+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


कविता
नव साहित्य


भेजिना युध्द



अाइमाईलाई उत्तानो ताप्के भन्ने ए बहादुर जी आईमाई अामा हो, छोरी-बुहारी हो दिदीबहिनी हो, भन्ने यावत् सम्बन्धहरूमा जब तिमी केवल एउटै भेजिना देख्छौ नि तब तिम्रो कपुत रेटिना भन्दा मेरो गन्धा भेजिना धेरै बलशाली लाग्छ !

भेजिना युध्द :



अाइमाईलाई उत्तानो ताप्के भन्ने

ए बहादुर जी

आईमाई अामा हो, छोरी-बुहारी हो

दिदीबहिनी हो, 

भन्ने यावत् सम्बन्धहरूमा

जब तिमी केवल एउटै भेजिना देख्छौ नि 

तब तिम्रो कपुत रेटिना भन्दा

मेरो गन्धा भेजिना धेरै बलशाली लाग्छ !

अाउ एक एक भेजिनाहरू 

हाम्रो कत्लेअाम भंगाकुर,

छ्यालब्याल पाठेघर 

रक्ताम्य घाँघर, सुरूवालका विरूध्द

हामी हाँस्दा, बोल्दा बिँड तात्यो रे

पोथी बास्यो रे भन्ने कुरूप दासताबिरूध्द

युध्द छेडौं उखुघारी र नर्कटबारीबाट

यो भेजिना युध्दको रापले

तिम्रो असमान दाम्पत्य अोच्छ्यान पनि डगमगियोस्

र जन्मिने छोरा यस्तो नभइदियोस्

"अामाको बलात्कार पछि हत्या" !


-अनिता लामा 

  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top