कविता - गद्य कविता



गद्य कविता : प्रेम दिवस

मेरो बा जस्तै छ
यो प्रेम दिवस् ।
झुटो प्रेम लिला रचेर
तरुनी खेति फस्टाइ रहेछन
हर साझ मनाइ रहेछन
एउटा रङ्गीन बिस्तारामा प्रेम दिवस
एक हुस्न साटेर

यो आउछ एक्दिन 

खुशि भर्छु भनेर 

पिडाको खिल लाई निकाल्छु भनेर

तर खै किन हो

मेरै ममि को वरी परी

बा आउदैनन गुलाब बोकेर

मेरो लागी चक्लेट किनेर

अनि ओठमा मुस्कान सजाएर

अनि मिठो स्पर्श लियर् ।


बा को प्रेम दिवस 

मेरि ममि सङ्ग 

मधुमासको रातमा मात्र भएको थियो।

म यहि बुझ्दछु ऐले

गुलाब को क्षेदन गरी

रातो रगत ले पोतिदिए मेरो ममिलाई ।

मेरि ममि ले त्यसलाई 

सौभाग्य को शृङ्गार सम्झिन

बा ले क्षेपास्त्र परिक्षण सम्झेछन् ।


क्षेपास्त्र परिक्षण गर्दा गढेको

खिल पाकेर म यत्रो भए

म ऐले नफरत को क्यान्सर भएर उभिएको छु

त्यो प्रेम दिवस लाई सम्झेर

अनि चुडाले फेरि उसै गरी 

पत्र पत्र च्यातेर त्यो अस्मिता


यो कस्तो प्रेम दिवस ? 

फूल दिए जस्तै गरी

फूल जस्तै बैश 

निस्पट्ट अध्यारोमा पार्नु 

एक दिन आउने त्यो लुटेरा 

प्रेम दिवस मनाएर हराउनु

के त्यो अजम्बरी माया हुन सक्छ ?

के यो अस्मिता लुटाउने पर्ब हो र ?


बाचिरहेको खुशि 

तिलान्जली दिनु र

बच्न बाकि रहेको 

ती सुन्दर सपनाहरु ओरालो लगाउनु 

कशिङ्गर झै बढारिनु / बढार्नु

के त्यो प्रेम दिवस को

मन्त्र श्लोक हुन सक्छन र ?

कसरी गाउछिन त्यो श्लोक मेरि ममि

मलाई राम्ररी थाहा छ

हर दिन रिन्क्ल पर्न लागेका गाला

सोचनिय एकोहोरो बिचारहरु सङ्ग 

बैचारीक युद्द गरेर

हराउदाको पल लाइ 

कैद गरेको छ यो आखाले


बा को प्रेम दिवस 

मेरि ममिलाई स्वीकार्य छैन

किन कि प्रेम गर्ने हरु 

एक दिन को रातो गुलाबमा अल्झिदैनन

गुलाब सङ्गै सम्महित काडाले घोच्छ जब 

अनि फूल,

फूल भयर न रहन सक्छ 

दोश मेरो बा ले मनाउने जस्तै

प्रेम दिवस लाइ दिउ कि ?

तिमिले धान्न न सकेको गर्मी प्रेम लाई दिउ ?


मेरो प्रेम दिवस 

मेरी ममिको प्रेम दिवस 

सधै चलिरहन्छ हमेसा

र बा ले मनाउने प्रेम दिवस कैले आउदैन

किन कि हर दिन मेरै ममिको काखमा

एउटा मिठो जिबन्त प्रेम भेट्छु

लुट पुटिन्छु र मिठो ममतामयि 

आलिङ्गन मा सधै हराउछु


के त्यो प्रेम दिवस हुन सक्दैन र ?

के त्यो रातो गुलाब, बिनाको प्रेम 

प्रेम हुन सक्दैन र ?

झुटो रातो राम्रो गुलाब भन्दा 

बा ले जस्तै चुम्ने झुटो ओठ भन्दा

मेरि ममि को स्पर्श

न्यानो काख, ती गुलाब र 

झुटो प्रेम जताउने ओठ भन्दा 

हजारौ गुणा प्रेम लाग्छ ...


सजिन्छ उसै गरी छाती भरी 

हाम्रो प्रेम दिवस 

यसरी नै चलि रहेछ 

मेरो स्कुल यात्रा टिफिन खाजा अनि 

ममि को मेरो सपना सङ्गै 

कति फरक छ 

बा को, ममि को र मेरो प्रेम दिवस् ।

यो प्रेम दिवस्।


Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360257 Times Visited.

Powered by: Exclusively Solution
Top
Content