कविता - छन्द कविता



छन्द कविता : कहाँ विकासको पर्खिनु

देखिन्छ नेपालका, गराहरु सुन्दर ।
देखेर यी दृष्यले, नपग्लिने को छ र ।।
उच्चा कतै टाकुरा, छुँदैछ आकाशमा ।
देखी हिमाली धरा, रमिन्छ साकारमा ।।

छन् मध्यका भागमा,हराभराका स्थल ।

खोला नदी ताल वा, पहाडका जंगल ।।

ती लालुपाते वुकी, गुराँसले जग्मग ।

ल्यौ भोगटे कागती, लदावदी काफल ।।


ओर्ली मैदान पुगौं, मधेशमा टन्न छन् ।

झुल्दै गरेका गरा, जताततै अन्न छन् ।।

अग्ला सिशौसालका, बडाबडा रुख छन् ।

लागेर गर्दा यहाँ, कहाँ कतै दुख्ख छन् ।।


भूस्वर्ग झैं देखिने, स्वदेशमा जन्मियौ ।

ऐले वताऊ यहाँ, स्वराज्यको के दियौ ।।

तर्केर खाडी गयौ, रमेन तिम्रो मन ।

त्यस्तो छ के क्यानडा, अमेरिकामै भन ।।



-चूडा निर्भीक

छन्द :  प्रभात । चौध अक्षर। सातमा विश्राम ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360249 Times Visited.

Powered by: Exclusively Solution
Top
Content