बोल्छ

विश्वास भएपछि आँखाहरूले - 

भत्किए पनि पहरा - हाँसेको देखिन्छ

उर्लेर खोला गडगडाए पनि - नाचेको देखिन्छ

 हो साच्चै हो

दाम्लो मै गाई बाँधिए पनि- भगवान्  देखिन्छ


यतिखेर 

मृत  भएको छ-

बिश्वासको भ्रुण

कलेटी परेका छन् -

आस्थाको अोठहरू

 र , सत्य पनि बिक्री भैरहेको छ

भ्रमहरूकै दोकानहरूमा

टक्टक्याएर संवेदना कुरूप समयले

जुवाघरमै हारेपछि

 नाँध्न  नसकिने सिमाना - हिड्छु भन्छ

भत्काउन नसकिने पहाड - ढाल्छु भन्छ

बनाउँनै नसकिने बिश्वासको पुल- बनाउँछु भन्छ

खै मेरो भगवान् उसलाई लिलाम गरेर

बधशालामा जाउ कि स्वयम्भू ?

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360250 Times Visited.

Powered by: Exclusively Solution
Top
Content